भ्रम हटेको दिन

भ्रम हटेको दिन


othernewsकार्यालयमा शनिबारका दिन प्राप्त हुने शान्त वातावरणप्रति म सधैँ लोभिने गर्छु, लेख्न–पढ्नका लागि सबभन्दा उत्तम अवसरका रूपमा शनिबारलाई प्रयोग गर्न पाउँदा म पुलकित हुन्छु र दिनलाई सफल भएको ठान्ने गर्छु । वैशाख १२ गते (२०७२ वि.सं.) शनिबार पनि म बबरमहलस्थित घटना र विचारको कार्यालयतर्फ जाँदै थिएँ । वन विभाग र त्यस मातहतका विभिन्न कार्यालयलाई दायाँ पारेर बढ्दै थिएँ, गाडीको गति करिब पच्चीस किलोमिटर (प्रतिघन्टाको) थियो । कुमारी स्थान पार गरेर बीस मिटर जति अघि बढेपछि मेरो गाडीको चारवटै चक्का एकैसाथ पङ्चर भएको महसुस गरेँ, एक्सिलेटर दबाउँदा पनि गाडी अघि बढेन, बरु ‘लच्याकलुचुक’ गर्दै गाडी नाचेझैँ गर्न थाल्यो । कसरी एकसाथ चारवटै चक्का पङ्चर भएछ भनी ओर्लिएर हेर्ने विचार पनि गरेँ । ठीक त्यति नै बेला मेरो विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरबाइक ढलपल गर्दै पल्टिए, उनीहरू चिच्याउँदै थिए । पल्टिएका मोटरबाइक र त्यसमा सवार व्यक्तिहरूलाई वन विभागले लगाएको ‘सरकारी’ पर्खाल ढलेर पु¥यो । दुईजना कसैगरी निस्किए पनि एक युवती भने ढलेको पर्खालभित्रै छोपिइन् । मैले परपरसम्म आँखा लगाएँ– पृथ्वीको वातावरण असामान्य थियो, रंग बदलिएर मैलो बनेको, धुलो उडेको र आँधी आएजस्तै आँखाअघिल्तिरका सबै वस्तु बेतोड गतिमा हल्लिएको देखेँ, घरहरू पिङजस्तै हल्लिएका थिए । हुँऽऽऽहुँऽऽऽहुँऽऽऽ र उईंऽऽऽ उईंऽऽऽ उईंऽऽऽ सँगै मिसिएर आएको चट–चट एवम् डङ्–डङ् आवाजले वातावरणलाई अति नै आतङ्कपूर्ण बनाइरहेको थियो । मैले धर्ती प्रलय हुन लागेको महसुस गरेँ, संसारमा जीवित कोही रहने कुनै सम्भावना देखिनँ, म इन्तु न चिन्तु भएँ, भूकम्प मात्र आएको भन्ने लागेन, त्यसैले बाँच्नका लागि कुनै पनि प्रयत्न गर्नु व्यर्थ लाग्यो र म गाडीभित्र बसिरहेँ । मेरै अघिल्तिर (करिब सात मिटरको दूरीमा) एक युवती पर्खालले चेपिएर मृत्युको प्रतीक्षा गर्दै थिइन्, उनलाई उद्धार गर्ने चेत मभित्र पलाएन, बरु लाग्यो– आखिर संसार नै समाप्त हुँदै छ भने एकैछिनका लागि कसैलाई बचाइरहनुपर्ने आवश्यकता बोध मलाई भएन । लामो र अग्लो पर्खाल ढल्दै मेरो गाडी रोकिएकोभन्दा तीन फिट अगाडिसम्म आइपुग्यो, अब म भएतिरको पर्खाल ढल्नुपर्ने थियो र मैले पर्खालभित्र पुरिएर मर्ने भइयो भन्ने पनि ठानेँ । तर, म रोकिएको ठाउँतर्फको पर्खाल ढलेन, तथापि मैले मृत्यु स्वीकार गरिसकेको थिएँ, त्यसैले बाँच्नका निम्ति कुनै प्रयास गरिरहनुपर्ने ठानिनँ र स्टेयरिङ पक्रेर गाडीभित्रै बसिरहेँ । सबै चिज हल्लिएको देखिरहँदा पनि यो भूकम्प नै हो भन्ने मलाई लागेको थिएन । घर र पर्खालबीचको साँघुरो बाटोमा गाडीभित्र मलाई देखेपछि ज्यान जोगाउन सुरक्षित ठाउँतिर भाग्दै गरेका केही मानिसले ‘ए, भूकम्प आयो, बाहिर निस्कनुस्’ भनेको आवाज मेरो कानमा प¥यो । त्यतिबेला मात्र म भूकम्प आएको रहेछ भन्नेमा स्पष्ट भएँ, तर यो आठ रेक्टरभन्दा माथिको र वि.सं. १९९० को (८.४ रेक्टर) भन्दा ठूलो हुनुपर्छ भन्ने अनुमान गर्दै म गाडीबाट निस्किएँ । सीधा उभिन सकिएन, आफूलाई मुस्किलले धान्दै केही खुला ठाउँतिर लाग्दा कुमारीस्थान नजिक पुगिएछ । त्यतिबेलासम्म करिब पचास सेकेन्ड बितिसकेको थियो । दायाँबायाँ (उत्तर–दक्षिण) हल्लाउँदै आएको भूकम्प केहीबेरमै जमिन तलमाथि गरेर उफ्रन थाल्यो, मैले आफ्ना प्रियजन सबैलाई सम्झिएँ र फोन लगाउने प्रयास गरेँ, तर कसैको पनि फोन लागेन । पहिलो चरणको प्रलयकारी भूकम्पको अवधि सकिएपछि फोन सम्पर्क गर्ने प्रयास गर्दै म गाडी घुमाएर आफूले बास बस्ने गरेको ठाउँ (कोपुण्डोल)तर्फ लागेँ । फर्कने बाटोमा ढलेको एउटा सानो पर्खालका टुक्राहरू हटाउन त्यहाँ उपस्थित जनले सहयोग गरेका थिए । मूल सडकमा निस्किएर माइतीघरतर्फ बढ्दा कर्मचारी सञ्चयकोषको जग्गामा बनेको सुन्धारा मललाई उत्तरतर्फ पारेर छेवैमा सधैँ उभिरहने धरहरा देखिनँ । बबरमहलका भव्य भवनहरू जहाँको त्यहीँ जस्ताको त्यस्तै उभिएको देख्दा आश्चर्यचकित भएँ । ‘यति’ ठूलो भूकम्पले पनि क्षति पु¥याउन नसक्ने गरी भवनहरू बनाइएका रहेछन् भन्ने सम्झेर खुसी पनि भइयो । थापाथलीस्थित तथ्याङ्क विभागअगाडिको सडकमा भूकम्पले वारपार पैदा गरेको अवरोध पार गरी आफूले बास बस्दै आएको पुरानो घर ध्वस्त भएको आत्मस्वीकारसहित त्यतातिर लागेँ ।
त्यस दिनको प्रलयकारी भूकम्पसँग साक्षात्कार हुनुअघिसम्म मलाई मेरो आश्रयस्थल (पृथ्वी) प्रति निकै भरोसा र विश्वास थियो । मौन मातृस्नेह प्रदान गर्ने धर्तीप्रति विश्वास र भरोसा नराख्नुपर्ने कारण र अवस्था पनि थिएन । तर, त्यस दिन धर्तीको रौद्र रूप जब मैले देखेँ, त्यसपछि धर्तीप्रतिको मेरो सम्पूर्ण भरोसा विसर्जित भएको छ । पूराका पूरा आफ्नै जस्तो ठान्ने गरेको पृथ्वीप्रतिको मेरो अपनत्व भाव २०७२ सालको वैशाख १२ गते बिहान ११ः५६ बजेको भूकम्पपछि समाप्त भयो । मलाई थाहा छ– हामी पृथ्वीको विकल्प रोज्न–खोज्न सक्ने अवस्थामा छैनौँ, त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हामीले यही पृथ्वीमा आश्रय लिनुपर्ने बाध्यता छ । तर, यसपटक धर्तीमाताले रौद्र रूप देखाउँदा ठूलो विश्वासघात भएको अनुभूति भइरहेको छ, पृथ्वीप्रतिको भरोसा पुनर्वहाली गर्न मैले यो लेख तयार पारिन्जेल (२०७२ वैशाख १९) सम्म सकिरहेको छैन । पृथ्वीलाई आफ्नो ठान्ने भ्रम जुन वैशाख १२ गते (२०७२) अन्त्य भयो, यो भ्रमको अन्त्यसँगै जीवनप्रतिको दृष्टिकोणसमेत बदल्न म बाध्य भएको छु । अब पृथ्वीप्रति ढुक्क भएर होइन उसले देखाउनसक्ने विदु्रप लीलालाई चेतावनी दिएर बाँच्नुपर्ने चेत ममा पलाएको छ ।
– डीपी त्रिपाठी

