मुवाँथाईमा पदक जित्ने पलिस्था र राहुल सम्मानित

मुवाँथाईमा पदक जित्ने पलिस्था र राहुल सम्मानित


राष्ट्रिय मुवाँथाइ संघ नेपालले १६औँ मुवाँथाइ विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र १ कांस्य जितेको थियो । पलिस्था १५ हजार तथा राहुल १० हजार नगद पुरस्कारसहित प्रशंसापत्रबाट सम्मानित भए ।

महिला क्याडेट ३० केजीमा पलिस्था कक्षपतिले नेपाललाई स्वर्ण दिलाएकी थिइन् । पलिस्थाले भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । राहुलले पुरुष ५७ केजीमा कांस्य जितेका थिए । ब्राजिलका खेलाडीलाई हराउँदै राहुल सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग चुकेपछि राहुल कांस्यमै सीमित भए ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले सम्मान गरे । सदस्यसचिव विष्टले पदकविजेता खेलाडीलाई राखेपले पनि चाँडै नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।