सोनाक्षीले बबीलाई हावामा उचालेपछि…

सोनाक्षीले बबीलाई हावामा उचालेपछि…


चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको एउटा चटपटे हर्कतको खबरले बलिउडलाई तताएको छ । एक पार्टीमा भेट भएपछि सोनाक्षीले बलिउड अभिनेता बबी देवललाई एक्कासी अँगालो मार्दै कम्मर समातेर उचालेपछि प्रत्यक्षदर्शीहरू छक्क् परेका थिए भने यो प्रसङ्ग यतिबेला चर्चाको विषय बनेको छ ।

सोनाक्षीले बबीसँग किन यस्तो व्यवहार गरिन्, चकित पार्ने सन्दर्भ थियो । एउटी अभिनेत्रीले सार्वजनिक पार्टीमा अभिनेतालाई हावामा उचालेर हँसिमजाक गर्नुले अनेक प्रश्नसमेत खडा गरेको छ ।

नारी दिवसको उपलक्ष्यमा बलिउड अभिनेत्री हुमा कुरैसीको घरमा पार्टी आयोजना गरिएको थियो । उक्त पार्टीमा प्रियंका चोपडा, अक्षय कुमार, ट्वीङ्कल खन्ना, मलाईका अरोडा, सोनाक्षी सिन्हा र बबी देवलसहित थुप्रै बलिउड अभिनेता अभिनेत्रीको उपस्थिति थियो ।

उक्त पार्टीमा जब सोनाक्षी सिन्हाको भेट बबी देवलसँग भयो त्यसबेला एउटा घटना यस्तो घट्यो जसले बलिउडकर्मीहरूका लागि अविष्मणीय बन्न पुग्यो । बबी देवललाई भेट्ने वित्तिकै सोनाक्षीले कसिलो अँगालो बेरेकी थिइन् । त्यतिले पनि नपुगी बबीको कम्मर समातेर सोनाक्षीले हावामा उचालेपछि पार्टीमै सनसनी फैलियो । सोनाक्षीको यस्तो हर्कतले निकै नर्भस भएका बबीको अनुहार त्यसपछि हेर्नलायक बनेको थियो । रातो पीरो बनेका बबी सोनाक्षीको क्रियाकलापबाट लाजले पानी–पानी बनेका थिए ।

सोेनाक्षीले बबीलाई किन उचालिन् त्यसको बारेमा उनले केही नबताए पनि उनीहरू मिल्न साथी भएका कारण मजाकमा यस्तो हर्कत गरेको बुझिएको छ । सोनाक्षी यस्तो गर्छिन् भने उनले कल्पना पनि गरेका थिएनन् । सोनाक्षीले मजाकमै यस्तो हर्कत गरे पनि बबी भने यो घटनाबाट अन्जान थिए ।