के हुँदै छ २०७२ सालमा ?– ज्यो.पं. आत्माराम उप्रेती

के हुँदै छ २०७२ सालमा ?– ज्यो.पं. आत्माराम उप्रेती


bichar०७२ सालले विश्वलगायत नेपाललाई दिनसक्ने सौगातका बारेमा केही झलकहरू ज्योतिषीय मतमा विस्तार गरिन्छ ।
यस वर्षका वर्षपति सौम्य ४३ नाम सम्वत्सरको उदय भएको छ ।
सौम्याऽब्दे निखिला लोकाबहुसस्यार्घवृष्टिभिः ।
बिबैरिणो धराऽधीशाः बिप्राश्चाध्वरतत्पराः ।।
सौम्य नामको सम्वत्सरमा प्रसस्त वृष्टि र उब्जाबाली राम्रो हुने । सारा मानिसमा खुसी बहाल रहन्छन् र शासकहरू परस्परमा वैरभावले भिड्दछन् । वैदिक ब्राह्मणहरू पूजा–पाठ, यज्ञ–यज्ञादिमा तत्पर रहन्छन् । जनता अशान्तिले हैरान हुन्छन् । आकाशीय वृष्टि प्रशस्त मात्रामा हुने हुनाले मुख्य बाली राम्रो हुन्छ र जनतामा सुख वृद्धि भइरहन्छ । यो सालमा राजा शनि र मन्त्री मंगल भएका छन् । यो सालमा सोमबारे औँसी तीनवटा मात्र पर्दछ । तिथि क्षय १८ र तिथि वृद्धि १२ वटा छन् । यस वर्ष शनिको हेराइमा गाढा दृष्टि पश्चिमपट्टि परेको छ । ०७२ साल असारमा मलमास छ ।
प्रत्येक वर्ष, महिना दिन वा क्षणमा रहने आकाशीय ब्रह्माण्डमा ग्रह–स्थितिको चक्रअनुसार त्यस वर्षको वर्ष–कुन्डली हुन्छ । सोही क्रमअनुसार यस वर्षको धनिष्ठा नक्षत्रको तृतीय चरणबाट गु अक्षर हुनाले नाम गुणराज आएको छ । यस वर्षको विश्व लग्न कन्याको स्वामी अस्त भएको कारण र एसियान लग्न पनि कन्याको उदय भएको छ । कन्या लग्नका स्वामी अस्त र शत्रुगृहमा सपना अवस्थामा दुःखी बदमास भएर पाप ग्रह सूर्य मित्र मंगल अति शत्रुका साथ शत्रु गृहमा मंगल उपस्थितिको पूर्ण दृष्टि परेको छ । जसको कारण जनपक्षीय विचारधारा अनुसारको काम–कारबाही हुन सक्दैन । तारा जन्म, योनि सिंह, राक्षस गण, नाडी मध्य, वर्ग बिरालो, राशि पाउ सुन, नक्षत्र पाउ ताँबा, सायन सूर्य मेष, जगलग्न कुन्डलीको फल मिथुनलाई ११ लाभ, कर्कटलाई १० सुखम्, सिंहलाई ९ धमार्थ प्राप्ति, कन्यालाई ८ कष्टम्, तुलालाई ७ स्त्री सुखम्, वृश्चिकलाई ६ अरिपराजय, धनलाई ५ पुत्र सुखम्, वृश्चिक र मकर ४ मित्र सुखम्, कुम्भलाई ३ कुटुम्ब वृद्धि, मीनलाई २ धन लाभ, मेषलाई १ देह सुखम्, वृषलाई १२ दुःखदाद्रिम् ।
‘नेपाल वृश्चिक राशिबाट फरक हुनै सक्दैन’
नेपालको कुन्डलीअनुसार यस वर्ष वृश्चिक राशिको स्वामी स्वगृहे भई छैटाँै स्थानमा सूर्य मित्र र बुध शत्रुको साथमा, आफ्नो राशिमा पूर्वयुरोप, अस्ट्रेलिया, एसिया महादेशहरूमा र विश्वमा कन्या लग्नको उदय भएको छ । सोही लग्नको स्वामी वर्षका वर्षेश मालिक पूर्वमा सातवटा महादेशका राजा भई पूर्वी देशको मृत्य भावमा अन्याय समूहका नेता कारक भई बसेका छन् । यस्तो हुँदा पूर्व–पश्चिमका देशहरूमा मारामारको होडबाजी हुने योगहरू परेको पाइन्छ । वृश्चिक राशि नेपालको एकादश स्थानमा विश्व लग्न परेको हुनाले र विश्वको तेस्रो स्थान भात्री भाव नेपाल र नेपालको शत्रुभाव विश्वको आठौँ परेको छ । विश्वलग्नको स्वामी र नेपालको स्वामी मंगल पृथ्वी कारक एवम् आकाश कारक सूर्य नेपालको छैटौँ स्थानमा हँुदा राजा जनता र सेनाको मिलोमतोमा बहुदलहरू बढारिन सक्ने पो हो कि भन्ने आशङ्का उब्जिन सक्छ । नेपालको विधान विभागमा केतु स्वगृहे भई बसेको हुनाले, २०७१ मा संविधान बनेमा ठीकै हुन सक्थ्यो, २०७२ मा संविधान बन्नुभन्दा बन्दुक भित्याउने कार्य तीव्र रूपमा हुन्छ । विधान विभागको स्वामी बृहस्पति धर्मविभागमा ¬हुनाले पूर्व संविधानमा नष्ट गरिएका ८० प्रतिशत बुँदाहरू ब्युँझिनेछन् । नेपालको सातौँको स्वामी दक्षिण दिशाको अङ्क वृष राशिमा दक्षिण दिशामा भारतको प्रधान मन्त्रीकारक शुक्र विश्वलग्नको धर्म विभागमा हँुदा नेपालमा हिन्दू राष्ट्र अवश्यै हुन्छ । मरेको बौरिने र बचाउन खोजेकोचाहिँ मर्न सक्नेछ । दक्षिण छिमेकी मुलुकको इशारामा मात्र संविधानको खाका तयारी हुन सक्दछ । अमेरिका अस्ट्रलिया लन्दन चीनलाई ल, च, अ बाट नामोच्चारण भएका देशहरूलाई शनि आठौँमा पुगेर अढैयामा प्रवेश भएको हुँदा अरू कुनै देशको सहायता गर्न खोज्दा वा अव्यावहारिक निर्णय गर्दा अचानक युद्धमा होमिनुपर्ने बाध्यता सिर्जना हुनु तथा उत्तर पूर्वक्षेत्रमा जलआदि एवं जलभूकम्पद्वारा सङ्कटकालीन अवस्था सिर्जना हुन सक्दछ ।
नेपालको भूमिको स्वामी शनि नेपालको लग्नमा गोचर क्रममा पुगेको हँुदा जलउत्पन्न दैवीज्ञ प्रकोपबाट क्षतिग्रस्त गराउँछ । विदेशी लडाकुले नेपालको भूमि प्रयोग गर्न माग गर्नेछन् । नेपालीले नदिनु नै हितकर हुनेछ । नेपालको भाग्य भावको स्वामी चन्द्रमा एकादस आयस्थानमा हुँदा अन्त्यमा गएर दक्षिणी मुलुकको इशारामा मात्र संविधानसभाको निर्माणमा केही बल पुग्नेछ । नत्रभने समस्या ज्युँकात्युँ रहने सम्भावना धेरै छ । नेपालको संविधान निर्माण गर्ने क्रममा ठूलो मात्रामा वैदेशिक धनराशि हात पर्ने योगहरू प्रसस्त जुटेको पाइन्छ । सूर्य मंगल र बुध छैटौँ स्थानमा बसेको हुनाले ६० प्रतिशत जनता भूतपूर्व राजा र सैनिकको चर्चा गर्नेछन् । विगतमा भएका सबै बुँदे समझदारीहरू अर्थविहीन भई गोलमालमा पर्नेछन् । पूर्वी महादेशहरूमा ०६ वटा राजयोग परेका छन् । नेपालको स्वामी मंगलले आफ्ना शत्रुहरू आपैँmले तहमा ल्याउनेछ । नेपालको धर्म विभागको अधिकारी दक्षिणी छिमेकी मुलुकतर्फ लागेको र धर्मसभाका सचिव चन्द्रमाको केन्द्रमा विराजमान शुक्र गुरुको दृष्टि हुनाले हिन्दू राज्य पुनर्बहाली हुनेमा अवश्यै बल पुग्नेछ । पश्चिमी मुलुकको दबाबमा केही समय सबै पक्षले छलफल र बहसमा जोड गर्नेछन् । विदेशी धर्म लोप हुँदै जानेछ ।
(१) यस वर्ष आकाशीय वृत्तमा मध्यम हवाईजहाजहरू १५ प्रतिशत दुर्घटनामा शङ्का । चट्याङ–चुटुङ र बज्रपातले उग्र रूप लिने ।
(२) पूर्वपश्चिमका मुलुकहरूमा भीषण युद्ध गर्ने धम्की । बन्द र हडताल तीव्र । जनता त्रासको भुमरीमा पर्ने ।
(३) राष्ट्रसङ्घले थप सम्मान पाउने विश्वख्याति प्राप्त गर्ने । अन्य देशहरूसँग थप सेनाको माग गर्ने ।
(४) वर्तमान सत्तासीन मन्त्रीहरू हाल जनताका आँखा छलेर कमाएको अकुत पँुजीको कारण भ्रष्टाचारको अभियोगमा जेल जाने योग ।
(५) यस वर्ष ४० प्रतिशत विदेशी योग सबैजसो देशका नेता औपचारिक भ्रमणमा नेपाल नआउने ।
(६) यस वर्ष सूर्य, मंगल र बुध नेपालको छैटौँ परेको हुनाले नेपालले आफ्नो शत्रु आफैँले तह लगाउनु, नष्ट गर्नु, जे गर्नु छ, आपँैm गर्छ । नेताहरूलाई थाहा हुँदैन । पछि मात्र यसो पो भएछ भन्नेछन् । सैनिक, जनता र पूर्वराजा एक हुने दलका नेताहरूलाई पछुतो हुनेछ ।
