राम्रो अफरको पर्खाइमा शोभा-राजन घिमिरे

राम्रो अफरको पर्खाइमा शोभा-राजन घिमिरे


छोटो समयमै टेलिभिजन प्रस्तोता, रेडियो जक्की र मोडलका रूपमा चर्चा बटुल्न सफल शोभा त्रिपाठी एक कुशल गायिका पनि हुन् । शिरैमा शिरफूल, सुन न बाबा जस्ता एल्बमको सफलतापछि यसपालिको तिजलाई लक्षित गरेर शोभाले ]तिमै्र लागि हो नामक एल्बम प्रस्तुत गर्दै छिन् । शोभा आफैंले समेत स्वर दिएको उक्त एल्बममा प्रसिद्ध गायिका अञ्जु पन्तका साथमा विनोद बाजुराली र मुना थापाको सुमधुर आवाज सुन्न सकिन्छ ।
० यतिबेला भिजे र आरजेका रूपमा शोभा त्रिपाठी निकै जमेकी छिन् भनिन्छ नि, हो ?
– भिजे र आरजेको रूपमा म यतिबेला आफूलाई व्यस्त पाइरहेकी छु । कामको आनन्द उठाइरहेकी छु । जमेको-नजमेकोचाहिँ मलाई थाहा भएन ।
० यसरी छिट्टै प्रगति हासिल हुनुको राजचाहिँ के होला नि ?
– चाँडै त के भन्ने र ? पाँच वर्ष भइसक्यो म यस क्षेत्रमा लागिपरेको छ । तर, धेरै माया भने पाएकै हुँ मैले दर्शक र श्रोताको ।
० शोभालाई भिजे, आरजे, मोडल, कलाकार या गायिका के भन्ने ?
– मलाई सर्वप्रथम त टेलिभिजन प्रस्तोता नै भन्नुपर्ला । त्यसपछि म आरजे, त्यसपछि मात्रै मोडल या कलाकार हुँदै अनि गायिका ।
० नेपाली कलाक्षेत्रमा महिलालाई अझै राम्रो नजरले हेर्दैनन् नि मानिसहरू, किन होला ?
– हो र ? मलाई त त्यस्तो लाग्दैन । हाम्रो समाज अझै यति धेरै सङ्कुचित छ जस्तो मैले त अनुभूति गरेकी छैन है ।
० कतिपय मोडल वा कलाकार त बद्नाम नै छन् नि, छैनन् र ?
– कोही-कोही जानाजान या अन्जानमा त्यस्तो बद्नामीको सिकार भएका होलान्, तर एक-दुईजनाले गल्ती गरे या एक-दुईजना बद्नाम भए भन्दैमा सबैलाई एउटै नजरबाट हेर्न मिल्दैन ।
० शोभाको सुन्दरतामाथि कसैले आँखा गाडेका छन् कि छैनन् ?
– आँखा लगाउनेहरू होलान्, नहोलान् भनी दाबी गर्न त म सक्दिनँ ।
० त्यसरी आँखा लगाउनेलाई जवाफ के हुन्छ त ?
– म आफ्नो काममा रमाइरहेकी मान्छे, त्यस्तालाई जवाफ फर्काउने फुर्सद नै छैन ।
० बिहे गर्ने उमेर पुग्यो नि, कहिले गर्ने विवाह ?
– समय आएपछि गरिन्छ विवाह पनि ।
० कहिले आउँछ समय ?
– मुहर्ूत नजुरेसम्म आउलाजस्तो लाग्दैन ।
० सामाजिक क्षेत्र र विशेषगरी कला क्षेत्रसँग सम्बन्धित महिलाको घरजम त्यति सफल हुँदैन भन्ने धारणा छ, यही डरले विवाह गर्न पन्छिएको त होइन ?
– यो त हुँदै होइन । सामाजिक फिल्डमा लाग्नेहरू सबैको घरबार बिग्रन्छ भन्ने धारणा नै गलत भयो ।
० शोभाको यो तिजमा ढल्केरै नाचिन्छ भन्ने गीतले पोहोर तहल्का मच्चायो, यसपालि तिजको के छ नि तयारी ?
– छ-छ, तयारी पूरा भइसकेको छ । यसपालिको तिजलाई लक्षित गरेर म ‘तिमै्र लागि हो’ भन्ने एल्बम प्रस्तुत गर्दै छु ।
० यसरी एल्बम निकालेर आम्दानी पनि हुन्छ कि ?
– मलाई त भइरहेछ । मेरो पहिलो एल्बम ‘शिरैमा शिरफूल’को कमाइले पोहोर ‘सुन न बाबा’ निकालेँ, त्यसको आम्दानीबाट यसपालि ‘तिमै्र लागि हो’ निकाल्दै छु । भनेपछि बुझनुस् कमाइ हुन्छ कि हुँदैन ।
० कतिपय कलाकार त कला क्षेत्रबाट बाँच्नै सकिएन भनी प|mस्टेड पनि भएका छन् नि †
– हो, त्यो अवस्था पनि छ । कतिपय कला या कलाकार स्तरीय नभएर र कतिपयचाहिँ स्तरीय भएर पनि समयले साथ नदिएर त्यसै ओइलाउनुपरेको अवस्था यहाँ छ ।
० शोभा यस्ती सुन्दरी, चलचित्रको हिरोइन नबन्ने ?
– बन्ने भनेर जथाभावी त्यसै फालहान्ने कुरा भएन, समयले साथ दियो भने त्यो दिन पनि आउला नि † उत्तम अफरको पर्खाइमा छु ।

