मुम्बईमा पैदल यात्रु हिँड्ने पुल भत्किँदा ६ को मृत्यु, ३१ घाइते

मुम्बईमा पैदल यात्रु हिँड्ने पुल भत्किँदा ६ को मृत्यु, ३१ घाइते


भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको संख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

बिहीबार साँझ भएको यस घटनामा ६ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरूको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो ।

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई पाँच लाख भारतीय रुपैयाँबराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्री बताए । स्थानीय सरकार अधिकारीहरूका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिँडडुलका लागि खुला गरिएको थियो ।