गायक आनन्द कार्की सम्मानित

गायक आनन्द कार्की सम्मानित


चर्चित आधुनिक तथा गजल गायक आनन्द कार्की सम्मानित भएका छन् । कार्कीलाई फ्युचर स्टार हाइस्कुल जावलाखेलले सम्मान गरेको हो । कार्कीलाई फ्युचर स्टार प्रिन्सिपलले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन् ।

सम्मानपछि प्रसन्न मुद्रामा देखिएका कार्कीले यो सम्मानलाई आफ्नो संगीत संघर्षको अमूल्य मुनाफाको संज्ञा दिएका छन् । साथै तपाईंहरूको माया र मूल्यांकनले आफू पटकपटक सम्मानित हुन पाएको भन्दै यसले आपूmलाई निकै हौसला मिलेको बताए । उनले आफूलाई सम्मान गर्ने फ्युचर स्टारलाई धन्यवाद दिएका छन् ।