टाइगर र दिशाको सम्बन्धबारे जैकीले गरे खुलासा

टाइगर र दिशाको सम्बन्धबारे जैकीले गरे खुलासा


बलिउड चर्चित अभिनेता जैकी श्राफले आफ्नो छोरा टाइगर श्राफले उदीयमान अभिनेत्री दिसा पाटनीसँग विवाह गर्न सक्ने सङ्केत गरेका छन् । खुला स्वभावका जैैकीले सपाट कुरा गर्दै टाइगरले दिसासँग विवाह गरे आफुलाई कुनै आपत्ति नहुने बताएका हुन् ।

टाइगर र दिसाको ‘सम्बन्ध’ जगजाहेर छ । यी दुवै एकसाथ देखिने मात्र नभई छुट्टीसमेत सँगै बिताउँदै आएका छन् । सम्बन्धमा प्रगाढता रहे पनि दुवैले आफ्नो सम्बन्धको बारेमा मौनता साँधेका छन् । प्रेसलगायत विभिन्न माध्यमबाट प्रयास गरिए पनि उनीहरूले आफ्नो सम्बन्धबारे मुख खोलेका छैनन् ।

यसरी यो जोडीले आफ्नो सम्बन्ध गुप्त राख्न खोजेपनि जैकीले भने उनीहरूको सम्बन्धको खुलासा गरिदिएका छन् । जैकीले आफ्नो छोरा टाइगर २५ वर्षको भएको र उसले एउटी अभिनेत्रीसँग मित्रता गाँसेको बताएका थिए । साथै ती अभिनेत्री आर्मी परिवारको सदस्य भएको, अनुशासनलाई निकै महत्व दिने, एकदमै राम्रो नृत्य गर्ने र टाइगरले उनीसँग काम गर्दा आफूलाई राम्रो लाग्ने समेत बताएपछि यो सङ्केत दिसा पटानीतिरै लक्षित रहेको ठोकुवा गर्न प्रेसलाई कुनै बेर लागेन ।

उनीहरू खुलेआम प्रेम गर्न सक्छन्, घुम्न सक्छन् भने विवाह पनि गर्न सक्छन् भन्ने जैकीको अभिव्यक्तिले टाइगर र दिसा प्रणय बन्धनमा बाँधिए आश्चर्य मान्नु पर्दैन । तर, अन्तिम निर्णय भने टाइगर र दिसाकै मुखबाट सार्वजनिक हुनुपर्छ, जसको प्रतीक्षा बलिउडले गरिरहेको छ ।