मान्छेको प्रमुख दुश्मन ठूला र अग्ला घर
राज्यले तत्कालै चाल्नुपर्ने एघार कदम
महाभूकम्पले काठमाडौं उपत्यकालाई जुन प्रकारले क्षति पु¥याउने अनुमान विगतमा विज्ञहरूले गर्दै आएका थिए, अनुमान गरेअनुरूपको क्षति नभएको पाइएको छ । करिब आठ रेक्टर भूकम्पको सामना गर्ने क्षमता काठमाडौंले नराख्ने र पूरै उपत्यका भग्नावशेषमा परिणत हुनसक्ने अनुमान विज्ञहरूको थियो । अनुमानविपरीत काठमाडौंमा त्यस्ता घरहरू मात्र भत्किएका छन् जसले कमसल गुणस्तरको निर्माण सामग्री प्रयोग गरी मापदण्डविपरीत अग्ला घर बनाएका थिए । नेपालमा ठूलो र अग्लो घरलाई मानिसले आफ्नो इज्जत–प्रतिष्ठासँग जोड्ने संस्कार भएकोले कमसल गुणस्तरको भए पनि ठूला र अग्ला घर बनाएर देखाउने होडबाजी नेपालीबीच चल्दै आएको थियो । वैशाख १२ को महाभूकम्पपछि ठूला र अग्ला घरहरू इज्जतको नभई मृत्युको मूल कारण बन्ने प्रमाणित भएको छ । पञ्चायतकालमा होचा घरहरूलाई प्राथकिता दिने, पाँचतलेभन्दा बढी घर बनाउन नपाइने र चार–पाँचतले घर बनाउनुपरेमा अनेकौँ सर्तहरू पालन गर्नुपर्ने कानुनी व्यवस्था किन गरिएको थियो भन्ने अहिले आएर पुष्टि भएको छ । लोकतन्त्रको स्थापनासँगै छाडा लागेका मानिसले राजधानीलाई नै विरूप–कुरूप तुल्याउने गरी जथाभावी, जुनसुकै आकार–प्रकारका घर निर्माण गर्दै आएका थिए । जे होस् अब जनता र सरकार सबैको चेत खुलेको हुनाले नेपालको व्यवस्थित बस्ती विकासका लागि कठोर नीति–नियम तर्जुमा गर्ने र सुन्दर सहरको विकासका योजना बनाउने अवसर राज्यलाई उपलब्ध भएको छ । यतिबेला राज्यले के–कस्ता नीति, नियम र मापदण्ड बनाउनु उपयुक्त हुनसक्छ भन्नेबारेमा यहाँ बुँदागत रूपा सुझाव प्रस्तुत गरिएको छ ।
१, सहरी तथा ग्रामीण क्षेत्रमा आवासीय र व्यापारिक क्षेत्र छुट्याई निर्माणका लागि बेग्लाबेग्लै मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा तत्काल जाने, पुरानो मापदण्डलाई परिमार्जित गर्ने ।
२. आवास क्षेत्रमा बढीमा साढे दुई तलासम्मका र व्यापारिक प्रयोजनका घरहरू पाँच तलाभन्दा बढीको निर्माणमा बन्देज गर्ने ।
३. यसअघि निर्माण भइसकेका घरहरूलाई मापदण्डले तोकेको या तोक्नेभन्दा बढी तला भएका आवासीय र व्यापारिक प्रयोजनका घरहरूको तला काट्ने अनिवार्य कानुनी व्यवस्था गर्ने । तला काट्नका लागि उपकरण तथा काटिएपछि जम्मा हुने फोहोर व्यवस्थापनको जिम्मेवारी राज्यले लिनुपर्ने ।
४. निश्चित मापदण्डका आधारमा हरेक टोल र व्यापारिक क्षेत्रहरूमा खुला स्थानहरूको व्यवस्था गर्ने । आवश्यक परे राज्यले नागरिकसँग जमिन खरिद गरेर भए पनि त्यस्तो व्यवस्था गर्नु उचित हुने ।
५. आवासीय प्रयोजनका घरहरूमा कम्तीमा एउटा गाडी राख्ने (ग्यारेज) तथा व्यापारिक प्रयोजनका घरहरूमा आकार–प्रकार हेरी दशदेखि माथिको सङ्ख्यामा पार्किङ सुविधा अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था गर्ने ।
६. ढुङ्गा माटोको, काँचो इँटाको र माटो तथा इँटाको जोडाइबाट घर निर्माण गर्न गाउँ–सहर सबैतिर प्रतिबन्ध लगाउने । निश्चित मापदण्ड तय गरी गरिबलाई घर निर्माणका लागि निब्र्याजी ऋण राज्यले उपलब्ध गराउने ।
७. गाउँहरूमा एकत्रित बस्ती विकास योजना सञ्चालन गर्ने, एक गाविसमा एक या दुई स्थानमा मात्र बस्ती राखी कृषि क्षेत्र, व्यापारिक, औद्योगिक या व्यावसायिक तथा वन क्षेत्र निर्धारण गरिदिने ।
८. यसअघि अग्ला र ठूला घर निर्माणका लागि अनुमति दिइएका भए निर्माण सुरु भइसकेकोमा रोक लगाउने र सुरु नगरिएकाहरूलाई अनुमति (लाइसेन्स) स्थगित गरेर नयाँ नियमअनुसारको अनुमतिपत्र जारी गर्ने ।
९. अढाइतलेभन्दा ठूला घर निर्माणका लागि वातावरणीय अध्ययन प्रतिवेदन गर्ने व्यवस्था गरिनुपर्ने ।
१०. तीन आनाभन्दा कम जमिनमा स्थायी घर निर्माण गर्न नपाउने व्यवस्था गर्ने र सो क्षेत्रफलभन्दा बढी जमिनमा घर निर्माण गर्दा छिमेकी अर्थात् सँधियारहरूको अनुमतिलाई अनिवार्य गर्न व्यवस्था गर्ने ।
११. बालुवा, गिट्टी, सिमेन्ट र छड उत्पादक तथा बिक्रेताहरूलाई नयाँ मापदण्ड बनाई सोबमोजिमको अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने अनिवार्य व्यवस्था गर्ने ।
उल्लिखित सुझाव केही नमुना मात्र हुन् । यसप्रकार राज्यले विज्ञहरूको सुझावका आधारमा तत्काल भवन संहिता परिमार्जन गर्ने र नयाँ कानुनको व्यवस्था गर्न ढिलाइ गर्न नहुने भएको छ । विक्रम सम्वत् १९९० मा भूकम्प नगएको भए आजको नयाँ सडक (काठमाडौं) अस्तित्वमा आउने थिएन भन्ने तथ्यलाई दृष्टिगत गरी राज्यले यो विपत्तिलाई नयाँ अवसरका रूपमा उपयोग गर्न उपयुक्त देखिएको छ ।

पुनर्निर्माणका लागि सर्वपक्षीय सरकार
महाभूकम्पले राजधानी काठमाडौंसहित मध्यनेपालमा पु¥याएको क्षतिपूर्ति तथा पुनर्निर्माण गर्न वर्तमान सरकारले कसरी सक्ला भन्ने प्रश्न विभिन्न केन्द्रहरूमा उठ्न थालेको छ । भूकम्पले जन, धन र भौतिक संरचनाहरूको विनाश गरेपछि देशमा तीन दिनसम्म राज्यविहीनताको अवस्था रहेको, एक घन्टाभित्रै बस्न सकिने मन्त्रिमण्डलको आपतकालीन बैठक बस्न तीन दिन लगाएको र चौबीस घन्टाभित्रै बोलाउन सकिने संसद्को बैठक बस्न बाह्र दिन लगाएको पृष्ठभूमिमा वर्तमान सरकारबाट पुनर्निर्माण तथा पुनर्वासको व्यवस्था हुनेमा आशङ्का गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटबाट नेपालमा भूकम्प गएको थाहा पाउनुभए पनि उहाँले तत्काल केही गर्ने तत्परता लिनुभएन ।
भूकम्पपछि राजनीतिक दल र तिनका नेता–कार्यकर्ताप्रति जनसाधारणमा आस्था र विश्वास भङ्ग भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निष्क्रिय एवम् प्रभावहीन भूमिकाले जनतामा सरकार नभएको सन्देश गएको छ । त्यसैले जनतालाई सान्त्वना दिन फिल्डमा पुगेका केही नेताहरूलाई जनताले दुव्र्यवहार गरेका छन् । साँखुमा भूकम्पपीडितहरूको अवस्था बुझ्न गत साता पुग्नुभएका एमाले नेता माधवकुमार नेपालमाथि पीडितहरूले हातपात गरेका थिए । त्यसयता नेताहरू बलियो सुरक्षा घेरासहित घटनास्थलमा पुग्दै आएका छन् । अहिलेसम्म त पीडितहरू आफैँमा अल्झिएका छन् । कुनै पनि दिन पीडितहरू आक्रोशित भएर सडकमा आउने सम्भावना छ । उनीहरू सडकमा उत्रिएका दिन वर्तमान सरकारको अस्तित्व कायम रहने विश्वास गर्न सकिँदैन ।
उद्धार र राहत कार्यमा अगुवाइ गर्न नसक्ने सरकारले पुनर्निर्माण तथा पुनर्वासजस्तो कार्यमा अगुवाइ गर्न सक्छ भन्ने विश्वास अन्तर्राष्ट्रिय समुदायले पनि गरेको देखिँदैन । प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गर्न स्वदेशी तथा विदेशी दाताहरू हच्चिनुले पनि वर्तमान सरकारको विश्वसनीयता गुमेको निष्कर्ष निकाल्न सकिन्छ । जनता र अन्तर्राष्ट्रिय समुदाय, दुवैको विश्वास गुमेको अवस्थामा सरकार आफ्नो काममा सफल हुने स्थिति रहँदैन । त्यसैले वर्तमान सरकारलाई सर्वपक्षीय सरकारले विस्थापित गर्नुपर्ने आवाज भित्रभित्रै उठ्न थालेको छ । सर्वपक्षीय सरकारले मात्र विद्यमान सङ्कटबाट मुलुकलाई पार लगाउन सक्ने विश्वासका आधारमा सरकारको संरचना परिवर्तनको कुरा उठेको हो । त्यस्तो सरकारको नेतृत्व काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा वा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हुनसक्ने बताइएको छ । यद्यपि सुशील कोइराला भने पदत्याग गर्ने र कसैलाई सत्ता हस्तान्तरण गर्ने मानसिकतामा हुनुहुन्न । सर्वदलीय सरकार गठन गर्नुपरे पनि आफ्नै नेतृत्वमा हुनुपर्ने सोच सुशील कोइरालाले राख्नुभएको छ । तर, सरकार परिवर्तनको मुद्दाले तत्कालै निर्णायक रूप लिने सङ्केत भने देखिएको छैन । यद्यपि वैशाख महिनाभित्रैबाट सरकार परिवर्तनको मुद्दा जोडदार रूपमा अघि बढाइने बुझिएको छ । पुनर्निर्माणलाई प्रभावकारी, विश्वसनीय र दु्रत गति दिन सर्वपक्षीय सरकार गठनको परिकल्पना भएको बताइएको छ ।

