सिरियाली द्वन्द्वमा आठ वर्षमा तीन लाख ७० हजार मारिए

सिरियाली द्वन्द्वमा आठ वर्षमा तीन लाख ७० हजार मारिए


सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।

मारिएका ती व्यक्तिमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।

बेलायतसँग आबद्ध मानवअधिकार समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार युद्धका क्रममा २१ हजार बालबालिका र १३ हजार महिला मारिएका छन् ।

सिरियामा सन् २०११ को १५ मार्चबाट सिरियाली सरकारको विरोध गर्दै दक्षिण सहर दाराबाट शुरु भएका प्रदर्शन देशभरि फैलिएको र आठ वर्षसम्ममा लाखौँ मानिसको मृत्यु भएको र सिरियाको जनसंख्याको झन्डै आधा भाग आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेका राष्ट्रसंघको तथ्यांक छ ।

यस आन्दोलनका कारण लाखौँको संख्यामा नागरिक तथा सैन्य लडाकुहरू घाइते भएका छन् ।

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।