एक सय चौबीस वर्षपछि दोहोरियो क्यालेन्डर

एक सय चौबीस वर्षपछि दोहोरियो क्यालेन्डर


भनिन्छ, बितेका समय फर्किंदैन । तर, समय नफर्किए पनि एक सय चौबीस वर्षपछि अङ्ग्रेजी वर्षको क्यालेन्डर हुबहु फर्किएको छ । सन् १८९५ अहिले फेरि दोहोरिएको छ र त्यसबखत जुन महिनाको जुन तारेखमा जे–जे बार परेका थिए यसपटक ठीक त्यस्तै भएको छ ।

१८९५ को जनवरी एक तारेख मंगलबार परेको थियो भने २०१९ पनि मंगलबारबाट नै शुरु भएको हो । हरेक महिनाको स्वरूप उस्तै भएपछि अब १८९५ को क्यालेन्डर हेरेपछि २०१९ को क्यान्डर पल्टाइरहनै नपर्ने भएको छ । यस प्रकरणले समय नदोहोरिए पनि क्यालेन्डरचाहिँ हुबहु भएर दोहोरिँदो रहेछ भन्ने पुष्टि हुन पुगेको छ ।