पेनाल्टी फाप्यो -श्रीविक्रम भण्डारी

पेनाल्टी फाप्यो -श्रीविक्रम भण्डारी


नेपालको जितमा हनुको नयाँ सूत्र
अन्तर्रर्ााट्रय फुटबलमा नेपालको जित देख्न नपाइएको वर्षौं भइसकेको थियो । अन्तर्रर्ााट्रय फुटबलमा नेपालको दयनीय पर््रदर्शनले नेपाली फुटबलको साख नराम्रोसँग प्रभावित भएको थियो । विश्व बरियताक्रममा नेपालले लामो फड्को मारे पनि अपेक्षाकृत नेपालको पर््रदर्शनमा कुनै सुधार आएको थिएन । ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग) मा नेपाल पहिलो चरणबाटै बाहिरिएपछि नेपालको स्तर र औकात सार्वजनिक रूपमा छताछुल्ल भएको थियो । यसरी नेपाली फुटबलको बारेमा हरेक कोणबाट विश्लेषण गर्नेहरूले एन्फा अध्यक्ष गणेश थापा सफल र फुटबल असफल भएको निष्कर्ष निकालेका थिए । ती विज्ञहरूले थापालाई अनेक विश्लेषण लगाउँदै उनको नेतृत्वमा नेपालले कुनै पनि अन्तर्रर्ााट्रय उपाधि नजित्ने घोषणा गरेका थिए । विज्ञहरूले यस्तो कुरा ज्योतिषीलाई देखाएर गरेका हुन् या अन्य कारणले त्यो बुझ्न नसकिए पनि उनीहरूको यो भविष्यवाणी अहिलेसम्म दुरुस्त रूपमा लागू भएको छ ।
गत साता विश्वकप छनोट चरणमा नेपालले उत्कृष्ट पर््रदर्शन गर्दै पहिलोपटक दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । विश्व बरियताक्रममा आफूभन्दा निकै तल रहेको इस्टटिमोरलाई पराजित गरेपछि नेपाललाई यो ऐतिहासिक सफलता हात लागेको हो । नेपालले इस्टटिमोरलाई पहिलो खेलमा २-१ र दोस्रो खेलमा ५-० ले पराजित गरेको थियो । नेपालले दुवै खेलमा पेनाल्टीमार्फत पहिलो गोल गरेकोे थियो । समग्र्रमा ७-१ को नतिजा आफ्नो पक्षमा पारेको नेपालले दोस्रो चरणमा आगामी महिना जोर्डनसँग भिडन्त गर्नेछ । योभन्दा पहिले सन् २००१ को विश्वकप छनोटमा नेपालले मकाउलाई ६-१ ले पराजित गरेको थियो ।
दुवै खेलमा पेनाल्टीबाट गोलको खाता खोलको र दोस्रो चरणमा पुगेको नेपालको पर््रदर्शनका बारेमा रंगशालामै हनु र वीरूको वादविवाद चलेको थियो । हनुले गणेश थापाको प्रसंशा गर्दै नेपालको ऐतिहासिक विजयको कुरा गरेपछि वीरूको कन्सिरीका रौं ठाडा भएका थिए । वीरूले हनुको कुराको प्रतिवाद गर्दै यो विजयभन्दा नेपालको पराजय राम्रो हुने कुरा राखेका थिए । यसपछि हनुले वीरूलाई अराष्ट्रिय तत्त्व भन्दै सकारात्मक रूपमा सोच्न आग्रह गरेका थिए । तर, वीरू आफ्नो अडानमा अडिग रहँदै मुलुक र खेलाडीको नाममा हनुमानगिरी बढी भएको आरोप लगाएका थिए । वीरूलेे समग्र नेपाली खेलकुदको विकासका लागि नेपाल सम्पूर्ण खेलमा पराजित र पदकविहीन हुनुपर्ने भनेपछि हनुले यो के भन्न खोजेको भनेर प्रतिवाद गरेका थिए । प्रतिउत्तरमा वीरूले यसको रहस्य बुझ्न हनुमानगिरीहरूले नसक्ने बताएका बताए ।
