आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०७५ बुधबार, १६ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०७५ बुधबार, १६ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ माघ २ गते बुधबार तद्अनुसार सन् २०१९ जनवरी १६ तारिख पौष शुक्लपक्ष दशमी तिथि भरणी नक्षत्र १०ः१० पर कृतिका नक्षत्र शुभ योग तैतिल करण७ः३८ पर वणि करण आनन्दादिमा काण योग चन्द्रमा मेष १६ः११ पछि बृष राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः३०मा हुनेछ । आज भूकम्पसुरक्षा दिवस । अशुभ समय राहु काल– १२ः१४ देखि १३ः३३, दिशा शूल–उत्तर ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । सरकारी क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ सङ्केत देखापर्ला ।

बृष राशि – खर्च वृद्धि हुनेछ । यात्रा होला । हासविलासमा प्रवृत्ति बढ्ला । । धन मान सुख समृद्धि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । धनसम्बन्धी काम बन्नेछ । सभा समारोहमा सम्मानित हुनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ ।

मिथुन राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा सुधार हुनेछ । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै आय वृद्धि हुनेछ । नियमकानूनलाई उपेक्षा नगर्दा बेस रहला । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – चन्द्रमा राशिदेखि दशम स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र सुख बढ्नेछ र धोखा हुने डर दूर होला । राजकाजमा सफलता मिल्नुसँगै नयाँ–नयाँ काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त होला । साझेदारीसम्बन्धी काम बन्नेछ । पारिवारिक सुखशान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख आनन्द बढ्ला ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । धर्मकर्ममा रुचि बढ्नेछ ।

कन्या राशि – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख–समृद्धि बढ्ला । कला, साहित्य, गीत–संगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला । सवारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

तुला राशि – यात्रा होला । समस्याको समाधान मिल्नेछ । । भाग्यवर्द्धक काम बन्नेछ । हासविलास रुचि बढ्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

वृश्चिक राशि – चन्द्रमा राशिदेखि छैठौँ स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र कुनै प्रकारको विकासको रोकिएको काम बन्नेछ । विजयको सम्भावना देखापर्ला । आरोग्यता बढ्नेछ । साहसिक काम बन्नेछ । आशा–उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसम्बन्धी कार्यमा सफल हुनुहुनेछ । यात्रापरक काम बन्नेछ । ऐश्वर्य वृद्धि होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि – मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । धन समृद्धि वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकुलको काम बन्नेछ । विवाद आदिमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कुम्भ राशि – प्रेम पथमा सफलता मिल्नेछ । खर्च बढ्ला । भागदौड लागिरहला । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । भोगविलासप्रति रुचि बढ्ला । इष्टमित्र र सन्तानको सुख मिल्नेछ ।

मीन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण आउनेछ । आयस्रोत बढ्ला । स्वाथ्यमा सुधार होला । विश्वासघात नगरोस् भनेर ध्यान राख्नुपर्नेछ । विवाद आदिप्रति सचेत रहनु पर्ला । हुन त रोकिएको काम बन्ने र उधारो लगाइएको धन उठ्नेछ ।