न्युजिल्याण्डमा आतंककारी हमला, तीन दर्जन बढिको गयो ज्यान

न्युजिल्याण्डमा आतंककारी हमला, तीन दर्जन बढिको गयो ज्यान


न्युजिल्याण्डको क्राइष्टचर्चस्थित दुई मस्जिदमा भएको भयानक गोलीकाण्डमा तीन दर्जनभन्दा बढि मानिसको ज्यान गएको छ । मस्जिदमा गरिएको अन्धाधुन्ध फायरिङपछि मानिसमा त्रास व्याप्त छ भने न्युजिल्याण्डको इतिहासकै कालो दिन भनेर घटनाको चित्रण गरिएको छ ।

आश्चर्यको कुरा त यो छ कि बन्दुकधारी हमलाकारीले ‘फेसबुक लाइभ’ रहेर मानिसहरूमाथि गोली चलाइरहेको थियो भने १७ मिनटसम्म मानिसको हत्या गरिएको दृश्य उसले फेसबुकमार्फत सार्वजनिक गरिरहेको थियो ।

फेसबुक लाइभकै क्रममा आक्रमणकारी युवकले आफ्नो नाम ब्रैन्टन ट्यारेन्ट बताएको थियो । आक्रमणको बेला अल नूर र लिनवुड मस्जिदमा नमाजको लागि मानिसको भीड लागेको थियो । सोही बेला बांगलादेशको क्रिकेट टीमका सदस्यसमेत नमाजका लागि मस्जिद पुगेको थियो । टीमका खेलाडी सबै सकुशल रहेको बताइएको छ ।

यस मामलामा एक महिलासहित चारजनालाई हिरासतमा लिइएको सरकारी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणकारी एक २८ वर्षीय अष्ट्रेलियन नागरिक रहेको पनि बताइएको छ ।