गरिमा विकास बैंकको नयाँ शाखा नयाँबानेश्वरमा

गरिमा विकास बैंकको नयाँ शाखा नयाँबानेश्वरमा


वित्तीय क्षेत्रमा दर्बिलो उपस्थिति जनाउन सफल गरिमा विकास बैंक लिमिटेडले नयाँबानेश्वर (काठमाडौं)मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा स्थापना भएको शाखाको बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उदघाटन गरेका हुन् ।

राजधानीको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र आठ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् । सो बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीशहरमा समेत शाखा कार्यालय खुल्न लागेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

गरिमा विकास बैंकले आर्थिक वर्ष ०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको जनाइएको छ । साथै गत बर्षको तुलनामा ५४.८१ प्रतिशतले वृद्धि गरी ४३ करोड ९३ लाख सञ्चालन मुनाफामा आर्जन गर्न सफल भएको दाबी बैंकले गरेको छ ।