यस्तो छ आज, भोलि र पर्सिको मौसमी भविष्यवाणी

यस्तो छ आज, भोलि र पर्सिको मौसमी भविष्यवाणी


पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानमा मध्याह्नपछि मेघगर्जनसहित छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलको भनाइ छ । उनका अनुसार यसको प्रभाव आज मात्र कायम रहनेछ । भोलिबाट मौसम पूर्ण सफा हुनेछ ।

राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, भोलि शनिबार देशको पश्चिमी र मध्य भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पश्चिमी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री र न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।