०७२ साल कुन राशिकालाई कस्तो :– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

०७२ साल कुन राशिकालाई कस्तो :– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’


2013-happy-new-year-wallpapers-7मेष : विद्याक्षेत्रमा विशेष सफलता मिल्नेछ, आर्थिक पक्ष मजबुत हुनेछ । नयाँ घर, घडेरी जोडिने, वैवाहिक वा प्रेमपक्ष सबल रहने, देशविदेशको यात्रा, नयाँ काम पाउने, नोकरीमा सन्तोष, उद्योग व्यवसायमा बढोत्तरी र केही रोग बढ्ला । वैशाख, साउन, कात्तिक र माघ महिना कार्यक्षमतामा वृद्धि, जेठ, भदौ, मङ्सिर र फागुन मध्यम तथा असार, असोज, पुस र चैत महिना हानि तथा स्वास्थ्यमा बाधा आउला ।
वृष : यो वर्ष घर, जग्गा, गाडीको कारोबारमा वृद्धि, वैदेशिक रोजगारीमा अवसर, नयाँ नेतृत्वको सम्भावना, प्रेममा कठिनाइपछि सफलता, पैतृक सम्पत्तिमा स्वामित्व, वित्तीय क्षेत्रमा सुधार, आफन्तजनमा मिलाप, काममा अवसर आउला । वैशाख, साउन, कात्तिक र माघ महिना खर्च एवम् अस्वस्थता, जेठ, भदौ, मङ्सिर र फागुन महिना लाभदायक तथा असार, असोज, पुस र चैत महिना मध्यम होलान् ।
मिथुन : यो वर्ष गरेका काममा कम सफलता होला । वैदेशिक वा पठनपाठनको क्षेत्र सन्तोषप्रद रहला । नेतृत्वमा कमजोरी प्रदर्शन होला । शत्रु र खर्च बढ्नेछन्, पति–पत्नीमा मनमुटाव तथा व्यर्थको भ्रमण वा आक्षेप लाग्न सक्नेछ । वैशाख, साउन, कात्तिक र माघ महिना मध्यम, जेठ, भदौ, मङ्सिर र फागुन महिना खर्च वा हानि हुनेछ भने असार, असोज, पुस र चैत महिना शुभ फलदायी हुनेछन् ।
कर्कट : शैक्षिकभन्दा आर्थिक पक्ष मजबुत रहनेछ । ठाउँसराइ वा विदेश यात्राको योग पनि छ । नोकरी वा अध्यापनमा उन्नति होला । नयाँ काम, प्रेम वा वैवाहिक जीवनको पनि सम्भावना रहला । घर, बास वा गाडी खरिदको योग छ । वैशाख, साउन, कात्तिक र माघ महिना काममा सफलता, जेठ, भदौ, मङ्सिर र फागुन महिना धनदायक हुने तथा असार, असोज, पुस र चैत महिना घातकसिद्ध होला ।
सिंह : असार ३० पछि सुधार हुने, जिम्मेवारी बढ्ने, साझेदारीमा कम लाभ होला । ससुरालीबाट फाइदा तथा कठिनाइपछि काम बन्ने । नयाँ कामतर्पm सोच जाला, प्रेम वा वैवाहिक मार्ग सुखद रहला । व्यापारभन्दा नोकरी उत्तम रहला । वैशाख, साउन, कात्तिक र माघ महिना खर्च र स्वास्थ्यमा हानि, जेठ, भदौ, मङ्सिर र फागुन महिना उत्तम हुने तथा असार, असोज, पुस र चैत महिना भने मध्यम हुनेछन् ।
कन्या : खर्च बढ्ने, काममा कम ध्यान जाने, प्रेमीबाट लाञ्छना तथा दाम्पत्यजीवनमा खटपट आउला । घरमा पाहुना बढ्ने, व्यापार–व्यवसायमा कम लाभ भए पनि वैदेशिक कारोबार फलदायी देखिन्छ । चोटपटकको सम्भावना पनि छ । वैशाख, साउन, कात्तिक र माघ महिना मध्यम हुने, जेठ, भदौ, मङ्सिर र फागुन महिना घातकसिद्ध हुनेछ भने असार, असोज, पुस र चैत महिना कार्य सफलता मिल्नेछ ।
