चार अंकले बढ्यो सेयर

चार अंकले बढ्यो सेयर


धितोपत्र बजारमा आज सेयरको मूल्यमा वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक ४.१५ बिन्दुले बढेर एक हजार १७२.९८ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ बिन्दुले बढेर २४८.७४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता सेयर रु. २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरिद–बिक्री भयो ।

कारोबार भएका कुल ११ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्यो भने नौ उपसमूहको सेयरमा वृद्धि भएको छ ।

उत्पादन ३१.६ र जीवन बिमा २७.३१ बिन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटेल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बिमा ५८.०६, अन्य ३.३९ र लघुवित्त १२.९९ बिन्दुले बढेका छन् । स्टकका अनुसार आज सानिमा इक्विटी फन्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोसी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।

यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, युनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् ।