यशुको शरणमा पर्दा गयो ज्यान
महाभूकम्पका बेला इसाई धर्मावलम्बीहरूमध्ये धेरैले चर्चमा प्रभु यशुको प्रार्थना गर्दागर्दै ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । प्राप्त जानकारीअनुसार धादिङको उत्तरी क्षेत्रमा सञ्चालित एउटा चर्चमा डेढ सय मानिसको एकै चिहान भएको छ । त्यस्तै काठमाडौंको कपन, गोंगबु र स्वयम्भूनजिक ठाडो भ¥याङको चर्चमा सयौँले ज्यान गुमाए । कपनको साततलेमा साततले घरमा सञ्चालित एक चर्चमा पचासभन्दा बढीले यशुको प्रार्थना गरिरहेका थिए भने ठाडो भ¥याङको चर्चमा सत्तरी र गोंगबुमा सयभन्दा बढी यशुभक्तहरू प्रार्थनामा सहभागी भएका थिए । प्रार्थना गर्दागर्दै भूकम्प आएपछि भक्तहरू भाग्न खोजेका तर पादरीले यशुले रक्षा गर्ने बताउँदै चुपचाप हात टेकेर प्रार्थना कक्षमै बसिरहन आदेश दिएपछि उनीहरू चर्चमै चुपचाप बसेका थिए । अन्ततः चर्च भएका घर भत्किएपछि सयौँ यशुभक्तले ज्यान गुमाएका छन् । ठाडो भ¥याङस्थित आफ्नो घर चर्चलाई घर भाडामा दिएका भुवनमान शाक्यको चर्च बसेकोसहित तीनवटा घर भत्किएका छन् । स्मरणीय छ, धादिङको उत्तरी क्षेत्रका री, लापा, झार्लाङलगायतका गाविसमा तामाङहरूको बाहुल्य छ र त्यहाँ बौद्ध धर्म छोडी इसाई बन्ने क्रममा केही वर्षदेखि अभियानकै रूपमा चल्दै आएको थियो ।

भूकम्पका कारण हृदयाघातबाट निधन
जिल्ला न्यायाधीश केशव अधिकारीकी धर्मपत्नी कान्तादेवी अधिकारीको भूकम्पका कारण भएको हृदयाघातबाट निधन भएको छ । वैशाख १२ गते भूकम्प आउँदा गुरुजुधारास्थित आफ्नै निवासमा बसिरहनुभएकी कान्ता छिमेकीको घर भत्किएको देखेपछि निकै आत्तिनुभएको थियो । भोलिपल्ट वैशाख १३ गते ६.९ रेक्टर स्केलको भूकम्प आउँदा उहाँ घरमै हुनुहुन्थ्यो । भूकम्प आएपछि उहाँ डराउनुभयो र त्यसैक्रममा उहाँलाई हृदयाघात भएको बुझिएको छ । उपचारका लागि अस्पताल पु¥याइए पनि अन्ततः उहाँको वैशाख २१ गते गंगालाल अस्पतालमा निधन भयो । वि.सं. २०२१ साल असोज १० गते जन्मनुभएकी कान्ता टोलछिमेकमा समाजसेवीको रूपमा चिनिनुहुने गृहिणी हुनुहुन्थ्यो । यस दुःखद् घटनाबाट शोकाकूल बन्नुभएका केशव अधिकारीप्रति समवेदना प्रकट गर्दै घटना र विचार परिवार कान्ताको आत्माको चिरशान्तिको कामना गर्दछ ।

पीडा जनजनमा, सहयोग कागजमा
– रामहरि पाण्डे
वैशाख १२ गतेको भूकम्पबाट मृत्यु र घाइते हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भौतिक क्षतिको विवरण पनि सोही अनुपातमा बढेको छ । भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या पच्चीस हजार नाघ्ने पूर्वानुमान गरिए पनि मंगलबार बिहानसम्म सात हजार पाँच सय ५७ नागरिकको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृहका अनुसार भूकम्पबाट १४ हजार पाँच सय ३६ जना घाइते भएका छन् ।
भूकम्पबाट सर्वसाधारण नागरिकका एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार एक सय ६२ घरमा आंशिक क्षति पुगेको छ । दश हजार सात सय १८ सरकारी घर तथा भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने १४ हजार सात सय ४१ घर तथा भवन आंशिक क्षति भएका छन् । अहिलेसम्म भएको क्षतिको विवरण हेर्दा ०६८ को जनगणनाअनुसार नेपालको कुल ५४ लाख ७७ हजार दुई सय २४ घरधुरीमध्ये सात दशमलब १५ प्रतिशत घर क्षतिग्रस्त भएका छन् । कति नागरिक विस्थापित भएका छन्, कुनै विवरण सर्वजनिक भएको छैन । तर, संयुक्त राष्ट्रसङ्घले भने भूकम्पबाट करिब ८० लाख नेपाली प्रभावित भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट दुई सय ७४ मिलियन पाउन्ड सहयोग आग्रहसमेत गरेको छ ।
यसैगरी भूकम्पका कारण विभिन्न ३६ जिल्लाका पाँच सय ७५ सरकारी विद्यालयका भवन पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् । शिक्षा विभागले उपलब्ध गराएको विवरणअनुसार भूकम्पबाट नौ सय ६९ विद्यालयमा आंशिक क्षति पुगेको छ ।
यता सरकारले भूकम्पमा परी जनधनको क्षति भएकाहरूलाई राहत तथा पुनस्र्थापनाका लागि भन्दै एक अर्बभन्दा बढी रकम बाँडेको गृह मन्त्रालयले जानकारी दिएको छ । भूकम्पपीडितलाई खोज, उद्धार तथा राहत कार्यका लागि केन्द्रीय दैवी उद्धार कोषबाट वैशाख १३ गते ५० करोड, १६ गते एक अर्ब र १९ गते ५० करोड गरी जम्मा दुई अर्ब निकासा भएको थियो । त्यसमध्ये भूकम्प प्रभावित विभिन्न जिल्लालाई राहत वितरणका लागि पठाइएको रकम एक अर्ब ३९ करोड ८२ लाख रहेको छ भने औषधि उपचार, उपकरण खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई तीन करोड निकासा गरेको गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
खोज, उद्धार तथा भग्नावशेष हटाउने कार्यका लागि नेपाल प्रहरीलाई १३ करोड र सशस्त्र प्रहरी बललाई १० करोड निकासा गरिएको छ । गृह मन्त्रालयका अनुसार घोषित सङ्कटग्रस्त जिल्लामा भूकम्पपीडितका लागि शिविर निर्माण, खानेपानी वितरण, सरसफाइ व्यवस्थापनसमेतका लागि सहरी विकास मन्त्रालयलाई १४ करोड निकासा गरिएको छ ।
सरकारले मृतक परिवार र घर मर्मतका लागि तत्कालीन राहत रकम वितरण गरिरहेको छ । यस्तै सात हजार दुई सय ४० मृतकको काजकिरियाका लागि प्रतिमृतक चालीस हजारका दरले जम्मा २८ करोड ९६ लाख दिइएको छ भने पूर्णरूपमा क्षति भएका एक लाख ८९ हजार पाँच सय १३ घरलाई प्रतिघर पाँच हजारका दरले ९४ करोड ७५ लाख ६५ हजार दिइएको छ ।
गृहका अनुसर आंशिक रूपमा क्षति भएका एक लाख ७१ हजार एक सय सात घरलाई प्रतिघर तीन हजारका दरले ५१ करोड ३३ लाख २१ हजार वितरण गरेको र पूर्णरूपमा क्षति भएका एक लाख ८९ हजार पाँच सय १३ परिवारलाई प्रतिपरिवार दुई हजारका दरले खाद्यान्नबापत ३७ करोड ९० लाख २६ हजार निकासा गरिएको छ । प्रतिमृतक एक लाखका दरले पाँच हजार मृतकका परिवारलाई दिनका लागि हालसम्म ५० करोड निकासा भएको छ ।
राहत तथा पुनर्निर्माणका लागि गृहले कोषसँग थप पाँच अर्ब माग गरेको छ । गृहले सोमबार कोषलाई पत्राचार गर्दै थप रकम माग गरेको हो । तर, केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा जम्मा दश करोड मात्र बाँकी रहेको बताइएको छ ।
यता, भूकम्पबाट पीडित बनेकाहरूलाई सहयोग गर्नेहरू स्वदेशी तथा विदेशी नागरिक सक्रिय भएर लागिपरेका छन् । अर्थ मन्त्रालयका अनुसार अहिले सरकारी निकायभन्दा बाहिरबाट अहिलेसम्म २५ अर्बभन्दा बढी रुपैयाँको राहत सहयोग घोषणा भएको छ । तर, यो रकम सरकारी खातामा भने आइसकेको छैन ।
कोषका अनुसाार सोमबारसम्ममा विभिन्न दाताको १८ करोड रुपैयाँ मात्र जम्मा भएको छ । यो रकममा भुटानले सहयोग गरेको १० करोडको रकम थपिन बाँकी छ । भुटानले दिएको सहयोग रकमको चेक प्राप्त भएको छ, तर रकम जम्मा भएको छैन ।
जापान सरकारले आठ अर्ब ४० करोड रपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यस्तै जापानमा रहेका नेपालका विभिन्न सङ्घसंस्थाले अभियान नै चलाएर जापानी तथा नेपालीसँग करिब डेढ अर्ब रुपैयाँ उठाइसकेको बताइन्छ । बेलायती अभिनेत्री जोहन लुम्लेको नेतृत्वमा बेलायतका विभिन्न १३ च्यारिटी संस्थाहरूले खोलेको डिजास्टर इमर्जेन्सी कमिटी (डीईसी)ले पाँच अर्ब रुपैयाँ नेपाली भूकम्पपीडितलाई सङ्कलन गरेको छ ।
मेट लाइफ फाउन्डेसनले साढे दुई अर्ब रुपैयाँ सहयोगको घोषणा गरेको छ । सामाजिक सञ्जाल फेसबुकले पनि नेपाली भूकम्पपीडितका लागि एक अर्ब रुपैयाँ सङ्कलन गरेको जनाएको छ । विश्वभरका दानवीर फेसबुक प्रयोगकर्ताबाट उक्त रकम सङ्कलन गरिएको हो । साथै, फेसबुकले कम्पनीको तर्फबाट २० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सर्च इञ्जिन गुगलले १० करोड र चाइना गेजुवा ग्रुपले दुई करोड रुपैयाँ सहयोग गर्ने बताएका छन् । एसियाली विकास बैंकले तत्कालको राहतका लागि ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । बैंकले पुनर्निर्माणमा २० अर्ब सहयोग गर्ने बताएको छ ।
गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले १५ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । अमेरिकाले १० करोड सहयोग गरेको छ । यसैगरी, सुमार्गी ग्रुपले पाँच करोड, गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले १५ करोड रुपैयाँ सहयोगको घोषणा गरको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले १० करोड, प्रभु समूहले एक करोड, आईएमई समूहले तीन करोड ५०, लुम्बिनी बैंक एक करोड, नेपाली काङ्ग्रेस एक करोड, सशस्त्र प्रहरी ६ करोड ३४ लाख, एनआरएन अध्यक्ष शेष घले दुई करोड, उपाध्यक्ष भवन भट्टले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । त्यस्तै, ग्लोबल आईएमई बैंकले एक करोड ५० लाख रुपैयाँ र आईएमई इन्टरनेसनल मनी एक्सप्रेसले दुई लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् । भूकम्पपीडितलाई क्यानडाले ५० करोड, नर्वेले ४० करोड, कतार ३२ करोड र अमेरिकाले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