विश्वकप छनोट चरणमा नेपाल दोस्रो चरणमा पुगेपछि हनुको खुट्टाले भुइँ छोडेको थियो । हनुको चर्तिकला देख्दा ऊ गणेश थापाभन्दा उन्नाइस देखिएको थिएन । ऊ पटक-पटक ‘गणेश दाइ, गणेश दाइ’ भन्दै थापालाई याद गरिरहेको थियो । त्यसपछि थापालाई इमेलमार्फत जानकारी गराउन कम्प्युटर रुमतर्फ लागेको थियो । दाइ नमस्कार, आज तपाईंको अनुपस्थितिमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ । हनु लेख्दै र भन्दै थियो- तपाईं फुटबलको सफलता हेर्न चाहनुहुन्छ भने टाडै बस्नुहोस् । विगतमा तपाईंको छायाले फुटबलमा नकारात्मक असर पारेको रहेछ । हिजो तिनै खेलाडी तपाईंसामु चल्न सकेका थिएनन् तर आज कमाल गरेर देखाइदिएका छन् । फुटबलको प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउने काम गरेका छन् । यदि तपाईं यहाँ भएको भए त्यो सम्भव हुने थिएन । बरु तपाईं विदेशमै बसेर डलरमा भत्ता खानुहोस्, नेपाली फुटबलमा ग्रहण लाग्ने काम नगर्नुहोस् । यसैमा सबैको कल्याण हुनेछ । यसमा म तपाईंलाई गोप्य रूपमा सल्लाह दिन पनि चाहन्छु । जब नेपालमा अन्तर्रर्ााट्रय फुटबलका प्रतियोगिता हुन्छन् तब तपाईं कुनै बहाना बनाएर विदेश भ्रमणमा जानुहोला । नेपाललाई विजयी गराउनमा तपाईंको विदेश भ्रमणले अहम् भूमिका निर्वाह गर्ने भएकोले तपाईंको सहयोगको अपेक्षा गरेको छु । प्यारो भाइ हनु ।
हनुले यस्तो मेल पठाएको देखेर वीरूले अचम्म मान्दै आफ्नो दानापानी सकिने काम किन गर्न लागेको भन्दा हनुको सातोपुत्लो उडेको थियो । हनुले यो कुरा मनमनै भनेको ठाने पनि वास्तवमा ऊ वीरूसँग विवाद गरिरहेको यथार्थलाई बिरि्सएको थियो । वीरूले हनुको सोचप्रति सतप्रतिशत सहमति जनाएपछि हनुले ‘मैलै त्यस्तो के भने’ भन्दा वीरू खित्का छोडेर हाँसेको थियो । चाकरीगिरीलाई जहिले पनि शिरमा राखेर हिँड्ने हनुले चाकरी गर्ने क्रममा वास्तविक राज फुस्काएपछि ऊ नराम्रोसँग नाङ्गिन पुगेको थियो । हनु त्यसबेला धोती न टोपीको जस्तै भएको थियो । हनुले आफूलाई आकाशले थिचेको महसुस गरेको थियो । मैले आज बोल्न र लेख्न नहुने कुरा बोलेँ र लेखेँ भन्दै आत्मालोचना गरिरहेको थियो । र, पनि हनु आफ्नो चाकरीको सकारात्मक प्रतिक्रिया आउने कुरामा भने ढुक्क थियो । हनुले आफूले सबैभन्दा पहिले थापालाई जानकारी गराएकोमा निकै प्रसन्न देखिन्थ्यो । तर, विडम्बना, एक ल्यापटप बोक्नेलेे आफूले थापालाई पहिले मेल पठाइएको र त्यो थापाले हेर्न नभ्याएका कारणले फोन गरेर बताएको कुरा हनुलाई भनेपछि हनु भ्याकुगोझैं उत्तानो परेको थियो । हनु उत्तानो परेको दृश्य एक वरिष्ठ पत्रकारले रर्ेकर्डका लागि खिचेर लगेको वीरूले बताए । वीरूले उनको स्टुडियोमा खेलकुदका यस्ता दर्ुलभ तस्बिरहरूको भण्डार नै रहेको खुलासा पनि गरेका छन् ।
विश्वकप छनोट चरणको दोस्रो चरणमा नेपाल पुग्नु निकै प्रसंशनीय कुरा हो । नेपाली खेलाडीले यो सपना वर्षौंदेखि देख्दै आए पनि सधैं कुठाराघातको सामना गर्नुपरेको थियो । आज त्यो सफलता लामो समयको अन्तरालमा नेपालको झोलीमा परेको छ । नेपाली खेलाडीहरूले आफ्नो गृहभूमिमा इस्टटिमोरविरुद्ध गोर्खाली भएर खेलेका छन् । छनोट चरण होस् या अन्य अन्तर्रर्ााट्रय प्रतियोगिता त्यसमा विजयले धेरै अर्थ राख्ने भएकोले यो विजयले पनि नेपालको बेग्लै पहिचान बनाउन सफल भएको छ । यो विजयले नेपाली फुटबलको इतिहासमा नौलो पाना थप्ने काम पनि गरेको छ । फुटबलप्रेमीहरूमा नौलो आशा पनि जगाएको छ । तर, इतिहासलाई पल्टाएर हेर्ने हो भने एन्फा अध्यक्ष गणेश थापाका बारेमा हनुले आफ्नो हनुमानगिरी पर््रदर्शन गर्ने क्रम जुन सल्लाह र बुझाव दिएका छन् त्यसलाई कदापि बिर्सन सकिँदैन । साँचो रूपमा भन्नुपर्दा थापाले एन्फाको वागडोर सम्हालेको १६ वर्ष पुगिसक्दा पनि नेपालले अहिलेसम्म कुनै महत्त्वपूर्ण प्रतियोगितामा विजय हासिल गर्न सकेको छैन । थापाको ग्रहमा च्यापिन पुगेको नेपाली फुटबलमा अहिले चन्द्रमा दाहिने परे पनि दोस्रो चरणमा पनि यस्तै पर््रदर्शन होला भनेर भन्न सकिने अवस्था छैन । त्यसका लागि हनुले बनाएको नयाँ सूत्रको एकपटक पुनः प्रयोग गरे कस्तो होला –

लामाको राजीनामा
सरकारको सौतेलो व्यवहार कहिलेसम्म –
यतिबेला नेपाली खेलकुदको लथालिङ्ग र भताभुङ्गको अवस्था देख्दा सही कदम उठाउने बेला भइसकेको छ । खेलकुदमा घुसेको गुटबन्दी र राजनीतिक हस्तक्षेप र चलखेलले खेलकुदको अस्तित्वमाथि नै धावा बोलेको छ । यस्तो विकराल अवस्थाको सामना गरिरहेको खेलकुदका लागि अहिले आमुल परिवर्तनको खाँचो देखिएको छ । जीर्ण भौतिक पूर्वाधार, खेलाडी पलायनको मनस्थिति, सङ्घहरूमा विवाद र ओलम्पिक कमिटीको विवादले खेलकुदलाई दिनप्रतिदिन खोक्रो बनाउँदै आएको छ । यस्तो अवस्थामा खेलकुदलाई बचाउन सरकारको प्रमुख दायित्व भएको छ भने सदस्यसचिव युवराज लामालाई गतिलो साथ चाहिएको छ ।
खेलकुदको यही दुर्गतिलाई देखेर होला गत साता सदस्यसचिव लामाले एक महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेका छन् । यो योजना देख्न र सुन्नमा महत्त्वाकाङ्क्षी देखिए पनि समग्र खेलकुदको विकासका लागि अपरिहार्य भएको छ । मुलुकको प्रतिष्ठा र पहिचानको कुरा गर्ने सरकारले जहिले पनि खेलकुदलाई सौतेलो व्यवहार गरेको कसैबाट छिपेको छैन । खालि कर्मचारीलाई तल खुवाउने बजेट दिएर समग्र खेलकुदका विकास गर्न निर्देशन दिइरहेको छ । विकासको बजेट शून्य रहेको अवस्थामा खेलकुदलाई कहीँ पनि हाँक्न नसकिने कुरा विगतमा छुट्याएको बजेटले प्रमाणित गरिसकेको छ । तसर्थ खेलकुदलाई राष्ट्रिय पहिचानको केन्द्र र स्वस्थ युवाहरूको उत्पादनको थलोको रूपमा विकास गर्ने हो भने सरकारले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने भइसकेको छ । अन्यथा खेलकुदमा जो आए पनि सदस्यसचिवको नाम मात्र परिषद्को लिस्टमा बढाउने छन् भन्दा अतिशयोक्ति नहोला ।
यही कुरालाई दृष्टिगत गर्दै हालै राष्ट्रिय खेलकुद परिषद्को ७९औँ बोर्ड बैठकले खेलकुदको समग्र विकासका लागि महत्त्वपूर्ण निर्णय गरेको छ । परिषद्को उक्त निर्णयलाई सार्वजनिक गर्दै राखेपका सदस्यसचिव लामाले आगामी बजेटमा खेलकुदका लागि ८६ करोड माग गरेको बताएका छन् । सो अवसरमा लामाले आफूले मागेको बजेट प्राप्त नभए खेलकुदको विकास नहुने घोषणासमेत गरेका थिए । लामाले लाखौँ युवाको प्रत्यक्ष सम्बन्ध खेलकुदसँग जोडिएको खुलासा गर्दै सरकारले माग गरेबमोजिमको बजेट उपलब्ध नगराए पाँच हजार खेलाडीसहित अर्थ मन्त्रालयमा गएर राजीनामा दिने बताए । यस्तो संवेदनशील क्षेत्रको विकासका लागि सरकारले लचकता र ध्यान नदिए त्यो दर्ुभाग्यपूर्ण हुने बताउँदै त्यसपछि खेलकुदमा बसिरहनुको कुनै औचित्य नहुने स्पष्ट पारेका थिए ।
गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्ले ७५ करोडको बजेट सरकारसँग माग गरेको थियो । तर, सरकारले समग्र रूपमा ३९ करोड मात्र खेलकुदलाई प्रदान गरेको थियो । सदस्यसचिव लामाले सरकारको यो निर्णयप्रति कटाक्ष गर्दै समग्र खेलकुदको विकासका लागि राज्यले ८६ लाख मात्रै विनियोजन गर्नु हास्यास्पद भएको बताए । लामाले सो अवसरमा भौतिक पूर्वाधार विकासका लागि पाँच करोड, सागको प्रारम्भिक तयारीका लागि दुई करोड र खेलकुद बजेटका लागि एक करोडको माग गरेको पनि बताए । सरकारको खेलकुदप्रतिको रवैया यसपालि पनि विगतको जस्तै हुने हो भने आफू खेलकुदमा एक मिनेट पनि नबस्ने घोषणा गरेका छन् ।
आफू खेलकुदमा त्यसै नआएको खुलासा गर्दै सदस्यसचिव लामाले ठूलो होमवर्क, खेलकुदको समग्र विकासको योजना र रणनीति बनाएर आएको बताएका छन् । लामाले यसैको प्रतिफलको रूप ७९औँ राखेपको बोर्ड बैठक भएको पनि स्पष्ट पारे । गत असार १३ गते युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय सुनाउने र सार्वजनिक गर्ने क्रममा खेलकुदको विकासका लागि यी योजना निकै महत्त्वपूर्ण भएको जानकारी गराएका थिए । जबसम्म खेलकुद अनुशासित, व्यवस्थित, गतिशील र प्रभावकारी हँुदैन तबसम्म खेलकुद क्षेत्रको विकास नहुने ठोकुवा गर्दै सदस्यसचिव लामाले खेलकुद कलेजको स्थापना, राष्ट्रिय खेलकुद विकास महासङ्घको गठन, साग एसियन तथा ओलम्पिक खेलमा सहभागिता, खेलाडीको पहिचानको लागि परिचयपत्र, खेलकुद विकास निर्माण तथा विस्तार समिति, राष्ट्रिय सङ्घहरूलाई दुई महिनाभित्र कानुनी दायरामा ल्याउने, छैटौँ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा गर्ने, नेपाली खेलकुदलाई विश्वभरि पुर्‍याउन र स्थापित गर्न अन्तर्रर्ााट्रय समन्वय ब्युरोको स्थापना, साग र ओलम्पिकका लागि आवश्यक पूर्वाधारको तयारी र मिडिया सेन्टरको स्थापना गरिने कुरा सार्वजनिक गरेका थिए ।

सारापोभा स्तब्ध, भिटोभालाई उपाधि
विम्बल्डन टेनिसकी प्रमुख दाबेदार मारिया सारापोभालाई पाखा लगाउँदै चेक गणतन्त्रकी पेट्रा भिटोभाले विम्बल्डनको उपाधि उचालेकी छिन् । विश्व बरियताक्रममा आठौँ स्थानमा रहेकी भिटोभाले फाइनलमा ६-३ र ६-४ को सोझो सेटमा सारापोभालाई स्तब्ध पारेकी हुन् । आफ्नो जीवनको पहिलो ग्रान्डस्लाम फाइनल खेल्ने क्रममा भिटोभाले सतप्रतिशत रिजल्ट निकाल्दै विम्बल्डनलाई चुम्न सफल भएकी थिइन् । यसअघि अल इंग्ल्यान्ड क्लबमा उपाधि हात पार्ने चेककी मार्टिना नाभ्रातिलोभा र याना नोभोत्नाले सेन्टर कोर्टको रोयल बक्समा बसेर फाइनल खेल हेरेका थिए । यो विजयपछि भिटोभा सन् १९९० मा