माघ महिनामा पनि घटेन कुलेखानी जलाशयमा पानीको सतह

माघ महिनामा पनि घटेन कुलेखानी जलाशयमा पानीको सतह


विगतका बर्ष झै यसबर्ष कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतहमा गिरावट आएको छैन् । जलाशयमा पानीको सतह १५२४.८७ मिटर छ ।

यो वर्ष १५२५.६२ मिटर पुगेको जलाशयको पानीको सतह ०.७५ मिटर घटेको कुलेखानी–१ जलविद्युत केन्द्र प्रमुख रामकुमार यादवले बताए । उनका अनुसार अहिले साँझमा दैनिक ३ घन्टा सञ्चालन हुने ३ देखि ४ सेन्टिमिटर पानी खपत हुने गरेको केन्द्र प्रमुख यादवको भनाई छ । ‘यो वर्ष वर्षायाममा कुलेखानी नियमित सञ्चालन हुँदा पनि पानीको सतह धेरै घटेको छैन ।’ उनले भने, ‘माघ महिनामासमेत जलाशयमा पानी जम्मा भइरहेकाले सतह घटेको छैन् । अहिले दैनिक ३ घन्टाभन्दा बढी समय कुलेखानी चलाउनु परेको छैन । फागुनदेखि वैशाख दोस्रो सातासम्म पानीको खपत क्रमशः बढ्दै जान्छ ।’

आयोजनाको जलाशयको पानी धेरै नघटेकाले वैशाखसम्मको माग कुलेखानीले धान्ने केन्द्र प्रमुख यादवले दाबी छ । ‘जलाशयको अधिकतम क्षमता १ हजार ५ सय ३० मिटर हो ।’ उनि भन्छन्, ‘६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ हरेक वर्ष कात्तिकदेखि मात्र सञ्चालन गरिन्छ ।’