इन्डोनेसिया बाढी : ६८ को मृत्यु, सात हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया बाढी : ६८ को मृत्यु, सात हजारभन्दा बढी विस्थापित


इन्डोनेसियामा शनिबार राति परेको भारी वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको दक्षिण सुलाबेसी प्रान्त बाढीबाट बढी प्रभावित बनेको छ । त्यहाँ अझै पनि खोजी र उद्धार कार्य जारी रहेको छ । त्यहाँको अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाढीले पाँच हजारभन्दा बढी घरमा घरमा क्षति पुऱ्याएको र ठूलो मात्रामा अन्नबालीसमेत नष्ट गरेको छ । क्षतिको सम्पूर्ण विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन ।