सोनिया गान्धीको हिन्दूविरोधी अभियान प्रणवको पुस्तकद्वारा खुलासा

सोनिया गान्धीको हिन्दूविरोधी अभियान प्रणवको पुस्तकद्वारा खुलासा


औरंगजेब, अन्य मुगल तथा मुस्लिम हमलाकारीहरूले भारतमा हिन्दूहरूको नरसंहार गरेका थिए । उनीहरूले हिन्दू महिलालाई बलात्कार गरे, मन्दिरहरू तोडफोड गरे, धर्मको नास गरे भन्ने विवरण इतिहासमा छ । आजको समयमा पनि भारतमा हिन्दूलाई दोस्रो दर्जाको व्यवहार गर्ने प्रवृत्ति कायम देखिन्छ । खासगरी भारतीय कङ्ग्रेस सरकारले यस्तै रवैया दर्शाएको पाइन्छ । यूपीए (गठबन्धन) सरकारको पालामा यस्ता कैयन कृत्य गरियो जतिबेला सहिष्णु हिन्दूलाई आतङ्कवादी तथा बलात्कारीको बिल्ला भिराउने दुष्प्रयत्न भए । इसाई मिसनरी र मुस्लिम कट्टरपन्थीहरूलाई बढावा दिनको निम्ति हिन्दूहरूलाई पटक–पटक कठघरामा खडा गरियो । यसमा विश्लेषण गरी यस्ता तमाम कुत्सित कोसिसहरूको ‘नायिका’ रहिन् कङ्ग्रेस अध्यक्ष सोनिया गान्धी । यसको खुलासा अरू कसैबाट नभई पूर्वराष्ट्रपति प्रणव मुखर्जीको पुस्तक ‘द कोएलिसन इयर्स’ (The Coalition Years)मार्फत भएको छ । सोनिया गान्धी अध्यक्षको रूपमा सक्रिय रहेको बेला काङ्ग्रेसको नीति नै हिन्दूविरोधी थियो भन्ने मुखर्जीको पुस्तकले प्रस्ट जानकारी दिएको छ ।

हिन्दूविरोधी हुन् सोनिया गान्धी : द कोएलिसन इयर्स

प्रणव मुखर्जीले खुलासा गरेका छन् कि कसरी सोनिया गान्धीको नेतृत्वमा हिन्दूहरूलाई तारो बनाएर फसाइएको थियो । त्यसो त मुखर्जीले सोझै सोनियामाथि आरोप लगाएका छैनन्, तर कङ्ग्रेस–नीतिको दुर्नियतको पोल जरुर खोलिदिएका छन् । नोभेम्बर २००४ मा कङ्ग्रेस सत्तामा आएको केही महिनाभित्रै दिवालीको अवसर पारेर शंकराचार्य जयन्द्र सरस्वतीमाथि व्यक्ति–हत्याको आरोप लगाएर गिरफ्तार गराइयो । जतिबेला उनलाई गिरफ्तार गरिएको थियो त्यतिबेला उनी २५ सय वर्षदेखि चलिआएको त्रिकाल पूजाको तयारी गरिरहेका थिए । गिरफ्तारीपछि उनमाथि अश्लील सीडी हेरेको, महिलामाथि छेडखानी गरेकोजस्ता घृणित आरोप पनि लगाइयो । मुखर्जीले आफ्नो पुस्तक ‘द कोएलिसन इयर्स १९९६–२०१२’ मा यस घटनाको सन्दर्भबारे चर्चा गरेका छन् । उनले लेखेका छन्, ‘म उक्त गिरफ्तारीप्रति अत्यन्त असहमत तथा असन्तुष्ट थिएँ, क्याबिनेट बैठकमा यस मामलालाई उठाएको पनि थिएँ । मैले सवाल गरेको थिएँ कि देशमा धर्मनिरपेक्षताको पहुँच केवल हिन्दू सन्त–महात्माहरूसम्म नै सीमित छ ? के कुनै राज्यको पुलिसले कुनै मुस्लिम मौलवीलाई इदको अवसरमा गिरफ्तार गर्ने हिम्मत देखाउन सक्छ ?’