के ग¥यो भारतले ?
भूकम्पपीडितहरूको उद्धार र राहतका लागि सबैभन्दा पहिले काठमाडौंमा अवतरण गर्ने मुलुक भारत भएको छ र सहयोग पु¥याउने मामिलामा पनि ऊ अग्रपङ्क्तिमै छ, तथापि कामको पूर्ण जस (यस) प्राप्त गर्ने सौभाग्य भने भारतलाई मिलिरहेको छैन । केही सानातिना कुराहरूमा विचार नपु¥याएका कारण सामाजिक सञ्जाल र कतिपय पत्रपत्रिकाहरूमा भारत आलोचित बन्न पुग्यो । भारत विरोधलाई राष्ट्रवाद ठान्नेहरूले पनि मसला पाए र भारतको उछित्तो काढ्ने काम गरे । आलोचना र नकारात्मक टीका–टिप्पणीहरूबीच भारतले उद्धार तथा राहतका निम्ति यथेष्ट काम गरेको छ । दैवी प्रकोपको बाह्र घन्टा नबित्दै काठमाडौं आइसकेको भारतीय टोलीले लगनखेल र सिनामंगलमा फिल्ड अस्पताल सञ्चालन ग¥यो भने इन्जिनियरहरूको एउटा टिमलाई भक्तपुरमा र ट्रमा सेन्टरमा एक मेडिकल टिम तैनाथ ग¥यो । त्यस्तै, भक्तपुर र कोपुण्डोलको गुरुद्वारामा क्याम्प खडा गरेरै सहभोजन गराउने व्यवस्था पनि भारतले ग¥यो । बुद्ध पूर्णिमाका दिन स्वयम्भूमा दुई ट्रक, बौद्धमा दुई र धर्मकीर्ति विहारमा एक ट्रक खाद्यान्न, दूध, मञ्जनलगायतका सामग्री भारतले नै उपलब्ध गरायो । तेह्रवटा हेलिकोप्टरहरू घाइतेहरूलाई उपचारका लागि ओसार्न प्रयोग भएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएको विपत्तिप्रति निकै संवेदनशील र चिन्तित देखिनुभएको थियो । प्रधानमन्त्री मोदी संवेदनशील भएजत्तिकै भारतको टिमले यहाँ सक्रियता देखाएको पनि हो । तर, कतिपय सानातिना कुराहरूमा ध्यान पु¥याउन नसक्दा भारतीय उद्धार टोली आलोचनामुक्त हुन भने सकेन ।

राहत सहयोगबारे राजदूतद्वारा ब्रिफिङ
नेपालका लागि भारतका राजदूत रणजित रायले कूटनीतिक समुदायलाई भारतले नेपालमा भूकम्पपीडितका लागि सञ्चालन गरेको उद्धार तथा राहतका कामबारे जानकारी दिनुभएको छ । चीन, युरोपियन युनियनलगायतका काठमाडौंस्थित कूटनीतिक नियोग प्रमुखहरूसमक्ष वैशाख १२ गते गएको महाभूकम्पपछि भारतले उपलब्ध गराएका राहत सहयोग तथा जारी उद्धार प्रयासबारे ब्रिफ गर्दै राजदूत रायले उद्धार प्रयासहरू नेपाल सरकारसँगको समन्वयमा भइरहेको जानकारी गराउनुभयो । उत्तर–छिमेकी चीनका राजदूत उ चुन्ताई, युरोपेली सङ्घकी नेपालस्थित राजदूत रेन्सजे तिरिन्कलगायतका कूटनीतिज्ञ सहभागी उक्त ४५ मिनेटको ब्रिफिङमा उहाँले भारतले विमानहरूसहित नेपाल पठाएका सहायता सामग्रीबारे अन्य देशका राजदूतलाई अवगत गराउनुभएको हो ।
अहिले नेपालमा सञ्चालन गरिरहेको उद्धार एवम् सहायता कार्यक्रम कुनै पनि विदेशी मुलुकमा विपत्ति परेका बेला यसअघि आफ्नो देशले गरेको सहयोगभन्दा ठूलो रहेको राजदूत रायले प्रस्ट्याउनुभयो । भारत र नेपालबीचको गहन सम्बन्ध तथा छिमेकी मुलुकमा आइपरेको विपत्मा सघाउने भारतको उच्च राजनीतिक नेतृत्वको गहिरो प्रतिबद्धतालाई झल्काएको उल्लेख गर्दै उहाँले भारतको अहिलेको सहयोगमा नेपाली जनताको ठूलो सहयोग रहेको र यसमा भारतसँग सीमा जोडिएका राज्यहरूले पनि इँटा थप्ने काम गरेको अभिव्यक्ति दिनुभयो । हालसम्म चीनलगायत विभिन्न मुलुकका टोलीसँगको समन्वयमा भारतीय टोलीले उद्धार कार्य गरेको र अन्य मुलुकसँग पनि समन्वय गरी काम गर्न भारत इच्छुक रहेको राजदूतको भनाइ थियो ।
यसैबीच भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको तारपोलिन (पाल)को विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ । गृह मन्त्रालयले जनाएअनुसार भारत सरकारबाट गत सोमबार प्राप्त भई भूकम्पप्रभावित जिल्लाहरूमा हजारौँको सङ्ख्यामा पाल वितरण गरिएको छ । जसअनुसार गोरखामा ९,५००, धादिङमा ९,०००, नुवाकोटमा ९,०००, काभ्रेपलाञ्चोक १०,०००, सिन्धुपाल्चोकमा १०,०००, दोलखामा १०,०००, सिन्धुलीमा ५,०००, मकवानपुरमा २,५००, लमजुङमा २,५००, रसुवामा ५,०००, काठमाडौंमा १०,०००, ललितपुरमा ७,५०० र भक्तपुरमा ७,५०० पाल वितरण गरिएका छन् ।

को देखिए सर्वाधिक अमानवीय
अप्ठ्यारो परेकै बेला मानिसको पहिचान हुन्छ भन्ने पुरानो उक्तिको महाभूकम्प गएपछि केहीले चरितार्थ गरेका छन् । भूकम्पका कारण अस्तव्यस्त बनेको राजधानी काठमाडौं उपत्यकामा कतिपय मानिस पीडितहरूको उद्धार कसरी गर्ने र उनीहरूलाई राहत कसरी उपलब्ध गराउने भनी चिन्तित बने, तर यातायात व्यवसायसम्बद्ध अधिकांश व्यक्ति भने ‘यही मौकामा कसरी लुट्ने’ भन्नेतिर लागे । सुरुमा बस सेवा सञ्चालन नगरेर अमानवीय व्यवहार प्रस्तुत गरेका उनीहरूले बस सञ्चालन गरेपछिचाहिँ सुपर भाडा शीर्षकमा दशौँ गुणा बढी रकम पीडितहरूबाट असुल्न थाले । तीन सय भाडा लाग्ने ठाउँमा तीन हजार र पाँच सय लिनुपर्नेमा पाँच हजारसम्म रकम लिने काम यातायात व्यवसायमा संलग्न व्यक्तिहरूले गरे । यसबाट नेपालको यातायात व्यवसायको क्षेत्रमा संलग्न अधिकांश मानिस अमानवीय र असंवेदनशील भएको पुष्टि हुन पुगेको छ । यीबाहेक कतिपय खाद्यान्न व्यापारी, एनजीओ, पानी व्यवसायी, निजामती कर्मचारी र त्रिपाल व्यापारीहरूमा पनि अमानवीयता देखियो । उनीहरूले कृत्रिम अभाव देखाएर सामानको चर्को मूल्य असुलउपर गरे । त्यस्तै केही औषधि पसलेहरूले पनि मानवीयता प्रस्तुत गर्न सकेनन् । भूकम्प आएपछि औषधि पसल कैयन दिनसम्म बन्द रहे । सबभन्दा आवश्यक पर्ने औषधि पसल नै बन्द गर्नाले जनसाधारणलाई कतिसम्म असर पर्नसक्छ भन्नेतर्फ उनीहरू संवेदनशील देखिएनन् । त्यसैगरी पानी उत्पादक तथा विक्रेताहरूमध्ये पनि केहीले अभाव सिर्जना गरी पानीको चर्को मूल्य असुल गरेको पाइयो । यसरी यी क्षेत्रमा अमानवीयता प्रचुर रहेको पुष्टि हुन पुगेको छ । यातायात क्षेत्रमा क्रियाशीलहरूमध्ये धेरैले भूकम्प जानुभन्दा धेरै अघिदेखि नै गाडीको ठक्करबाट घाइते भएकाहरूलाई चक्काले किचेर मार्ने गरेको देखिन्थ्यो, त्यसैले यस क्षेत्र क्रूर रहेको देखाएकै थियो । भूकम्पपीडितप्रति दर्शाएको व्यवहारले देशको सबभन्दा असंवेदनशील एवम् अमानवीय क्षेत्र यातायात भएको स्पष्ट गरेको छ ।
विगतमा राजनीतिक दलका भ्रातृ सङ्गठनसम्बद्ध नेता–कार्यकर्ता निकै चर्का कुरा गर्ने गर्दथे । सडक अवरुद्ध गर्ने, तोडफोड र मारपिट गर्ने मामिलामा निकै सक्रिय देखिने उनीहरू भूकम्प गएपछि अचानक बेपत्ता भए, उनीहरूबाट समयमै कुनै किसिमको तत्परता प्रस्तुत नहुनु आश्चर्यको विषय बनेको छ । त्यस्तै आन्दोलन र अरू कतिपय समयमा चर्का कुरा गर्दै हिँड्ने मानवअधिकारवादी भनिनेहरू पनि भूकम्प गएपछिको दिनमा नाकमुखै नदेखाएर बेपत्ता भए । निजी क्षेत्र भनिने उद्यमी–व्यापारीहरू पनि अपेक्षाकृत संवेदनशील देखिएनन् । नेपाल स्काउट भन्ने संस्था पनि कतै देखा परेन ।
महाविपत्तिको यस समयमा सर्वाधिक महŒवपूर्ण भूमिका निर्वाह गर्नेहरूमा रेडियो नेपाल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरू देखिएका छन् ।