झरनाको सन्न्यास, ध्यान र ज्ञान
एक त नेपाली कलाकारको बोलीमाथिको विश्वासनियतामा नै औंला उठाउनेहरूको कमी छैन । त्यसमाथि केही आशा अनि भरोसा भएका कलाकारको पङ्क्तिमा गनिनेहरू पनि झुटो बोल्ने र बोलेको कुरा पूरा गर्न नसक्ने व्यवहारका कारण आलोचित भइरहेका छन् ।
पढेलेखेकी कलाकार भनेर चिनिने अनि निडर, निर्भीकका रूपमा चिनिएकी नायिका झरना बज्राचार्य पनि फाइदाका लागि जे बोल्न र गर्न पनि तयार छिन् भन्ने कुरा र्छलङ्गिएको छ ।
पछिल्लोपटक चलचित्र ‘कोही मेरो…’ बाट उनले ठूलै आशा राखेकी थिइन् । भन्नेले त भनेका थिए- कोही मेरो बजारमा आएपछि अब अरू सबै पछाडि अनि झरना मात्र अगाडि । तर, यसबेला पनि झरनालाई कोही मेरोले साथ दिन सकेन । त्यसपछि झरना भन्न थालिन्- अब चलचित्रबाट सन्न्यास लिन्छु । केही समय त उनले भनेजस्तै पनि गरिन् । उनको यो व्यवहारबारे थाहा पाएपछि सिने बजारमा चर्चा चल्यो- ‘हो रहेछ, झरना जे बोल्छिन् त्यो गरेर नै छाड्छिन् ।’
बजारमा उनीमाथि गरिएको यो भरोसा अन्ततः केही समयपछि नै भत्कियो । त्यसपछि झरना लागिन् ध्यानतिर । अब झरना पूरै ध्यानतिर लागिन् भन्ने चर्चा बजारमा राम्रोसँग चल्न नपाउँदै केही समय पनि उनी ध्यानमा टिक्न सकिनन् । रङ्गीन दुनियाँमा रमाइरहेकी झरनाको मन, तन अनि चञ्चलतालाई ध्यानले खिच्न सक्ने कुरै थिएन । त्यै भएर पनि चलचित्रबाट सन्न्यास र ध्यान दुवै छाडिन् उनले । बोलेको कुरा पूरा गर्न नसक्ने र धर्ैयता नभएकी केही नायिकाको समूहमा राखिन थालियो उनलाई । यिनै झरना फेरि सिनेमा खेल्न तयार भएकी छिन् भने मिडियामा नहराउन र चर्चामा आइरहन झरना बज्राचार्य जे भन्न र गर्न पनि तयार हुँदिरहिछिन् भन्ने कुरा स्पष्ट भएको छ । वास्तवमा जवानीले साथ दिएसम्म सिनेसंसारमा डुबुल्की लगाउनुबाहेक अरू विकल्प रहेको ज्ञान पछिल्लो चरणमा झरनालाई मिलेजस्तो छ ।
त्यसैले अब उनी चाँडै अर्को चलचित्रमा देखिने भएकी छिन् । झरनालाई नयाँ चलचित्रमा खेलाउने भएका छन् प्रसन्न पौडेलले । उनले फिल्मको नाम राखेका छन्- माई बेस्ट प्/mेन्ड । त्यसैले झरनाजीलाई एउटा सुझाव छ- ‘बोलेको कुरा पूरा गर्न सक्नुहुन्न भने नबोल्नुस् । खुरुखुरु काम गर्नुस् न भइहाल्छ नि, कि कसो ?

