‘सर ! बरु मलाई हाल्नुहोस् जेल’– सुदर्शन अर्याल

‘सर ! बरु मलाई हाल्नुहोस् जेल’– सुदर्शन अर्याल


bicharकाठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत पाल्पाका राजाराम पौडेल दुई हप्ता भयो काठमाडौंको झोँछेमा एसिड आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै कहिले वसन्तपुरमै मौन आन्दोलन गर्छन् त कहिले प्रधानमन्त्री कार्यालयको अगाडि पुग्छन्, आक्रमणकारीको गिरफ्तारीको माग गर्दै । पीडतसँग नातागत रूपमा कुनै साइनो नभए पनि मानवताको नाताले र महिलाहरूमाथि दिन प्रतिदिन बढ्दै गइरहेको यस्ता घटनालाई निरुत्साहित गर्नकै लागि घटना घटेकै दिनदेखि उनी निरन्तर आक्रमणको विरुद्धमा सङ्घर्षरत छन् । उनी मात्रै होइन, यो घटना र यसकै भोलिपल्ट रौतहटमा ६ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनाले नेपालमा पछिल्ला दिनहरूमा धेरैको मनमा आक्रोश र भयले जरो गाडेको छ ।
दुई साताअघि काठमाडौंमा दिनदहाडै छात्राहरूमाथि भएको आक्रमणको दोषीलाई पक्राउ गर्न नसक्दा दक्षिण एसियामा नै अनुसन्धान क्षेत्रमा चर्चा बटुलेको नेपाल प्रहरीको क्षमता प्रस्ट भएको छ । अहिले ती दोषीहरू कहिले समातिनेछन् त्यो कुरा न त अनुसन्धानमा संलग्न प्रहरीलाई नै थाहा छ, अरूलाई त थाहा हुने कुरै भएन । तर, ती अपराधीहरू भने आफ्नो अपराधको पीडाले कुन ठाउँमा पलपल तड्पिइरहेका छन् । उनीहरूलाई बरू थाहा होला कहिले आफ्नो अपराधको पर्दाफास हुन्छ भन्ने कुरा ।
दिनदहाडै भएको यो क्रूर, निन्दनीय र जति आलोचना गरे पनि कमै हुने घटनाले हाम्रो राजधानीकै आधा आकाश कति असुरक्षित छ ? हाम्री आमाका दिदीबहिनीहरू कति असुरक्षित छन् ? भन्ने कुरा स्पष्ट भएको छ । जुन ठाउँमा यस्तो आक्रमण भयो त्यसको झन्डै एक सय मिटर पर महानगरीय प्रहरी वृत्त, जनसेवा रहेको छ भने त्यसैको झन्डै दुई सय मिटर पर महानगरीय प्रहरी परिसर हनुमानढोकामा प्रहरीको पहरा कहिलै टुटेको हुँदैन । तर, त्यसैको दुई सय मिटर पर छात्राहरू यस्तो निन्दनीय घटनाको सिकार बनिरहेका छन् र घटनाको दुई सातसम्म पनि प्रहरी दोषीलाई पक्राउ गर्न सक्दैन भने कसरी गर्ने हामीले सुरक्षाको अनुभूति ?
यही घटनाको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले प्रहरीसँग माग गरिरहेका थिए कि यदि प्रहरीले दोषीलाई कारबाही गर्न सक्दैन भने बरु प्रहरीले आफूलाई दोषी सावित गरोस् ता कि नेपाल प्रहरीले अपराधीलाई सहजै समात्न सक्दैन भनेर अन्य अपराधीहरूको थप हौसला नबढोस् । उनीहरूको भनाइजस्तै हामीहरू पनि आधा आकाश ढाकेका महिलाको सुरक्षाको प्रत्याभूति दिलाउनका लागि, हिंसाको माध्यमबाट कलङ्कको टीका लगाएका अपराधीहरूको मनोबल गिराउनका लागि बरु बिनागल्ती सजायको भागेदार बन्न तयार छाँै । केही आपराधिक मानसिकताका पुरुषबाहेक हामी सबै प्रहरी हिरासतको कष्ट भोग्न तयार छौँ । यदि प्रहरी अपराधी समाउन सक्दैन भने हामी सबै न्यायपे्रमीहरूको एउटै माग छ– प्रहरी अधिकारीहरूसँग, बरु हामीहरूलाई लगेर जेल हाल्नुस् ता कि अब यस्ता अपराधीहरू यस्ता अपराध गर्न प्रेरित नहुन् ।
विद्यालय जाँदा एसिड आक्रमणबाट सख्त घाइते भएका संगीता पुलामी र सीमा बस्नेतकोे गल्ती के थियो भन्ने प्रश्नको जवाफ अहिले सरकारले दिनुपर्नेछ, यदि उनको कुनै गल्ती छैन भने कानुनी राज्यमा पीडकलाई कारबाही र पीडितलाई न्याय कहाँ छ ? जहाँ गल्तीबिना नै मानिस शान्ति क्षेत्र भनिने विद्यालयमा दिनदहाडै यस्तो हिंसाको सिकार बन्दछन् र अस्पतालको शøयामा बसेर बिनागल्तीको सजाय भोग्न बाध्य हुनुपर्दछ भने अपराधमा संलग्नहरू बहादुरी प्रदर्शन गर्दै कुन दुनियाँमा हिँडिरहेका छन् त्यो प्रहरीले थाहा पाउँदैन । त्यसैले अब कुनै पनि संगीता र सीमालाई आश्वासन र आर्थिक सहायताभन्दा पनि न्याय र भविष्यको सुनिश्चितता चाहिएको छ । अस्पतालको शयामा रहेकी संगीतालाई अहिले आपूmलाई आगो लगाउने दोषीलाई कडाभन्दा कडा कारबाही चाहिएको छ । कुनै पनि अर्की किशोरीहरूमाथि यस्तो निन्दनीय अपराध नहुने खालको शान्ति सुरक्षा चाहिएको छ । अस्पतालको शøयामा रहेकी संगीताको सम्पूर्ण उपचारको खर्चसँगै उनको जीवनको सुनिश्चितता सरकारले गरोस् । उनलाई हाम्रोतर्फबाट पनि शीघ्र स्वास्थ्यलाभको कामना ।