सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं सांसद उमा रेग्मीका पिता तथा पार्टीका नेता षडानन्द रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत उनको निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक ज्येष्ठ व्यक्तित्वलाई गुमाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

काङ्ग्रेसको क्रियाशील सदस्यसमेत रहेका रेग्मीको आइतबार चितवनको भरतपुर–१८ चनौलीस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको हो । स्व रेग्मी नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।