स्वचालित कार उत्पादन गर्न सात हजार कर्मचारी हटाउँदै भक्सवागन

स्वचालित कार उत्पादन गर्न सात हजार कर्मचारी हटाउँदै भक्सवागन


जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले आगामी सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सो कम्पनीले कर्मचारी कटौती गर्न लागेको हो ।

कटौतीमा पर्ने कामदार कर्मचारीलाई कम्पनीले अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ । भक्सवागनले दीगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नुपरेको स्पष्ट गरेको छ । सन् २०२३ सम्ममा प्रतिवर्ष करिब ६ अर्ब यूरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो ।

यसैबीच, जर्मनीको उल्फ्सबर्गस्थित भक्सवागनले ब्याट्रीबाट चल्ने कार र स्वचालित कार उत्पादनमा लगानी वृद्धि गर्ने योजना अघि सारेको छ । कम्पनीले नोभेम्बरमा घोषणा गरिएको ११ अर्ब यूरोबाट झण्डै १९ अर्ब यूरो पुऱ्याउने लक्ष्य राखेको छ ।