मास्टर गुरुङद्वारा खेलकुद सामग्री सहयोग

मास्टर गुरुङद्वारा खेलकुद सामग्री सहयोग


हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन् । गुरुङले हङकङबाट पठाएका सामग्री माघ १ गते सोमबार प्रदेश ३ लाई प्रदान गरिएको हो ।

गुरुङको तर्फबाट मनोज खड्गीले चेस्ट कभर प्रदेश ३ लाई प्रदान गरेका छन् । प्राप्त सामग्री प्रदेशअन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल तेक्वान्दो संघ प्रदेश ३ का संयोजक केशव पुरीले जानकारी दिए । प्रदेश ३ को कार्यालय मानभवनमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष केशव पुरी, उपाध्यक्ष पूर्वएआईजी माधव नेपाल, महासचिव राजेश प्रजापतिलगायतको उपस्थिति थियो ।

हङकङमा बस्दै आएका तेक्वान्दो मास्टर गुरुङले यसअघि पनि नेपाली खेलाडी र विभिन्न डोजाङलाई सहयोग गर्दै आएका थिए । गुरुङ हङकङमा आफ्नै डोजाङमा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण गराउँदै आएका छन् ।