कास्कीको याङ्जाकोटमा बर्डफ्लु, ओसारपसारमा रोक

कास्कीको याङ्जाकोटमा बर्डफ्लु, ओसारपसारमा रोक


कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक शहदेव पौडेलले जानकारी दिए ।

सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।