नाभ्रातिलोभापछि यो उपाधि जित्ने पहिलो चेक खेलाडी बनेकी छिन् । विजयपछि निकै उत्साहित भएकी भिटोभाले आफूलाई जित्नका लागि प्रेरित गर्ने महान् खेलाडीलाई धन्यवाद दिएकी थिइन् । भिटोभाले महान् खेलाडीको अगाडि विम्बल्डनको उपाधि जित्न पाउँदा निकै आनन्द आइरहेको बताउँदै यो खुसी सम्पूर्ण देशवासीलाई बाँड्न चाहन्छु भनेकी थिइन् । फाइनलमा पराजित भएपछि सारापोभाले यो निराशाजनक क्षण भएको बताइन् । सारापोभाले आफ्नो चाहना विम्बल्डन जित्नु भए पनि यसपालि भाग्यले साथ नदिएकोप्रति गुनासो गरेकी थिइन् । विम्बल्डनप्रतिको आफ्नो मोह अझै बाँकी रहेकोले कुनै दिन यो उपाधि पुनः जित्ने दाबी गरेकी थिइन् ।

विश्वकपमा एसोसिएटले खेल्न पाउने
विश्वकप क्रिकेटको समय तालिकालाई मध्यनजर गर्दै गत अप्रिलमा अन्तर्रर्ााट्रय क्रिकेट काउन्सिल -आईसीसी) ले सन २०१५ को एकदिवसीय विश्वकपमा दश टोलीलाई मात्रै सहभागिता गराउने निर्णय गरेको थियो । आईसीसीको यो निर्णयको एसोसिएट राष्ट्रहरूले कडा रूपमा विरोध गरेपछि पुनः एसोसिएट राष्ट्रहरूलाई खेलाउने निर्णय गरिएको हो । केही समय पहिले हङकङमा भएको आईसीसीको वारि्षक सम्मेलनमा एसोसिएटका पक्षमा आईसीसीका अध्यक्ष शरद पावरले जोरदार रूपमा वकालत गरेपछि आईसीसीले आफ्नो निर्णयमा परिवर्तन गरेको थियो । उक्त वारि्षक सम्मेलनमा रनरको व्यवस्था हटाउने, डिसिजन रिभ्यु सिस्टम -डीआरएस)को नयाँ ढाँचालाई टेस्ट र एकदिवसीय प्रयोग गर्ने र सन २०१५ मा इंग्ल्यान्डमा हुने विश्वकप प्रतियोगिताका लागि छनोट खेल खेलाउने महत्त्वपूर्ण निर्णयसमेत गरेको छ । त्यस्तै आईसीसीले आफ्ना सदस्य राष्ट्रहरूको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप स्वीकार नगर्ने निर्णय गरेको छ । एसियाली राष्ट्रहरू विशेषगरी पाकिस्तान, श्रीलङ्का र बंगलादेशको क्रिकेट बोर्डमा राजनीति हावी भएपछि आईसीसीले यो कदम उठाएको हो । क्रिकेटलाई सही दिशामा डोर्‍याउन यो निर्णय गरिएको आईसीसी प्रमुख कार्यकारी हारुन लोर्गाटले बताए । विश्वकपमा एसोसिएट राष्ट्रहरूले खेल्न पाउने निर्णयसँगै नेपालको विश्वकपमा खेल्न पाउने आशा जागेको छ । क्यानका पदाधिकारीहरूले यो निर्णयको स्वागत गर्दै यसको तयारीका लागि अहिलेदेखि नै लाग्ने बताए ।

धनगढीमा राष्ट्रिय जिम्न्यास्टिक
किशोरबहादुर सिंह अध्यक्ष रहेको नेपाल जिम्न्यास्टिक सङ्घले धनगढीमा दोस्रो राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी कात्तिक ४ र ५ गते आयोजना हुने उक्त जिम्न्यास्टिक प्रतियोगितामा १७ जिल्लाको सहभागिता रहने आयोजक कमिटीलेे बताएको छ । पहिलोपटक धनगढीमा हुन गइरहेको राष्ट्रिय प्रतियोगिताको सफल आयोजनाका लागि मोहनराज भट्टको अध्यक्षतामा ३१ सदस्यीय तयारी समिति गठन गरिएको छ । प्रतियोगिताका लागि अनुमानित सात लाख ६५ हजार बजेट राखिएको छ । सङ्घले यसभन्दा अघि अर्थात् गत वर्ष काठमाडौंमा पहिलो राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको आयोजना गरेको थियो ।