आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्दै यूएई

आफ्ना नागरिकका लागि ३० हजार रोजगारी सिर्जना गर्दै यूएई


संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० हजार २२५ रोजगारी सिर्जना गरिएको जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा ६ हजार ८६२ ले बढी हो ।

मन्त्री नासेर बिन थानी अल हाम्लीले सन् २०३१ सम्ममा यूएईमा व्यापक परिवर्तन देख्न पाइने बताए । उनले सरकारको नयाँ योजनाबाट श्रम बजारमा व्यापक प्रभाव पर्ने एवं आफ्ना नागरिकका लागि रोजगारीको नयाँ अवसरहरू प्राप्त हुने जानकारी दिए ।