अश्लील सामग्री प्रसारण गरेपछि…

अश्लील सामग्री प्रसारण गरेपछि…


अमर्यादित अश्लील, उत्तेजित अन्तर्वार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तर्वार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी साइबर क्राइम अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुऱ्याउने सामग्री र उत्तेजक अन्तर्वार्ता दिएको आरोपमा उनीहरूलाई महानगरीय प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले उनीहरूलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।