(७) नेपालका वकिल विभागको स्वामी बाह्रौँ स्थानमा गई गोपनीयता भङ्ग हुने योग परेको हुनाले नेपालका कानुनविद्हरूले निर्णय र बहसमा ध्यान दिन आवश्यक ।
(८) यस वर्ष पनि कानुनविद् र प्रशासकहरूले वर्षभरि नै राज्य छोडी विदेश भ्रमण गर्नेछन् ।
(९) लोकतन्त्र नेपाललाई शत्रु परेको छ भने लोकतन्त्रलाई नेपाल मृत्यु परेको छ । देशलाई व्यवस्था फापेन भने समस्या समाधान हुँदैन ।
(१०) भूतपूर्व सरकारका पदासीन नेताहरू अचानक जेल–कष्टडीका भागीदार हुनेछन् ।
(११) विद्यार्थीले नेताविरुद्धको अचानक नीति–नियममा परिवर्तन, शिक्षामा गिरावट, विद्यार्थी सङ्घमा विदेशी प्रभाव बढ्नेछ ।
(१२) पत्रकार जगत्ले यस वर्ष क्षति व्यहोर्नुपर्दछ ।
(१३) चोर–डाँकाहरू ८० प्रतिशत सेना–पुलिसको कब्जामा पर्नेछन् ।
(१४) यस वर्ष पूर्ण बजेट निकासा गर्ने क्रममा बाधा–अड्चन नआउने, विकास र जनजीविकामा समस्या आउने । विदेशी इशारा लागू हुनेछ ।
(१५) एक देशले अर्को देशमा जासुसी गर्ने कार्य तीव्र रूपमा हुने ।
(१६) चन्दाआतङ्क गिरफ्तारी र पक्राउजस्ता क्रियाकलापले शान्ति र स्वतन्त्रतामा बाधा आउनेछ ।
(१७) गाउँ–सभा, जिल्ला–सभाको चुनाव हुन सक्ने सम्भावना बढी मात्रामा देखिएको छ । तर, पश्चिमी देशहरूको दबाबमा बिथोलिन सक्ने सम्भावना धेरै छ ।
(१८) २०६३ वैशाख ११ गते सोमबार बेलुका राति १०:५५ बजे तत्कालीन श्री ५ महाराजाधिराज सरकारबाट घोषणा भएको संसद् पुनर्बहाली, अमृत योग, द्वादशी तिथी, ब्रह्म वर्ण, कुम्भ राशि र धन लग्नमा भएको हो ।
(१९) २०४६ को जनआन्दोलन–१ ले दिएको संविधान ६० प्रतिशत बौरिन सक्ने ।
(२०) प्रत्येक दश वर्षमा नेपालमा परिवर्तन भएअनुसार र घोषणा मितिले ७३ साल कात्तिकमा अर्को नयाँ व्यवस्थाको स्थापना हुने । लोकतन्त्रको आयु १० वर्ष ८ महिनासम्म रहनेछ ।
(२१) २०७० फागुन २८ गते बेलुका ४:२२ बजेको शपथग्रहण छट्टु भन्ने नाम मिथुन राशि, कर्कट लग्नमा राशि पाउ फलाम, नक्षेत्र पाउ चाँदी, मनुष्य गण घाँटीको अधिपति भई छिन्न अवस्थामा प्रधानमन्त्रीको ग्रहण कार्य भएको हो । यस्तो योगमा कुनै पनि नकारात्मक कार्यको समाप्ति हुन्छ । अरू कुनै पनि सकारात्मक कार्यको थालनी हुन्छ । शत्रु साधनातर्फ जोखिम कार्य अपनाउनुपर्नेछ ।
(२२) प्रधानमन्त्रीको शपथग्रहण चर लग्नमा भएको र लग्नेश बाह्रौँमा बाहिरिएको हुँदा अवधि नपुगीकन सत्ता छोड्न बाध्य हुनुपर्छ ।
(२३) नेपालले आफ्नो हिन्दू राष्ट्र परम्परागतको गहना मागिराखेको छ । नदिए कार्यकुशलतमा बाधा र अशान्ति भइरहनेछ ।
(२४) विचार र व्यवहारमा दोहोरोपन घमण्ड र आडम्बर सबैखाले महानुभावहरूमा देखापर्नेछ ।
(२५) यस वर्षका शुभ दिन शनि र शुक्रबार शुभ अङ्क ५, ३, शुभ रत्न, पन्ना, हिरा र गोमेद, शुभ उपरत्न ओनेक्स एक्वामेराएन शुभ हुनेछन् ।
(२६) यस वर्ष शुक्ल चतुर्थी नवमी र दशमी कृष्ण पक्ष तृतीया तिथि अशुभ छन् भने प्रत्येक मासका ८, ११, २३, ३० तारिखहरू र शनिबार अशुभका सङ्केतमा पर्दछन् ।
त्रिपुरेश्वर काठमाडौं
सम्पर्क : ९८४१४८८९९७