रेडियो नेपाललाई सलाम
महाभूकम्पको त्रासदीपूर्ण घटनापछि सर्वाधिक प्रभावकारी एवम् महŒवपूर्ण भूमिका रेडियो नेपालले निर्वाह गरेपछि उक्त सञ्चार संस्थाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उच्च प्रशंसा भएको छ । २०७२ वैशाख १२ गते शनिबार मध्याह्नमा ७.९ रेक्टर स्केलको भूकम्प गएपछि रेडियो नेपाल मात्र यस्तो निकाय प्रमाणित भयो, जसले सिङ्गै राज्यको भन्दा ठूलो र जिम्मेवार भूमिका निर्वाह ग¥यो । भूकम्प र त्यसले पारेको असरबारे निरन्तर जानकारी गराउने उद्देश्यले चौबीसै घन्टा प्रत्यक्ष प्रसारण गरेको रेडियो नेपालले एउटा सञ्चारगृहको भूमिका मात्र निर्वाह गरेन, राज्यले गर्नैपर्ने धेरै काम ग¥यो । देशको कुन भागमा भूकम्पको असर कस्तो परेको छ, कहाँ कति मानिस हताहत र घाइते भएका छन्, के– कति घर भत्केका छन् र चौपायाहरू कति मरे भन्ने विषयमा त रेडियो नेपालले नबिराईकन जानकारी गरायो नै, पीडितहरूले आफ्नो पीडा पोख्ने निकाय पनि रेडियो नेपाल नै बन्यो । राज्य र पीडित जनताबीच सम्पर्क माध्यमसमेत रेडियो बन्न पुग्यो । कहाँ के–कस्तो अवस्था छ र सरकार के गर्दै छ भन्ने विषयमा स्पष्ट जानकारी गराएर सरकार र जनतालाई एक साथ सहयोग पु¥याउने रेडियो नेपालले भूकम्पसम्बन्धी विज्ञहरूलाई तारन्तर प्रस्तुत गरेर भ्रमित जनतालाई आश्वस्त पार्न कहिल्यै चुकेन । त्यसैगरी खास अवस्थामा आध्यात्मिक विचार प्रस्तुत गरेर आत्तिएका मानिसलाई सान्त्वना दिने र धैर्यधारण गर्न सघाउने काम पनि रेडियो नेपालले ग¥यो । यसबाहेक सार्वजनिक महŒवका सूचना बारम्बर जारी गरेर रेडियोले आवश्यक विषयमा जनतालाई जानकारी गरायो र त्रासदीको समयमा हुने आपराधिक घटनाबाट जोगिएर बस्न पीडितहरूलाई सचेत गराउने काम पनि रेडियोबाट नै भयो । रातदिन केही नभनेर रेडियोकर्मीहरूले फिल्डमा पुगेर रिपोर्टिङ गरेको सुन्दा लाग्थ्यो– वास्तविक राज्य रेडियो नेपाल हो र रेडियोकर्मीहरू भगवान्का दूत हुन् । यस निम्ति रेडियोकर्मीहरू हरिशरण लामिछाने, नवराज लम्साल, कोमल वली, दुर्गा फुँयाल, विनिता चौधरीलगायत महाधन्यवादको पात्र भएका छन् । उनीहरूको महान् कर्मको मूल्याङ्कन नेपालमा राज्यद्वारा स्थापित कुनै पनि मान, पदवी र पुरस्कारले गर्न सक्दैन । त्यसैले सबै जनताले रेडियो नेपाललाई हृदयदेखि नै सलाम भनेका छन् ।
रेडियो नेपालको जिम्मेदारपूर्ण भूमिकाले एउटा महŒवपूर्ण प्रश्न उठाएको छ । जनता र सरकारको दृष्टिमा उपेक्षित बनिरहेको रेडियो नेपाललाई टेलिभिजनमा गाभ्ने योजना जुन सरकारले बनाएको छ, त्यसमाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । रेडियो नेपाललाई अलग्गै सञ्चार संस्थाको रूपमा कायम राखी यसको विकासका लागि सरकारले विशेष योजना बनाउन ढिला गर्नै नहुने देखिएको छ ।

उद्धार कार्यमा पनि केको राजनीति ? ः राजदूत राय
गत १२ गतेको विनाशकारी भूकम्पको प्रकोपमा परेकाहरूको राहत र उद्धारका साथै नेपाललाई आइपरेको यस दुःखद् परिस्थितिमा साथ–सहयोग प्रदान गर्न आफूहरू दूतावासका अन्य सबै काम रोकेर लागिपरेको नेपालका लागि भारतका राजदूत रणजित रायले बताउनुभएको छ । तत्काल उद्धार, बस्ने व्यवस्था र खानेकुरा उपलब्ध गराउनेदेखि घाइतेको उपचारमा समेत भारत खटिएको प्रस्ट्याउँदै राजदूत रायले अन्य कुनै कुरा नसोची एउटा दायरामा बसेर भारत सरकारले नेपालको पीडामा मल्हम लगाउन सोझै सहयोगी हात मात्र अघि बढाएको उल्लेख गर्नुभयो ।
भारतले उपलब्ध गराएको सहयोगमाथि कतिपय दूराग्रहयुक्त टीका–टिप्पणी गरिएको परिवेशमा राजदूत रायले भन्नुभएको छ, ‘यस्तो अवस्थामा एक छिमेकले अर्कोलाई गर्नसक्ने सबै सहयोग गर्छ, यसमा शङ्का गर्न मिल्दैन । त्यो हाम्रो कामबाटै देखिएको हुनुपर्ने हो । हामीले को नेपाली को भारतीय भनेर सहयोग गरेको नभई सबैलाई एक स्थानमा राखेर सहयोगी भावनाले काम गरेका छौँ ।’
काठमाडौंमा भारतको विदेश मन्त्रालयका जेएस नर्थ अभय ठाकुरको नेतृत्वमा व्यवस्थापन कार्य भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘भारत नेपालमा कुनै राजनीति गर्न चाहँदैन र भएको पनि छैन । यस्तो समयमा यस्ता विÈय बाहिर आउँदा काम गर्नेहरूको हौसलामा आँच आउने हुनाले यस्ता अफवाह बाहिर नआए राम्रो हुन्छ । यदि कतै चित्त नबुझेको अवस्थामा सूचनालाई एकपटक भेरिफाई गर्नसमेत आग्रह गर्छु ।’ भारतको केन्द्रीय सरकारले मात्र नभई प्रान्तीय सरकारले पनि सहयोग गरिरहेको अवस्थाबारे छर्लङ्ग पार्दै उहाँले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबाट एक लाख त्रिपाल प्रदान गरेको सन्दर्भ उप्काउनुभयो । उहाँले नेपाली सेनासँगको सहकार्यमा आफूहरूले धेरै काम गरेको, उद्धारमा खटिएको र भारतबाट उच्च तहका सफल टोलीहरू पनि नेपाल आएको बताउँदै उद्धारमा एक हजारभन्दा बढी भारतीय जनशक्ति खटिएको तथा नेपालस्थित दूतावासमा रहेकाहरूले पनि उद्धार कार्यमा विशेष सक्रियता दर्शाएको जानकारी दिनुभयो । राजदूत रायले नेपाल सरकारको तदारुकता र नेपाली सेनाको सक्रियताको पनि मुग्धकण्ठले प्रशंसा गर्नुभयो ।
‘कला ः नेपाल र भारतलाई घनिष्ठ तुल्याउने माध्यम’
नेपालका लागि भारतीय राजदूत राणजित रायले भारत र नेपाललाई घनिष्ठ बनाउने एक महŒवपूर्ण माध्यम कला भएकोले दुई देशबीच कला र संस्कृतिको आदानप्रदान अभिवृद्धिमा भारतले सम्पूर्ण सहयोग प्रदान गर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी (भारत)बीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नक्सालस्थित कार्यालयमा हालै सम्पन्न नेपाल–भारत कला आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमका अवसरमा राजदूत रायले कला भारत र नेपाललाई घनिष्ठ बनाउने महŒवपूर्ण विषय भएकाले दुई देशबीच यस्तो सम्झौता बहुप्रतीक्षित विषय रहेको उल्लेख गर्दै दुई देशबीच कला र संस्कृतिको आदानप्रदान अभिवृद्धिमा भारतले सम्पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको अरनिको ग्यालरीमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव नवराज भट्ट र ललितकला एकेडमी (भारत)का सचिव रामचन्द्रनले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । समारोहमा भारतीय राजदूत रायका अलावा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उपकुलपति शारदा चित्रकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, सहसचिव भरतमणि सुवेदी, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश सुवेदी, प्रधानमन्त्रीका विकास तथा सामाजिक सेवा सल्लाहकार विजन पन्त र भारतीय राजदूतावासका सचिव अभय कुमारलगायतका अतिथिहरूको उपस्थिति थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यस सम्झौताले महŒवपूर्ण भूमिका खेल्नुका साथै आगामी दिनहरूमा भारतसँग सहकार्य गरी संस्कृति आदान–प्रदानका कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल र भारतबीच आत्मीय मैत्री सम्बन्ध उजागर गर्न हस्ताक्षर गरिएको सो सम्झौतानुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतले दुई देशका ललितकलाका प्राज्ञ, सिर्जनात्मक कलाकार, संस्कृति प्रशासकहरू, विद्वत् वर्ग आदिको पारस्परिक आदानप्रदान कार्यक्रम तथा कला प्रदर्शनीमार्फत पारस्परिक विश्वास र मैत्रीपूर्ण सांस्कृतिक सम्बन्धको विकासमा हातेमालो गर्ने छन् । यसबाहेक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतले कला प्रदर्शनीको आयोजना गर्नुको साथै दुवै देशका ललितकलासम्बन्धी पुस्तकहरू अनुवाद तथा प्रकाशनमा सहयोग गर्ने पनि बताइएको छ । यी दुवै संस्थाले समसामयिक कलाशैलीसम्बन्धी भेला, गोष्ठीका साथै कला कार्यशालाको समेत आयोजना गर्नेछन् । ललितकलासम्बन्धी कलाकार, विद्वान् तथा समालोचकहरूबीच सम्बन्ध मजबुत गर्नका लागि आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ ।

