पेसागत व्यक्ति तथा कर्मचारीलाई बिनाधितो ऋण

पेसागत व्यक्ति तथा कर्मचारीलाई बिनाधितो ऋण


पेसागत व्यक्ति तथा कर्मचारीलाई लक्षित गरेर ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल आईएमई प्रोफेसनल कर्र्जा’ सञ्चालनमा ल्याएको छ । विभिन्न पेसामा सम्बद्ध व्यक्तिहरू जस्तै डाक्टर, इन्जिनियर, सीएलगायत अन्य कार्यालयमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी बैंकले सञ्चालनमा ल्याएको ‘प्रोफेसनल लोन’अन्तर्गत सेवाग्राहीले बिनाधितो १५ लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सुलभ ब्याजदरमा उपलब्ध गराइने यस्तो कर्जाबाट विभिन्न पेसामा र व्यवसायमा आबद्ध व्यक्तिलाई सहज तरिकाले बैंकिङ ऋणको पहुँच पुग्ने विश्वास सो बैंकले लिएको छ । सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने ‘प्रोफेसनल लोन’ सुविधाले आफ्नो पेसा–व्यवसायको साथ–साथ अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पु¥याउने अपेक्षा गरिएको सम्बद्ध पक्षले जनाएको छ । ‘प्रोफेसनल लोन’ सुविधा नेपालभरि फैलिएर रहेका ग्लोबल आईएमई बैंक लि.का शाखा कार्यालयहरूमार्पmत उपलब्ध हुने पनि जनाइएको छ ।

ग्लोबल आईएमई बैंक लि.ले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता नयाँनयाँ सेवाहरू सञ्चालन गरिरहेको बैंकको दाबी छ । उक्त बैंकले कृषिमा आधुनिकीकरणको लागि कृषि कर्जादेखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरी साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीको उज्ज्वल भविष्यको लागि एजुकेसनल लोन, होम लोनलगायतका कर्जा सुविधा प्रदान गर्दै आएको छ । साथै उच्चतम ब्याजदरको साथमा बिमा सुविधासहितको नवरत्न बचत खातालगायत अन्य बचत खाताहरूमार्फत पनि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको बताइएको छ ।