एलजीले प्रस्तुत गऱ्यो ‘एलजी स्मार्ट थिङ्क’

एलजीले प्रस्तुत गऱ्यो ‘एलजी स्मार्ट थिङ्क’


एलजीले वासिङ मेसिन, डिसवासर, फ्रिज जस्ता आफ्ना घरायसी प्रयोजनका सामग्रीहरूमा ‘एलजी स्मार्ट थिङ्क’ भन्ने प्रविधि प्रस्तुत गरेको छ । काठमाडौंको मीनभवनस्थित शोरुममा नयाँ प्रोडक्ट लन्च गरिएको छ ।

एलजीले जनाएअनुसार यस प्रविधिअन्तर्गत एलजीको फ्रिज, वासिङ मेसिन र डिसवासरलाई स्मार्ट फोनको सहायताले घरमा बसी–बसी अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ । यसका साथै लोयल्टी प्रोग्राम पनि ल्याइएको कम्पनीको भनाई छ । यस प्रोग्रामअन्तर्गत ग्राहकले सिजी इलेक्ट्रोनिक्सका कुनै पनि सामान खरिद गरेबापत थप सुविधा पाउनेछन् ।

यसैबीच, चौधरी ग्रुपअन्तर्गत LG ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्रीको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता ‘सिजी इलेक्ट्रोनिक्स प्रा.लि.’ले ‘Enjoy and Have a Great Trip To Korea 2019’ भन्ने आवाजका साथ आफ्ना डिलरहरूलाई कोरिया भ्रमणमा लगेको छ ।

सो कम्पनीले प्रत्येक वर्ष नेपालभरिका एलजी–डिलरहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै ब्राण्ड प्रबद्र्धनको लागि प्रोत्साहन गर्ने उद्देश्यले विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिँदै एलजीले यसपटक पनि आफ्ना डिलरहरूलाई विदेश भ्रमणमा लगिएको एलजीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।