बिहानै यो एक नियम पालना गरे साठी वर्षसम्म बढ्दैन तौल

बिहानै यो एक नियम पालना गरे साठी वर्षसम्म बढ्दैन तौल


राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ–दश लिटर पानी पिउनुपर्ने बताइन्छ । तर, खासगरी बिहानको समयमा चिसोको साटो तातोपानी पिएमा मात्र ज्यादा लाभ मिल्ने विज्ञको सुझाव छ । कैयन रिसर्चले यो कुरा सिद्ध गरिसकेको छ कि तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ । साथै तौल घटाउन पनि यसले रामवाणकै काम गर्छ ।

हेल्थ एक्सपर्टका अनुसार शारीरिक क्रिया दुरुस्त राख्नको निम्ति गरम पानीको अहम् भूमिका हुन्छ । पाचन प्रणालीलाई ठीक अवस्थामा राख्न पनि यसले निकै मद्दत गर्दछ । राम्रोसँग खाना पचाउन र रक्त सञ्चालन प्रक्रियालाई ठीक अवस्थामा राख्न बिहानको एक कप तातो पानीले नसोचेको काम गर्छ ।

गर्मी होस् या सर्दी, हरेक मौसमको बिहान खालीपेटमा हल्का तातो पानी पिउनु आवश्यक छ यदि कोही आफ्नो तौल कम गर्न चाहन्छ भने । बिहान चिसो पानी पिउँदा श्वासनलीमा म्युकसको स्तर बढ्छ र सास फेर्न नै अप्ठ्यारो महसुस हुन सक्छ ।

बिहान पिउने एक ग्लास तातोपानीले प्रदान गर्ने मुख्य दश फाइदा निम्न छन्-

  • चिसोका कारण रुघा–खोकीले पक्रिएको छ भने तातोपानीको सेवन रामवाणभन्दा कम हुँदैन । घाँटी दुखेकोसमेत यसले ठीक पार्छ ।
  • शरीरको टक्सिन पसिनाको माध्यमबाट बाहिर निकाल्न पनि तातोपानी पिउनु आवश्यक छ ।
  • तौल कम गर्न चाहनेले बिहान खालीपेटमा एक ग्लास तातोपानी पिउनु सबभन्दा उत्तम उपाय हो । शरीरमा जमेको अनावश्यक बोसो पगाल्न यसले ठूलो भूमिका खेल्दछ ।
  • हाम्रो शरीरका मांसपेसीको ८० प्रतिशत भाग पानीबाटै बनेको हुँदा तातोपानीले मांसपेसीको ऐंठन हटाउँछ । यस्तै, ‘ज्वाइन्ट’हरूलाई गतिशील तथा चिप्लो तुल्याएर दुःखाई कम गराउँछ ।
  • भोक नलाग्ने समस्याको सिकार भएका व्यक्तिलाई भोक जगाउन पनि बिहानको एक कप तातोपानीले ठूलो काम गर्छ । यसका लागि तातोपानीमा मरिच, नुन र कागतीको रस मिसाएर पिउनुपर्छ, भोक जाग्दछ ।
  • मासिक धर्म (पिरियड्स)को समयमा अधिकांश महिलालाई टाउको दुख्ने, शरीर दुख्ने समस्याले पिरोल्छ । तातोपानी पिए यस समस्याबाट छुटकारा मिल्दछ ।
  • कब्जियत, एसिडिटीजस्ता समस्याबाट छुटकारा पाउन पनि बिहानको तातोपानीले औषधिकै काम गर्छ ।
  • बढ्दो उमेरसँगै अनुहारमा चाउरीपन देखिनु स्वाभाविक हो । नियमित रूपले तातोपानी पिउनेले यस समस्याबाट चामत्कारिक प्रभाव महसुस गर्दछ ।
  • नियमित तातोपानी पिउँदा डण्डीफोरको समस्याबाट समेत मुक्ति मिल्दछ ।
  • बिहानै तातोपानी पिउँदा स्केलपमा ब्लड सर्कुलेसन बढ्ने भएकोले त्यसले कपाल वृद्धि गर्ने र चमकदार तुल्याउने काम गर्दछ ।