सार्कगीत सर्जकको जात्रा विमोचित
कवि एवम् कूटनीतिज्ञ अभय कुमारको ‘जात्रा’ नामक कवितासङ्ग्रहको हालै काठमाडौंमा विमोचन गरिएको छ । अभयका नेपालसम्बन्धी कविता सिर्जना सङ्ग्रहित ‘जात्रा’को उपराष्ट्रपति परमानन्द झाले सिटी म्युजियममा आयोजित एक कार्यक्रमबीच विमोचन गर्नुभएको हो । पुस्तक लोकार्पणपश्चात् उपराष्ट्रपति झाले अभय कुमार र इटालियन कलाकार तार्सितोले नेपालबारे सिर्जना गरेका काव्य–चित्रकला प्रदर्शनीको पनि उद्घाटन गर्नुभएको थियो ।
पुस्तक विमोचन गर्दै उपराष्ट्रपतिले भन्नुभयो, ‘हामी नेपाली आफँै नेपालका धेरै ऐतिहासिक स्थलहरूको भ्रमण गर्न नसकिरहेको परिवेशमा कवि अभय कुमारले कूटनीतिज्ञको रूपमा आफ्नो अत्यन्त व्यस्त समयका बाबजुद शब्दमार्फत अत्यन्तै मनमोहक तवरले नेपालको सुन्दरतालाई चित्रित गर्नुभएको छ । नेपालसम्बन्धी यस्तो सुन्दर कवितासङ्ग्रह हामीमाझ छोडी जान लाग्नुभएकोमा बधाई दिँदै म उहाँको भविष्यका प्रत्येक पलको सफलताको कामना गर्दछु ।’
सोही अवसरमा मन्तव्य दिँदै नेपालका लागि भारतका राजदूत रणजित रायले आफूले जात्राको नेपाली संस्करण अझै पढ्न नपाए पनि उक्त सङ्ग्रहलाई अङ्ग्रेजीमा भने पढिसकेको बताउनुभयो । ‘एक शब्दमा व्याख्या गर्दा म उहाँका कविताहरूलाई सुरुचिपूर्ण रूप भन्छु । विदेश सेवामा हामीमध्ये धेरै केवल आफ्नो पेसाभित्र मात्र यति धेरै अन्तरलीन हुन्छौँ कि प्रायः जीवनका सुन्दर वस्तुहरूलाई बेवास्ता गर्छौं, तर अभयले आफ्नो अनुराग तथा सिर्जनात्मक प्रयासलाई यथेष्ट स्थान दिन यसको सुन्दर ढङ्गले सन्तुलन गर्नुहुन्छ,’ राजदूत रायको कथन थियो ।
विमोचन कार्यक्रममा प्रसिद्ध नाटककार तथा प्राध्यापक अभि सुवेदीले लेखकले तीनवर्षे काठमाडौं कार्यकालमा नेपाली साहित्यलाई कसरी विश्व मञ्चमा सफलतापूर्वक प्रवद्र्धन गर्न योगदान पु¥याउनुभएको छ भन्नेबारे उल्लेख गर्नुभयो । प्राध्यापक सुवेदीले भन्नुभयो, ‘लेखक काठमाडौंमा सरुवा हुनेबित्तिकै यहाँको रंगभूमि र नेपाली लेखकहरूसँग साक्षात्कार गर्न साना–ठूला सबै साहित्यिक कार्यक्रममा सहभागी हुनुभयो । यसमध्ये भारतीय पुस्तकालयमा आयोजना हुने पोएमाण्डु मासिक कविता वाचनमा उहाँको अग्रसरता एक मुख्य उदाहरण हो । म उहाँलाई पेसागत रूपमा अन्त कतै संलग्न मानिस तथा एक धुरन्धर र बहुप्रशंसित कविको रूपमा देख्छु ।’
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति तथा प्रख्यात साहित्यकार सरुभक्तले थप्नुभयो, ‘जात्राले हामीलाई नेपाली जात्राका प्रत्येक पक्षसँग साक्षात्कार गराउँछ र यो हाम्रो साहित्यमा नेपाली काव्यको एक महŒवपूर्ण दृश्य सङ्ग्रहको रूपमा रहनेछ ।’
जात्रा अभय कुमारले तीनवर्षे आफ्नो नेपाल बसाइको क्रममा नेपालका प्रख्यात निशानी र सम्पदाको साथै प्रतिष्ठित ऐतिहासिक व्यक्तित्व तथा चाडपर्वहरूका बारेमा लेख्नुभएको कवितासङ्ग्रह हो । मौलिक रूपमा अङ्ग्रेजी भाषामा ‘दि एइट आइड लर्ड अफ काठमाडौं’ शीर्षकअन्तर्गत सङ्ग्रहित कवितामार्फत उहाँले नेपालको काव्यात्मक चित्र प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । विख्यात लेखक किशोर नेपालद्वारा अनुवाद गरिएका यी कविताहरूलाई कथालय इन्कको बी रिड छापाखानाले मुद्रण गरेको हो ।
इटालियन कलाकार तार्सितोले पुस्तकलाई आकर्षक किसिमले सचित्र प्रस्तुत गर्नुभएको छ । यसअघि उहाँले दिल्लीको बारेमा सिर्जना गरिएका काव्य–चित्रकला प्रदर्शनीमा कवि अभय कुमारसँग सहकार्य गरिसक्नुभएको छ । अभय कुमार भारतीय कवि–कूटनीतिज्ञ, सार्क साहित्य पुरस्कारबाट सम्मानित र पुसकार्ट पुरस्कार–२०१३ को लागि मनोनीत व्यक्तित्व हुनुहुन्छ । उहाँले आफ्ना दुई संस्मरण र पाँच कवितासङ्ग्रह प्रकाशित गर्नुभएको छ । उहाँको भर्खरै प्रकाशित ‘दि सिडक्सन अफ दिल्ली’ नामक कवितासङ्ग्रह सबैभन्दा धेरै बिक्री हुने पुस्तकमध्ये परेको छ । उहाँका कविताहरू संसारका मुख्य साहित्यिक पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् भने रसियन, इटालियन, चाइनिज, हिन्दी र नेपाली भाषामा अनुवाद गरिएका छन् । उहाँ पृथ्वी गान र सार्क गीतका पनि रचयिता हुनुहुन्छ ।