तुला : आर्थिक पक्ष मजबुत हुनेछ । पढाइमा सफलता, यात्रामा लाभ, काममा प्रगति तथा पुरानो व्यवसायमा मन जानेछ । वैवाहिक मार्ग प्रशस्त होला । प्रेमीबाट सहयोग आउला । धार्मिक, शैक्षिक प्रतिष्ठान एवम् नोकरीबाट सन्तोष हुनेछ । वैशाख, साउन, कात्तिक र माघ महिना काममा सफलता, जेठ, भदौ, मङ्सिर र फागुन महिना आर्थिक लाभ हुने तथा असार, असोज, पुस र चैत महिनामा अपव्यय हुनेछ ।
वृश्चिक : मान–सम्मान प्राप्ति, वैदेशिक कारोबार तथा नोकरीमा प्रगति हुनेछ । आफन्तबाट सहयोग आउला । विविध प्रकारको आर्थिक लाभ पनि हुनेछ । अधुरा काम बन्नेछन् । प्रेम वा विवाहमा केही बाधा देखिए पनि चिताएको पुग्ला । वैशाख, साउन, कात्तिक र माघ महिना घातकसिद्ध हुने, जेठ, भदौ, मङ्सिर र माघ महिना काममा पूर्ण सफलता तथा असार, असोज, पुस र चैत महिनामा आर्थिक लाभ हुनेछ ।
धनु : विद्याक्षेत्रमा सफलताको वर्ष हुनेछ । आन्तरिक खर्च बढे पनि यथेष्ट बाहिरी लाभ हुनेछ । प्रेम वा दाम्पत्यजीवन मा केही कटुता देखिए पनि घरबार मध्यम देखिन्छ । व्यापारको तुलनामा नोकरी उत्तम रहला । रोगमा वृद्धि होला । वैशाख, साउन, कात्तिक र माघ महिनामा आर्थिक लाभ, जेठ, भदौ, मङ्सिर र फागुन महिनामा खर्च र अस्वस्थता तथा असार, असोज, पुस र चैत महिनामा कार्य प्रगति हुनेछ ।
मकर : आर्थिक पक्ष मजबुत होला । बोलीको प्रभावले काम बन्ने एवम् विद्यामा सफलता दिने देखिन्छ । वैदेशिक मार्ग प्रशस्त होला । प्रेमीबाट सहयोग आउला । विपरीतलिङ्गीसितको साझेदारीमा लाभ वा ठाउँ सराइको पनि योग छ । वैशाख, साउन, कात्तिक र माघ महिना काममा प्रगति, जेठ, भदौ, मङ्सिर र फागुन महिना आर्थिक पक्ष मजबुत तथा असार, असोज, पुस र चैत महिनामा हानिकारक हुनेछ ।
कुम्भ : उत्साहबद्र्धक वर्ष हुनेछ । आन्तरिक कार्यव्यस्तता बढ्नेछ । नयाँ कामको सिलसिला चल्ने तथा विपरीतलिङ्गीबाट सहयोग आउला । शैक्षिक, धार्मिक वा सामाजिक क्षेत्रमा सम्मान, नोकरीमा उन्नति तथा व्यापारमा मध्यम छ । वैशाख, साउन, कात्तिक र माघ महिना खर्च, अस्वस्थता, जेठ, भदौ, मङ्सिर र माघ महिना काममा प्रगति तथा असार, असोज, पुस र चैत महिनामा विविध प्रकारको लाभ हुनेछ ।
मीन : रोग वा शत्रुपक्ष बलियो हुनाले ध्यान पु-याउनु आवश्यक छ । काममा बाधा तथा आफन्तमा वैमनस्य हुनेछ । नोकरी, यात्रा वा श्रमजन्य काममा आशातीत लाभ मिल्नेछ । प्रेम वा दाम्पत्यजीवनमा बाधापछि सफलता पाइएला । वैशाख, साउन, कात्तिक र माघ महिनामा विशेष लाभ, जेठ, भदौ, मङ्सिर र फागुन महिनामा खर्च वा अस्वस्थता तथा असार, असोज, पुस र चैत महिनामा काममा प्रगति हुनेछ ।
द्रष्टव्य :
जन्मकालमा गुरु वक्री, अस्त, वेधित भए विपरीत फल हुनेछ, मंगल केन्द्रवर्ती भए वा शनि–मंगल वक्री भई सूर्य, चन्द्र वा गुरुमाथि पूर्णदृष्टि परेमा दुर्मरण हुने, शुक्र वक्र, वेधित र दुर्बल भए प्रेम वा दाम्पत्यजीवनमा बाधा तथा बुध वक्री, हीनबली, अस्त वा वेधित भएमा धन सम्पत्ति नास हुने भएकाले आफ्ना ग्रहबारे जान्ने मानिसलाई देखाई निवारणतर्पm लाग्नु श्रेयस्कर हुनेछ । कर्म भनेकै देखाएर कमजोरी पक्षलाई हटाउनु हो । कतिपयका मतमा शनिको अढैया र साढेसाती लेख्ने चलन छ, तर ज्योतिषशास्त्रमा भने कतै पनि त्यो मत पाइँदैन ।