चलचित्रकर्मीद्वारा भण्डारीको प्रसंशा
नेपाली चलचित्र क्षेत्रको विकासका लागि तय गर्नुपर्ने बाटो निकै कठिन, समस्याग्रस्त र जोखिमपूर्ण रहेको कुरा चलचित्रकर्मीले स्वीकार गरेका छन् । ‘चलचित्रहरू व्यावसायिक रूपमा असफल भइरहेको अहिलेको समयमा सबै मिलेर यसको कारणको खोजी गर्नुपर्ने अवस्था आएको छ,’ चलचित्रकर्मीले यो अभिव्यक्ति चलचित्र विकास बोर्डको एघारौँ वारि्षक अवसरमा दिएका हुन् ।
नेपाल चलचित्र क्षेत्रको विकास, विस्तार र समर्थनका लागि गठित चलचित्र विकास बोर्डको योजना र कार्यक्षेत्र धेरै भए तापनि त्यसलाई सफलतातर्फ पुर्‍याउन पहिले बोर्ड स्वायत्त हुनुपर्ने कुरा विशेष रूपमा उठ्यो कार्यक्रममा । ‘बोर्डलाई स्वायत्त बनाउनका लागि आवश्यक पहल भइरहेको छ, यसमा तपाईंहरूको पनि साथ र हौसला चाहिन्छ,’ बोर्डका अध्यक्ष गणेश भण्डारीले आह्वान गर्नुभयो । नेपाली चलचित्रकर्ममा लागेका चलचित्रकर्मीहरूको बाक्लै उपस्थिति रहेको कार्यक्रममा भण्डारीको अध्यक्षतामा बोर्डले नेपाली चलचित्र क्षेत्रका लागि उल्लेखनीय कार्यहरू गरेको कुरा चलचित्रकर्मीले बताएका छन् ।

श्वेता-श्री सुटुक्क मलेसियातिर
खाँदा सँगै, हिँड्दा सँगै अनि स्वदेशमा मात्र होइन, विदेश जाँदा पनि एकसाथ । त्यै पनि श्रीकृष्ण र श्वेता खड्काबीचको सम्बन्ध अझै अस्पष्ट नै छ । भनौँ यी दुई नै आफूबीचको सम्बन्धका बारेमा स्पष्ट हुन सकेका छैनन् । त्यसो त मोही माग्ने ढुङ्ग्रो लुकाउने भन्ने उखान पनि यिनीहरूमा चरितार्थ भएको छ । श्रीमान्-श्रीमती नामक चलचित्रमा एकसाथ अभिनय गर्दा त यी दुईलाई सञ्चारकर्मीहरूले घेरा हालिहाले । ‘साँच्चिकै श्रीमान्-श्रीमतीचाहिँ कहिले हुने नि -‘ यो प्रश्नको जवाफ यी दुईले हाँसेर नै टारेका थिए ।
बजारमा श्रीकृष्ण र श्वेताबीचको सम्बन्ध अहिले निकै गरम भइरहेको छ भने त्यस्ता चर्चाका बारेमा यी दुईले खासै प्रतिक्रिया पनि जनाउने गरेका छैनन् । त्यसो त यो साता श्री र श्वेताबीचको एउटा चर्चाले चलचित्र बजार निकै तात्यो । बजारमा हल्ला चल्यो- ‘श्रीकृष्ण श्वेता च्यापेर विदेश उडे ।’ अन्ततः यो कुरा चर्चा मात्र होइन, वास्तविक नै रहेछ । जान त दुवै विदेश नै गएका हुन् तर श्रीकृष्णले श्वेतालाई सुटुक्क उडाएको भने होइन रहेछ । मलेसियामा रहेका नेपालीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन श्रीकृष्ण र श्वेता मलेसिया उडेका रहेछन् । उक्त कार्यक्रममा श्रीकृष्णले आफैंले निर्माण गरेको अनि आफू नायक र श्वेता नायिका भएको चलचित्र ‘कहाँ भेटिएला’को पर््रदर्शन पनि गरिने कार्यक्रम रहेछ । यसै सिलसिलामा यसै साता मलेसिया उडेका श्री र श्वेताको मनोभावना बुझेर होला मलेसियामा रहनुभएका नेपालीले यी दुईलाई छुटाएनन् । यो मामिलामा त श्री र श्वेताले ती नेपालीलाई धन्यवाद दिनैपर्छ कि कसो श्री र श्वेताजी – नेपालमा त यी दुई एक-अर्कासँग छुटेनन्-छुटेनन् हुँदाहुँदै विदेशमा पनि यी दुईलाई एकसाथ देख्न पाइरहेका छन् नेपालीले ।
अर्को कुरा, सुनेको नभएर देखेको कुरामाथि मात्र विश्वास गर्नुपर्छ भन्ने मान्यतामाथि विश्वास गर्ने हो भने श्री र श्वेताबीचको सम्बन्धलाई दिएर नानाथरीका कुरा गर्नु भने बेकार नै छ । किनभने एउटै सिनेमाका यी दुई पात्र जहाँ पनि जान सक्छन् नि ? किन अरूहरूले टाउको दुखाउने, होइन त ?