१२ वैशाखमा मरेर बाँचेकाहरू
नब्बे सालको भुइँचालोको किस्सा बिर्साउने गरी १२ वैशाखमा आएको विनाशकारी भूकम्पमा मृत्युको नजिक पुगेर पनि जीवित रहन सफल भएका पात्रसम्बन्धी अनेक प्रसङ्गहरू सार्वजनिक भएका छन् । प्रकाशमा आएका यस्ता घटनामध्येका एक पात्र हुन् नुवाकोट किम्ताङ–८ का १०५ वर्षीय फञ्चु घले । भूकम्पको ८ दिनपछि (एक सय ६८ घन्टापछि) प्रहरीको उद्धार टोलीबाट जीवितै उद्धार गरिएका वृद्ध फञ्चुको यतिबेला त्रिशूलीस्थित अस्पतालमा उपचार भइरहेको छ । यत्तिका दिन भग्न घरमै च्यापिएका उनलाई हात र खुट्टामा सामान्य चोट लाग्नुबाहेक अन्य कुनै गम्भीर घात भएको छैन । अचम्मलाग्दो कुरा त के छ भने आठ–आठ दिनसम्म पानी पनि नपिएर पनि जोगिन सकेका वृद्ध फञ्चु यतिबेला कुराकानी गर्न सक्ने अवस्थामै छन् ।
यस्तै, भूकम्पबाट भत्किएको गोँगबुको एक गेस्ट हाउसबाट ८३ घन्टापछि एक युवकको आश्चर्यपूर्ण ढङ्गबाट जीवितै उद्धार गरियो । नयाँ बसपार्कको पूर्वतर्फ अवस्थित सयपत्री गेस्ट हाउसमुनि चेपिएका ऋÈि खनाललाई उद्धार टोलीले घन्टौँको प्रयासपछि राति साढे दश बजेतिर सशकुशल बाहिर निकालेको थियो । अर्घाखाँचीका २८ वर्Èीय खनालको मंगलबार राति साढे १० बजे उद्धार गरिएको हो । गेस्टहाउसको तेस्रो तलामा किचिएर फसेका उनको उद्धारमा फ्रान्सको टोलीका साथै नेपाली सेना र सशस्त्र प्रहरीको समूह भिडेको थियो । उनीसँगै चारजना जीवित रहेको अनुमान फ्रान्सेली टोलीले गरे पनि सात घन्टाको प्रयासपछि खनाललाई सकुशल बाहिर निकालिँदा अन्य तीनको भने पहिले नै मृत्यु भइसकेको पुष्टि भएको थियो ।
यसैगरी, नुवाकोटका १५ वर्Èीय पेम्बा तामाङको उद्धार भएको सन्दर्भ पनि कम्ती आश्चर्यपूर्ण छैन । गोँगबुकै भूमेश्वर नामक होटलमा काम गर्ने पेम्बा भूकम्प आएको थाहा पाएर बाहिर निस्कन भाग्दाभाग्दै भवन भत्किएपछि त्यहीँ पुरिएका थिए । भुइँचालो आएको पाँच दिन अर्थात् १२० घन्टापछि उद्धार भई नयाँ जीवन पाएका पेम्बालाई बचाउन भग्न भवनको ढलानको थुप्रो परेको जोखिमपूर्ण ठाउँमा सात फिट लामो प्वाल खोप्नुपरेको थियो । गोँगबु Ôेत्रमा उत्खनन गर्दै जाने क्रममा पेम्बा चेपिएको छेउको घरमा सशस्त्र प्रहरीले डोजर लगाएर पन्छाएको थियो भने तालिमप्राप्त कुकुरसहितको प्रहरी–टोलीले उनी जीवित रहेको पत्ता लगाएको थियो । उद्धारमा निकै मिहिनेत लगाएका प्रहरीले पेम्बाको कपाल समातेर प्वालबाट बाहिर तानेका थिए । पुरिएका पेम्बासम्म पुग्नका लागि उद्धार टोलीले क्रङ्क्रिटको ढलानका अलावा थिचिएको मोटरसाइकल, फलामे सटरजस्ता वस्तुहरूलाई काट्दै छिचोल्नुपरेको थियो ।
भुइँचालोले काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा बढ्ता विध्वंश मच्चाएको गोँगबु क्षेत्रकै जनसेवा गेस्टहाउसबाट १२८ घन्टापछि उद्धार गरिएकी २२ वर्षीया कृष्णदेवी खड्काको भोगाइ भने निकै कहालीलाग्दो छ । सेना, प्रहरी र इजरायली उद्धार टोलीबाट पुनर्जीवन पाएकी युवती खड्का ६ दिनसम्म एक पुरुष शवद्वारा थिचिएर सास लिन विवश बनेकी थिइन् । गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी उनको सुरुमा चेत नफिरेको भए पनि चिनजानकी एक सानी बालिकालाई उनीअघिल्तिर उभ्याएर बोल्न लगाएपछि खड्का स्वाभाविक अवस्थामा आएकी थिइन् ।
यस्तै, भूकम्पबाट भत्किएका घरको चेपमा थुनिएका दुई वृद्धाको पनि राजधानीमा पाँच दिनपछि जीवितै उद्धार गरियो । ८३ वर्Èीया काइँली तामाङ र ७० वर्Èीया साइँली तामाङको स्वयम्भूक्षेत्रका स्थानीयवासीले नै उद्धार गरेका हुन् । उद्धारकर्मीहरूले सिन्धुपाल्चोकको स्याउले गाविसस्थित केराबारी गाउँको एक घरमा पुरिएका दुई महिला र एक पुरुÈको घटनाको नवौँ दिन जीवितै उद्धार गरेका छन् । सशस्त्र प्रहरीको विशेष उद्धार टोलीले केराबारीका ३५ वर्Èीया ज्ञानुकुमारी खत्री, ६० वर्Èीया धनकुमारी खत्री र २६ वर्Èीय कन्चन खत्रीलाई घरले थिचिएको अवस्थामा उद्धार गर्ने सफलता पाएका हुन् । भत्किएको घरको खाटमुनि भेटिएका तीनैजना बोल्न नसक्ने अवस्थामा फेलापरेका थिए ।
यसरी भूकम्पका कारण भत्किएका संरचनामा च्यापिएर पनि जिउँँदै उद्धार गरिएकाबाहेक बच्नै नसक्ने परिवेशबाट पनि बचेका र परिस्थितिवश भूकम्पको चेपमा पर्नुबाट जोगिएका सन्दर्भहरू पनि छन् । चितवन मूलथलो भई राजधानी बस्दै आएका किशोर खतिवडा र बबिता सेढाईं दुई यस्ता पात्र हुन् जो शक्तिशाली भूकम्प आएको बेला धरहराको टुप्पैमा थिए । धरहराको शीर्षस्थानमा रहेको बार्दलीबाट उपत्यकाका दृश्य नियालिरहेकै बेला विनाशकारी भुइँचालोको चपेटामा आएका उनीहरू पिङबाट खसेको अनुभूति व्यहोर्दै धरहराको रेलिङवाला बार्दलीसहित जमिनमा खसेका थिए । संयोग कस्तो थियो भने भुइँचालो आउनुअघिसम्म उनीहरू ‘यस्तोबेला भूकम्प आए हाम्रो गति के होला हो कि ?’ भन्दै ठट्टा गरिरहेका थिए । धरहराको त्यत्रो उचाइबाट सोझै खसेर पनि सामान्य चोट मात्र लागेर बच्न सकेका किशोर र बबिताका बयान सुन्नेहरूलाई काल्पनिक कथा सुनेझैँ लाग्छ ।
यी त भए भूकम्पको चपेटमा परेर पनि चामत्कारिक ढङ्गले बाँच्न सफल भएका केही उदाहरण । भूकम्पको चपेटमा पर्नैपर्ने परिवेशबाट गुज्रिएका तर सन्दर्भवश त्यस्तो अवस्था टरेर बाँचेका पात्रहरूका कथा पनि कैयन छन् । यीमध्येका एक हुन् धादिङ फूलखर्कका धनबहादुर अधिकारी । नेपाली सेनाका पूर्वअमलदार ६६ वर्षीय अधिकारी धरहराको जिम्मा लिएर सञ्चालन गरिरहेको कम्पनीका कर्मचारी नै हुन् । पाँच वर्षदेखि धरहरामा सुरक्षागार्डको रूपमा काम गर्दै आएका धनबहादुरको काम धरहराको टुप्पोमा पुगेकाहरूलाई सुरक्षासम्बन्धी सुझाव दिँदै सचेत गराउने थियो । घटनाको दिन एघार बजेपछि उनी आफ्नो ड्युटी निर्वाह गर्न धरहराको टुप्पो उक्लनै लागेका थिए । तर, अघिपछिको भन्दा किन हो कुन्नि उनलाई चुरोटको निकै तलतल लागेछ । चुरोट पिएर उक्लिऊँ कि त्यत्तिकै उक्लिहालौँ भन्ने दोधारमा एकछिन अलमलिएका उनले तलतल मेटाएर मात्र उक्लने निर्णय गरेछन् । तलै उभिएर धितमर्ने गरी धनबहादुरले चुरोट तानिरहेकै अवस्थामा ९० सालको घटना बिर्साउने गरी भुइँचालो आएको थियो । अम्मल बनिसकेको चुरोटकै कारण आफ्नो ज्यान जोगिएको स्मरण गर्दै धनबहादुर अधिकारी यतिबेला घरिघरि कहालिन्छन् ।
श्रम तथा रोजगार मन्त्रालयमा चालकको काम गर्ने भक्तपुरका नकुल बस्नेतचाहिँ धरहरा चढेर पनि बालबाल बचेकामध्येका सीमित एकमा पर्छन् । अर्कै कामले न्युरोडतिर हिँडेका उनी केही समय फुर्सद मिलेकाले त्यसको सदुपयोग गर्ने सोचले वैशाख १२ गते सवा एघार बजेतिर धरहरा चढेका थिए । धरहराको टुप्पोमा थोरै समय बिताएर उनी ओर्लिएर टुँडिखेलतिर लागेका थिए । सुन्धाराबाट बस्नेत टुँडिखेल के पुग्न भ्याएका थिए, विनाशकारी भूकम्पले विश्व सम्पदा सूचीमा समेत परेको नेपालकै पहिचान धरहरालाई ढालिसकेको थियो ।
– बद्री फोयाल

प्रचार नगरिदिएकोमा एनजीओको आक्रोश
लमजुङ/ भूकम्पीडितलाई राहत बाँड्ने क्रममा जिल्लाका पत्रकारहरू साक्षी नबसिदिएको भन्दै गैरसरकारी संस्था वल्र्डभिजन लमजुङले आक्रोश पोखेको छ । आफ्नो संस्थाले जिल्लाका भूकम्पपीडितलाई राहत बाँड्ने क्रममा पत्रकारहरू नगइदिएको र तस्बिर नखिचिदिएको भन्दै सो एनजीओले पत्रकारसमक्ष आक्रोश पोखेको हो । वल्र्डभिजन लमजुङका टिमलिडर जेम्स प्रधानले आफूले राहत बाँड्ने गाउँमा पत्रकार महासङ्घका जिल्ला अध्यक्षले पत्रकार नखटाइदिएको भन्दै सार्वजनिक स्थलमै सञ्चारकर्मीप्रति अश्लील शब्दसमेत प्रयोग गरेका थिए ।
तस्बिर र समाचार देखाएर कागज मिलाउने यस्ता संस्थाहरूले समाजमा राम्राभन्दा गलत सन्देश फैलाउने गरेका छन् । जिल्लाका सञ्चारकर्मीलाई सार्वजनिक स्थलमा तथानाम गालीगलौज गरेको विषयमा जिल्ला अध्यक्ष नवीनराज कुइँकेलले एनजीओ/आईएनजीओहरू सानो काम गरे पनि ठूलो हल्ला मच्चाएर जश लिने प्रवृत्तिका हुनाले यस्ता समस्या आउने गरेको बताए ।

