राजन घिमिरे -‘म अब आमा’

राजन घिमिरे -‘म अब आमा’


यतिबेला नायिका अरुणिमा लम्साल गुमनाम छिन् । तर, सिनेमा क्षेत्रलाई चटक्कै माया मारेको होइन भनिन् उनले । सार्वजनिक कार्यक्रमतिर पनि त्यति धेरै देखिन छोडेकी अरुणिमालाई शुक्रबार दिउँसो भने घटना र विचारले चलचित्र विकास बोर्डको एक अन्तरक्रिया कार्यक्रममा भेट्यो । केही मोटाएको अवस्थामा देखिएकी अरुणिमालाई पहिलो प्रश्न सोधियो र खुलस्त विचार राख्ने उनले पनि नटाँटीकन जवाफ दिइन् ।

० मोटाइएछ नि, के हो –
– मोटाएकी होइन, म आमा बन्दै छु नि त † थाहा छैन –
० ए † थाहै थिएन त – यहाँ नायिहरू विवाह गरेकै कुरा त ढाँट्छन्, तर अरुणिमाले त आमा बन्न लागेको कुरा पनि खुल्स्त पारिन् नि –
– किन ढाँट्नु र † म त खुल्ला किताबजस्तै छु ।
० उसो भए डेलिभरीको डेट पनि त थाहा भइसक्यो होला नि –
– मङ्सिरमा छ डेट । केही दिन यताउता हुन्छ होला ।
० छोरा कि छोरी…-
– त्यो जाँच्ने काम भएको छैन र गर्दा पनि गर्दिनँ । जे भए पनि पहिलो सन्तान हाम्रोे घरको खुसी हुनेछ ।
० भनेपछि अब केही समय फिल्म स्टप हुने भयो, होइन त –
– त्यो त पक्का नै भयो नि † यसबीचमा मेरा रिलिज हुन बाँकी पनि थुपै्र फिल्म छन् । ती फिल्मको रिलिज हुँदासम्म म मिडियाहरूमा छाइरहने नै छु ।
० चाँडो आमा बन्न लागेजस्तो भएन –
– चाँडो होइन बरू ढिला भएजस्तो लाग्यो मलाई त । हरेक कुराको समयमै व्यवस्था गर्नु पर्दोरहेछ क्या ।
० आमा बनेपछि त क्रेज घट्ला नि –
– यो सोचाइ गलत हो । उदाहरण नै हर्ेर्नुस् न † करिश्मा अनि झरना दिदीहरू आमा भएपछि नै झन् व्यस्त हुनुभएको छ । दर्शकहरूले आमा भएकी नायिकाको कम अनि आमा नभएकी नायिकाको बढी फिल्म हेर्ने होइन नि †
० भनेपछि अहिले श्रीमान् त निकै दङ्ग हुनुहुन्छ होला नि –
– घरमा खुसी आउन लागेकोमा सबैजना दङ्ग छौँ ।

मुर्झाइन् मीना
मीठो बोली अनि क्षणभरको असल व्यवहारका कारण नायिका मीना -सुमिना) घिमिरेसँग आकरि्षत भएर आँखा चिम्लिएर उनलाई आफ्नो सिनेमामा हिरोइनको जिम्मा दिने निर्माताहरू यतिबेला टाउकोमा हात राख्न बाध्य भएका छन् । मीना -सुमिना) घिमिरेले पहिलोपटक अभिनय गरेको चलचित्र ‘दुलही’ले सोचेजस्तो व्यापार नगरेपछि त्यसपछि रिलिज हुने सुमिनाका चलचित्रहरू पनि ‘गोलखाडी’ जाने त होइनन् – निर्माताहरू तर्सिरहेका छन् ।
‘दुलही’ मात्र नभएर गत साता मात्र रिलिज भएको मीना -सुमिना) घिमिरेको अर्को चलचित्र ‘किन मायामा…’ ले पनि असफलताको स्वाद चाखेपछि त निर्माताहरू झनै आपतमा पर्न थालेका छन् । सुमिनाले अभिनय गरेका दुई चलचित्र एकपछि अर्को गरेर असफल भएपछि अहिले उनलाई आफ्नो चलचित्रमा लिने सोच बनाएका निर्माताहरू पनि दोधारमा पर्न थालेका छन् । एउटा पनि सिनेमा रिलिज नभईकन लगभग आधा दर्जन सिनेमा फटाफट पाउँदा निकै चुरीफुरीका साथ देखापरेकी मीना -सुमिना) घिमिरे यतिबेला दुईवटा सिनेमा फ्लप भएपछि ओइलाएकी छिन् ।

सञ्चितालाई कृष्णाष्टमीको प्रतीक्षा
अरुणिमा मात्र होइनन् अब अर्की नायिका सञ्चिता लुइँटेल पनि आमा बन्ने अन्तिम तयारीमा रहेकी छिन् यतिबेला । नायिक निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी सञ्चिता यतिबेला आफ्नो माइतीघर काठमाडौंमा छिन् भने निखिलचाहिँ यसै साता मुर्म्बईबाट नेपाल आउँदै छन् सञ्चिताको हेरचाह गर्न ।
पछिल्लो जानकारीअनुसार डाक्टरले दिएको समयले यदि फेल खाएन भने सञ्चिता भदौ ४ गते आमा बन्ने निश्चित छ । डाक्टरले उनलाई यही दिन तोकेर दिएका छन् भने सञ्चिताको गर्भमा छोरी भएको कुरा पनि बजारमा आएको छ । यसकारण अब निखिल एक छोरा अनि एक छोरीको पिता र दुई श्रीमतीका एक श्रीमान् हुन् । उनकी पहिलो श्रीमती कोपिलाबाट पहिले नै छोरा जन्मिसकेको छ । संयोग यसलाई पनि मान्न सकिन्छ कि जुन दिन सञ्चिताकी छोरी भदौ ४ गते जन्मिनेछिन् त्यसै दिन नायिका अरुणिमा लम्सालको जन्मदिन परेको छ र सञ्चिता यसै दिन आफ्नी छोरी जन्मियोस् भन्ने चाहन्छिन् । त्यसो त भदौ ४ गते कृष्णअष्टमीजस्तो पवित्र दिन परेकोले पनि सञ्चिताका लागि यो दिन विशेष दिन नै परेको छ ।

