मुवाँथाई च्याम्पियनमा पलिस्थालाई स्वर्ण

मुवाँथाई च्याम्पियनमा पलिस्थालाई स्वर्ण


पलिस्था कक्षपतिले १६औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा राहुल श्रेष्ठले कांस्य जिते । कांस्य पदकको भिडन्तमा राहुलले ब्राजिलका खेलाडीलाई पराजित गरेका थिए ।