तालको चिन्ता गरेको भोलिपल्टै महाभूकम्प !
माटो र पानीमा सबै चिज अडेकोले यसलाई जोगाउन सकिएन भने पृथ्वी नै रहँदैन भन्ने निष्कर्ष निकाल्दै गत वैशाख ११ गते पोखराबाट वन तथा जलाधार संरक्षण विभागद्वारा आयोजित गोष्ठी सम्पन्न भएको १५ घन्टापछि नै मुलुकले महाभूकम्पको प्रकोप व्यहोर्नुपरेको छ ।
०६९ साल वैशाख २३ गते सेती नदीमा आएको बाढीको विश्लेषण गर्दै फेवातालमा घट्दै गएको पानी र भूक्षतिबारे बृहत् छलफल गर्दै वैशाख ९ गतेबाट सुरु भएको उक्त गोष्ठी १० गते सम्पन्न भएको हो । त्यसको ४८ घन्टा बित्न नपाउँदै त्यसरी पोखरामा गरिएको चिन्ता र विश्लेषणलाई चुनौती दिँदै मुलुकका चौध जिल्ला प्रभावित हुने गरी महाभूकम्प आएको छ । पोखराको सेतीमा आएको अप्रत्यासित बाढीले गरेको क्षति र सेतीलाई पुरानै अवस्थामा राख्नका लागि उपभोक्ताले गर्नुपर्ने सावधानीका विषयमा पर्याप्त छलफल गर्दै माटो र पानीलाई यही किसिमले संरक्षण नगरी जथाभावी दुरुपयोग गर्ने हो भने भूकम्पीय क्षतिबाट नेपाललाई कसैले बचाउन नसक्ने चुनौती दिँदै वन तथा जलाधार संरक्षण विभागका महानिर्देशक पेमनारायण कँडेलले गोष्ठीमा धारणा राखेका थिए । त्यसको ४८ घन्टा नबित्दै विश्वलाई नै भावुक तुल्याउने प्रकृतिको महाभूकम्प आएर खर्बौंको क्षतिका साथै हजारौँ नागरिकले अकालमा प्राण त्याग्नुपरेको छ भने हजारौँले अङ्गभङ्ग भएर विभिन्न अस्पतालका शøयामा बस्नुपरेको छ ।
जिल्ला भू तथा जलाधार संरक्षण समिति कास्कीको सचिवालय उद्घाटन गर्दै महानिर्देशक कँडेलले एकीकृत विकासबिना पृथ्वीको भविष्य नै समाप्त हुने चिन्ता व्यक्त गरेका थिए । उनले माटो र पानीमा सबै चिज अडेकाले त्यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । सडक निर्माण गरी विकास गर्ने नाममा भूमिको विनाश गर्न जसरी डोजर आतङ्क मच्चाइएको छ यसले दुर्घटना निम्त्याइरहेको पनि कँडेलको तर्क थियो । माटो र पानी नजोगाएसम्म पृथ्वी नै नरहने ठोकुवा गरेका कँडेलले एकीकृत योजनाले मात्र त्यो सम्भव हुने निष्कर्ष निकाली विभागले एकीकृत योजना अघि सारेका बताएका थिए । दुई दिनसम्म चलेको गोष्ठीमा उनले भूकम्पीय क्षतिलाई रोक्न समुदाय नै सक्रिय हुन जरुरी रहेको सम्झाएका थिए । कार्यक्रममा उपस्थित प्रायः सबै प्रतिनिधिले महानिर्देशक कँडेललाई भूमि र पानी जोगाउनका लागि विशेष कार्यक्रम ल्याउन आग्रह गरे । उपस्थित सहभागीको प्रश्नको जवाफ दिँदै उनले थुप्रै तालतलैया भएको कास्कीका हजारौँ व्यवसायीले फेवातालको नाममा व्यापार गरेर आम्दानी गर्ने तर संरक्षणमा ध्यान नदिने गरेको आक्रोश पोखे । फेवातालबाट पानी तानेर व्यवसाय गर्ने, तर तालको संरक्षणको सवालमा आँखा चिम्लिएर बसी राज्यको मात्र बाटो हेर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा राखेका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले संस्था जन्माएर मात्र कार्य सम्पन्न हुन नसक्ने भन्दै निरन्तरताको शुभकामना दिए । प्रजिअ राउतले पनि विकासको नाममा दशक अवधि जथाभावी डोजर चलाएर भूक्षति गर्नेमा बितेको भन्दै क्षोभ व्यक्त गरे भने भूसंरक्षण अधिकृत कृष्णबहादुर घिमिरेले कर्मचारी भनेको आउने–जाने भएकोले स्थानीय भू संरक्षणका लागि उपभोक्ता नै जागरुक हुनुपर्ने बताए ।
अबको ६० वर्षभित्र फेवा सुक्ने खतरा रहेको भन्दै भू तथा जलाधार संरक्षण विभागले फेवाताल संरक्षणका लागि फेवा जलाधार संरक्षण क्षेत्र घोषणा गरेको छ । संरक्षणको अभावमा ताल दिनप्रतिदिन सङ्कटमा परेको चिन्ता लिँदै विभागले संरक्षण गर्ने प्रतिबद्धता जनाएको बुझिन्छ । सन् १९५७ मा १० वर्गकिलोमिटरमा फैलिएको ताल सन् १९७६ मै आधा घटेर ५.५ वर्ग किमिमा कायम भएको बताइन्छ । विभागको रेकर्डअनुसार सन् २०१३ सम्म आइपुग्दा तालको क्षेत्रफल घटेर झन्डै ४ वर्गकिलोमिटर रहेको छ । फेवाको जलाधार क्षेत्रमा बाढीपहिरो जाने गरेकाले यसको भूबनोट ज्यादै कमजोर रहेको विभागको निष्कर्ष छ । माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने ढुङ्गामाटोका कारण तलको क्षेत्र खुम्चिँदै गएको पनि विभागको बुझाई छ । जलवायु परिवर्तनको असरले गर्दा उपल्लो तटीय क्षेत्रमा पानीको मुहान सुक्दै गएका कारण ताल पनि सुक्दै गएको महानिर्देशक कँडेल बताउँछन् ।
दुई दिन चलेको सेती र फेवाको संरक्षणसम्बन्धी उक्त गोष्ठीमा भूकम्पीय क्षति न्यूनीकरणका लागि व्यापक छलफल भएको र गोष्ठी सम्पन्न भएको भोलिपल्टै गएको महाविनाशकारी भूकम्पले हामीलाई भविष्यका लागि ठूलै पाठ पढाएको अनुभूति गरिएको छ ।

सामाजिक सञ्जालमार्फत उठेको रकम भूकम्पपीडितलाई
लमजुङ/ भूकम्पबाट घरबारविहीन भएका लमजुङका भूकम्पपीडितलाई राहत सामग्री दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले फेसबुक र ट्विटरमार्फत सहयोग रकम उठाइरहेका छन् । राज्यको खासै ठूलो सहयोग प्राप्त नभएको लमजुङमा सामाजिक सञ्जालमार्फत भूकम्पपीडितलाई राहत दिन सहयोग रकम उठाइएको हो ।
विगत लामो समयदेखि जिल्लामा रहेर विभिन्न गतिविधिमा हात हालेको जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोपाडेस) ले अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत भूकम्पपीडितहरूलाई दुई करोड ५० लाखभन्दा बढी रकम सङ्कलन गर्न सफल भएको छ ।
नेपालमा गएको सात दशमलब ९ रेक्टर स्केलको भूकम्पको त्रासदी अन्तर्राष्ट्रियकरण भइसकेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत यस विपत्तिलाई प्राथमिकताका साथ स्थान दिइरहेका थिए । कोपाडेसका अध्यक्ष डिकेन्द्रराज कँडेलले भने, ‘भूकम्प गएको तेस्रो दिनमा मैले आफ्नो फेसबुक ‘वाल’ मा एउटा स्टाटस लेखेँ । भूकम्पले पु¥याएको क्षतिको अवस्था उल्लेख गर्दै सहयोग गर्न सबैलाई आग्रह गरेँ ।’ ‘म के गरौँ र कसो गरौँ भइरहेको थिएँ, उनले भने पीडितसम्म जसरी पनि राहत पु¥याउनुथियो, तर बजेटको अभाव झेल्दै थियौँ ।’ फेसबुकको माध्यमबाटै यति धेरै रकम सङ्कलन गर्न सकिन्छ भन्ने मलाई विश्वास नै थिएन ।
कोपाडेसको अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि सहयोग भयो । वल्र्ड वेस्ट कलेजका पूर्वविद्यार्थी एवम् प्राध्यापकहरू, क्यालिफोनिर्याको लुथरन वल्र्ड रिलिफ र द एसिया फाउन्डेसनले सहयोगका लागि ‘क्याम्पेनिङ’ गरे । हामीले यस्तो खालको ‘फन्ड राइजिङ’ कार्यक्रम अहिलेसम्म चलाएका थिएनौँ, कोपाडेसका अध्यक्ष कँडेलले भने, ‘हामीले वितरण गर्ने प्रणाली र पारदर्शिताबारे पत्रकारहरूले ‘वाच’ गर्नुस् ।’
हालसम्म सङ्कलित रकमलाई कोपाडेसले पूर्वी लमजुङका १४ गाविसका पीडितलाई राहत बाँड्ने जनाएको छ ।
संस्थाले जिल्लाका बिचौर, गौडा, कोल्की, भलायखर्क, चक्रतीर्थ, धमिलिकुवा, नौथर, पाचोक, इलमपोखरी, दूधपोखरी, तार्कुघाट, राइनस मोहोरियाकोट, भारते, प्यारजुङ गाविसमा काम गर्ने जनाए पनि शनिबारदेखि अति क्षतिग्रस्त दूधपोखरी र बिचौर गाविसबाट राहत वितरण कार्य थालिने संस्थाका अध्यक्ष कँडेलले बताए ।
प्रतिघर सात हजारबराबरको खाद्य सामग्री र झन्डै चार हजारबराबरको त्रिपालसहित प्रतिपरिवार ११ हजारका दरले राहत सामग्री बाँड्ने कार्यक्रम संयोजक विजय गुरुङले बताए । सो राहत सामग्री प्रतिपरिवारलाई एक महिनासम्म पुग्नेगरी व्यवस्थापन गरिएको उनले बताए ।
जिल्लामा हालसम्म वितरण भएका राहतहरू न्यून गुणस्तर भएको पीडितहरूले आरोप लगाइरहँदा कोपाडेसले भने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा राहत बाँड्ने दाबी गरेको छ । उसले पहिलो चरणमा सेल्टरका लागि त्रिपाल र खाद्य सामग्री बाँड्नेछ भने दोस्रो चरणमा ब्ल्याङकेट, वाटरफिल्टर र मेडिकल किट वितरण गर्ने जनाएको छ । कोपाडेसले तेस्रो चरणमा भौतिक संरचनाहरूको पुनर्निर्माणमा पनि सहयोग गर्ने जनाएको छ । यसका साथै गोरखा जिल्लाका भूकम्पपीडितहरूलाई पनि कोपाडेसले सहयोग गर्ने भएको छ । गोरखाको बारपाकलगायतका अति क्षतिग्रस्त ठाउँमा सहयोग गर्ने सो संस्थाका अध्यक्ष कँडेलले बताए ।