कलाकारले मागे रातो पासपोर्ट
कलाकारहरूले नेताहरूलाई मात्र होइन आफूहरूलाई पनि रातो पासपोर्ट चाहियो भनेर माग गरेका छन् । ‘तर रातो पासपोर्ट हामी नेताहरूले जस्तो बेचेरचाहिँ खान्नौँ,’ नायक भुवन केसीले यसै भने । चलचित्र कलाकारहरूको प्रतिष्ठा बढाउन चलचित्र विकास बोर्डले के गर्न सक्छ – भन्ने उद्देश्यसहित बोर्डले कलाकारहरूको राय, सुझाब र सल्लाह सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा माथि प्रस्तुत अभिव्यक्ति दिएका थिए । ‘हामीलाई राष्ट्रका गहना भनिन्छ तर कुनै सार्वजनिक स्थानमा जाँदा सामान्य नागरिक जसरी हामीहरू प्रस्तुत हुनुपर्छ । कुनै परिचयपत्रको व्यवस्था सरकारले नगर्नाले त्यस्तो समयमा निकै बेइज्जत हुन्छ हाम्रोे,’ अर्का नायक श्रीकृष्ण श्रेष्ठको गुनासो थियो ।
यति वर्ष कलाकारितामा लागेको प्रमाण पेस गर्न सरकारले परिचयपत्र दिने व्यवस्था गर्नुपर्‍यो । राजदूतावासमा हाम्रोे मात्र होइन मुलुकले नै गहना र सम्पत्ति भनेको कलाकारहरूको भिसा नलाग्दा मुलुककै बेइज्जत हो । त्यो हामीलाई हेपेको हो । यसतर्फ सरकारले सोच्नैपर्ने धारणा उनीहरूको थियो । ‘हिजो आएर सभासद् बनेकाहरू रातो पासपोर्ट लिएर विदेश घुम्छन् तर जिन्दगी नै कलाकारितामा होमेका कलाकारहरूले त्यो सुविधा पाउनु परै जाओस् राजदूतावासले भिसा नदिएर बेइज्जत गर्छ,’ नायिका अरुणिमा लम्सालको गुनासो थियो ।
यता पुरानी कलाकार सुभद्रा अधिकारीले भने नेपाली चलचित्रलाई उचाइमा पुर्‍याउने कलाकारहरूलाई मुलुकले बिर्सर्ेेे कुरातर्फ स्मरण गराउनुभएको थियो । ‘इतिहासलाई बिर्सियो भने भोलि त्यो इतिहासले धिक्कार्नेछ,’ उनले भनिन् । करिब तीन घन्टा निकै संवेदनशील किसिमले चलेको अन्तरक्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी र सदस्यसचिव धनराज ज्ञवालीले भने बोर्डले सकेसम्म सम्बन्धित निकायसम्म गुनासाहरूलाई पुर्‍याउने वचनबद्धता व्यक्त गर्नुभएको थियो । ‘पहिले बोर्डलाई स्वायत्त बनाइयो भने यी समस्याको क्रमशः समाधान हुनेछ,’ उहाँहरूको निचोड थियो ।

दुई भिड्दा प्रशान्त मारमा
प्रशान्त तामाङको क्रेज नघट्दै निर्माण गरिएको चलचित्र गोर्खा पल्टनले ‘वाह’ गर्न लायकको व्यापार गरेपछि गोर्खा पल्टनजस्तै धन कमाउने मन राखेर निर्माण गरिएका दुई चलचित्र नराम्ररी पछारिन पुगेका छन् यसपटक ।
चलचित्रको कथा, विषय र प्रस्तुतिलाई भन्दा प्रशान्तलाई चर्चामा ल्याउँदा सिनेमा चल्ने दुई चलचित्र किन मायामा र अंगालो यो मायाका निर्माताहरूको योजना तुहिन पुगेको छ । त्यसो त प्रशान्त खेलेको भन्दा दर्शकहरू ओइरिने आशामा गत शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएको यी दुई चलचित्रको असफलताले निर्माताहरू मात्र आर्थिक मारमा परेनन् कि सिनेमा क्षेत्रमा प्रशान्त तामाङको क्रेज पनि घट्न पुगेको छ । दुवै चलचित्रका नायक प्रशान्त नै, छायाङ्कन पनि दुवैको सिक्किमका नै थिए तर एकसाथ यी दुई चलचित्रको रिलिज नेपालमा गर्दा दुवै पछारिन पुगेका छन् । हुन त हल सञ्चालक र चलचित्र वितरकहरूले एक-अर्कासँग यी चलचित्र नजुधाउन आग्रह गरेका थिए तर दुई चलचित्रका निर्माताको ‘इगो’का कारण दुवै पछाडि र्सन मानेनन् । यही कारणले नै यी दुई चलचित्रका निर्मातालाई मारमा पार्‍यो ।