क्यान्सर ठीक पार्ने अन्डा !

क्यान्सर ठीक पार्ने अन्डा !


बेलायतमा वैज्ञानिकहरूको एक समूहले लामो समयको शोधपछि क्यान्सर निवारण गर्ने क्षमता भएको प्रोटिनयुक्त अन्डा उत्पादन गर्ने कार्यमा सफलता पाएका छन् । सम्बन्धित अनुसन्धानकर्ताको भनाइअनुसार उक्त अन्डाबाट निस्कने प्रोटिनद्वारा क्यान्सर ठीक पार्ने औषधि बनाउन सकिन्छ । यति मात्र नभई यस प्रक्रियाबाट बनाइने औषधि निर्माणको खर्च पनि प्रयोगशालामा तयार गरिने औषधिको तुलनामा सय गुणा सस्तो पर्न आउँछ ।

शोधकर्ताहरूले अन्डा दिने कुखुरामा जेनेटिक परिवर्तन गरेर क्यान्सरप्रतिरोधी प्रोटिन उत्पादन गर्ने भएका हुन् । शोधमा संलग्न टिमको मान्यता छ कि केही समयमा यस्तो अन्डाको उत्पादन व्यापक मात्रामा अर्थात् व्यावसायिक रूपले नै गर्न सकिनेछ ।

एडिनबरास्थित रोसिन टेक्नोलोजिज नामक कम्पनीसँग सम्बद्ध डा. लिसा हेरानका अनुसार शोधकार्यमा संलग्न गराइएका कुखुरामा कुनै असामान्यपन देखिएको छैन । पेसेवर व्यक्तिहरूको टिमले ती कुखुराको विशेष हेरचाह गर्ने, तिनको खानपिनमा ध्यान दिने भएकोले क्यान्सरनिरोधी अन्डा दिने कुखुराहरूले सामान्य किसिमबाटै अन्डा पारिरहेका छन् ।

यसअघिका शोधहरूबाट बाख्रा, खरायो र कुखुरामा जेनेटिक परिवर्तन गरेर तिनका दूध तथा अन्डाद्वारा विभिन्न रोगको रोकथाम गर्न सक्ने प्रोटिन उत्पादन गर्न सकिने तथ्य पत्ता लागेको थियो । शोधकर्ताहरूका अनुसार हाल पत्ता लागेको नयाँ तरिका पुराना विधिको तुलनामा निकै धेरै प्रोटिन उत्पादन गर्न सकिन्छ ।

एडिनबरा युनिभर्सिटीका प्रोफेसर हेलन साङका अनुसार अहिले नै क्यान्सररोगीसम्म पुग्ने गरी अर्थात् बजारमा उपलब्ध गर्ने गरी नभई शोधकार्यका लागि मात्र क्यान्सरप्रतिरोधी अन्डा उत्पादन भइरहेको छ ।

यो पनि हेर्नुहोस्-

बिहानै यो एक नियम पालना गरे साठी वर्षसम्म बढ्दैन तौल
https://ghatanarabichar.com/136899

bbc