नेपाल एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता

नेपाल एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेको इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकले नेको इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।