ब्रेक्जिटबारे अन्योल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा युरोपियन युनियनबाट बेलायत बाहिरिनुहुन्न भन्ने समूहद्वारा ब्रेक्जिट विषयमा अर्को जनमतसंग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।
ईयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लन्डनको हाइड पार्कमा जम्मा भई मध्यलन्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।
उनीहरूले ब्रेक्जिटको विषयले राजनीतिक अन्योल हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित सहभागीले यस विषयमा पुनः जनमतसंग्रहको माग गरेका छन् ।
प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा हुने जनमासलाई स्कटल्यान्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लन्डनका नगर प्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्योलबारे बोल्दै खानले भने– ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ । त्यसैले आफूहरूले यसबारे नयाँ निर्णय लिन जनदबाब सिर्जना गर्ने बताए ।
प्राप्त जानकारीअनुसार बेलायतको राजधानी लन्डनमा केही दशकयताकै ठूलो भनिएको प्रदर्शन बेलायतलाई ईयूबाट छुट्याउने विषयमा पुनः विचारका लागि जनतामा जान दबाब दिन आयोजना गरिएको खानले बताए ।
प्रतिक्रिया