गोंगबुमा ग्यास सिलिन्डर पड्कियो, एकको मृत्यु, ४ गम्भीर

गोंगबुमा ग्यास सिलिन्डर पड्कियो, एकको मृत्यु, ४ गम्भीर


काठमाडौंका गोंगबुमा खाना पकाउने ग्यास सिलिन्डर पड्किदाँ एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् । गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएको हो । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।

ग्यासको सिलिण्ड बुधबार विहान विष्फोट भएको हो । गम्भीर घाइते भएका तामाङसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको बुझिएको छ ।

तामाङको २ः४५ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ । बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो ।