यसरी के गरिखालान् विप्लवले ?!

यसरी के गरिखालान् विप्लवले ?!


pathakmanchतत्कालै हतियार उठाउने भन्दै पार्टी विभाजन गरेको विप्लव माओवादीमा गम्भीर सङ्कट देखापर्न थालेको छ । पार्टीमा विप्लवलगायत केही मानिस असल भए पनि केही अत्यन्त खराब मानिसका कारण यो समूह धरापमा पर्न थालेको बताइन्छ । कृष्ण सेनलाई पक्राउ गर्न सुराकीको काम गरेका तथा जनयुद्धको समयमा पार्टीको नाममा अकुत सम्पत्ति कुम्ल्याउने अशोक सुवेदीहरूका कारण विप्लवले नेतृत्व गरेको माओवादीको ओरालो यात्रा सुरु भएको नेकपा माओवादीसम्बद्ध स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आफ्नी बिमार आमाको नाममा किताब नकाल्दै हिँड्ने सुवेदी आमाको उपचारमा लागेको पैसा नतिरी फरार रहेका छन् । कलङ्कीमा रहेको सो अस्पतालले अब आफ्नो खर्च रकमको माग गरेर विप्लवको हेडक्वार्टरमा पेस गर्न लागेको बताइन्छ । अनावश्यक रूपमा दाजुभाइसित झगडा गरेर बोलचालसमेत बन्द गरेका सुवेदीले अहिले आफूलाई विप्लवको अत्यन्त नजिकको मानिस भन्दै व्यापारीहरूसित सम्बन्ध बढाएका छन् । मित्रघात र टावर परिवर्तन गरिरहने सुवेदी जनयुद्धकालदेखि नै बदनाम हुँदै आएका मानिस हुन् । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने र जोसित पनि नाजायज सम्बन्ध राख्न पछि नपर्ने उनले राप्रपाका नेता शङ्कर कार्कीको किताब सम्पादन गरेर पूरा पेजभरि आफ्नो बायोडाटा छपाएका थिए ।
कुनै समय अरूले लेखेको कविता आफ्नो बाबुको नाममा छपाएर बदनामी कमाएका सुवेदीले अहिले भाइ जीवन सुवेदीको अंश हडपेर घोर अन्याय गरेका छन् । जनयुद्धमा कुनै साइनो पनि नभएका अशोक सुवेदी अहिले आफूलाई खाँटी जनयुद्धकालीन माओवादी भएको विज्ञापन गर्दै हिँडेका छन् । पार्टीका केही नेतालाई प्रभावमा पारेर उनले विप्लवलाई समेतलाई भ्रमित पार्ने कोसिस गरिरहेको कुरा विप्लव मुख्यालयका एक केन्द्रीय सदस्यले बताए । पार्टी निर्माण भएको यति छोटो समयमै पार्टीमा यस्ता तत्वहरूको चलखेलबारे विप्लव माओवादीको पार्टी केन्द्र निकै गम्भीर भएको बताइन्छ । ‘रअ’द्वारा सञ्चलित एक दैनिक पत्रिकाका प्रुफरिडर रहेका सुवेदीको चुरीफुरी देखेर असल माओवादीहरू अचम्म मान्ने गरेका छन् । जनयुद्धको नाममा उठाएको पैसाले काठमाडौंमा तीनवटा घर किनेको र अहिले कपनमा एउटा घर बाँकी राखेर दुईवटा घर बिक्री गरी उक्त रकम विभिन्न बैंकमा राखेको बताइन्छ । सुवेदीको पारिवारिक स्रोतका अनुसार अहिले उनीसित करिब दुई करोड नगद मौज्दात रहेको छ । अशोक सुवेदीको सम्पर्क विभिन्न अवान्छित निकायसँग पनि रहेकाले पार्टीको गम्भीर सूचनावाहकका रूपमा पनि उनले काम गरिरहेको स्रोतको दाबी छ ।
उनी कार्यरत सञ्चार संस्थाका एक पत्रकारका अनुसार उनले शक्तिशाली डिजिटल रेकर्डर साथमा राख्न कहिल्यै टुटाउँदैनन् । सुवेदीको यही घोर अवसरवादी र गैरराजनीतिक चरित्रका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासङ्घका नेता एवम् माक्र्सवादी लेखक खेम थपलिया आत्म–स्वाभिमानमा चोट पुगेको भन्दै महासंघको बैठकबाट बाहिरिएका थिए ।