कङ्ग्रेसले कसरी फसायो शंकराचार्यलाई

पूर्वराष्ट्रपति प्रणव मुखर्जीको पुस्तकले भारतसामु एक ठूलो सवाल पुनः उभ्याइदिएको छ । प्रश्न यो कि काँची कामकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वतीको गिरफ्तारी र उनमाथि लगाइएको भद्दा आरोपको पछिल्तिर कासको हात थियो ? मोटामोटी तवरमा अहिलेसम्म यही ठानिँदै आएको थियो कि शंकराचार्यलाई झुटो मामलामा फसाएर गिरफ्तार गर्न लगाउने दुष्कर्मको योजना तत्कालीन मुख्यमन्त्री जयललिताले आफ्नी सबभन्दा निकट सहेली शशिकलाको इशारामा रचेकी थिइन् । त्यतिबेला कुनै जमिनसँग सम्बन्धित मामलामा भएको विवादलाई उक्त घटनाको कारकतत्वको रूपमा चित्रित गरिएको थियो । तर, प्रणव मुखर्जीद्वारा गरिएको खुलासाबाट स्पष्ट भएको छ कि गिरफ्तारी केवल जयललिताको मर्जीबाट नभई सोनियाको इसारामा भएको थियो । त्यो समय सोनिया र जयललिताबीच दोस्ती बढेको अवस्था थियो ।

इसाई मिसनरीहरूको षड्यन्त्रको सिकार बनेका थिए जयन्द्र सरस्वती

वास्तवमा जबदेखि सोनिया गान्धीले सत्ता–सञ्चालकहरूलाई निर्देशन गर्न थाालेकी थिइन् त्यसबेलाबाट नै उनले हिन्दूहरूको धार्मिक–सांस्कृतिक आस्था तथा प्रचलनमाथि कुल्चिन शुरु गरेकी थिइन् । हिन्दूहरूको सामाजिक मूल्य–मान्यतालाई चकनाचुर गर्न उनले त्यसबेलैबाट आरम्भ गरिन् । शंकराचार्यको गिरफ्तारी केवल भारतीय हिन्दू समाजका सर्वश्रेष्ठ महात्मालाई अपमानित गर्नको निम्ति रचिएको योजनााकाो कार्यान्वयन थियो । यो स्पष्ट छ कि हिन्दू धर्मका त्यति ठूला सन्तलाई गिरफ्तार गरेर मिडियामा उपहास गर्नका लागि इसाई षड्यन्त्रकै एक हिस्सा थियो ।

कारण यो पनि थियो

यो कुरा पनि बेलाबेला सामुन्ने आइरहन्थ्यो कि भारतमाा इसाई धर्मलाई बेरोकटोक फैलाउनका लागि बाधकका रूपमा रहेका काँचीका शंकराचार्यलाई जानीबुझी फसाइएको थियो । जुन बेला मीनाक्षीपुरममा ठूलो सङ्ख्यामा धर्मपरिवर्तनका घटनाका कारण सिङ्गै हिन्दू समाज स्तब्ध थियो, त्यसैबेला काँची मठले सचल मन्दिर बनाएर दलित बस्तीमा पठाउँदै भने कि यदि तपाईंहरू मन्दिरसम्म आउन सक्नुहुन्न भने मन्दिर नै तपाईंहरू भए ठाउँ पुग्नेछ । सामाजिक असमानता दूर गर्नका लागि जति कोसिस काँची मठले गरेको थियो, त्यति प्रयास अन्य हिन्दू सङ्घ–संस्थाले गरेका थिएनन् । इसाई मिसनरीका लागि यो कुरा निकै खट्किएको थियो । जयन्द्र सरस्वतीको गिरफ्तारी आन्ध्र प्रदेशबाट गरियो जहाँ कङ्ग्रेसको सरकार थियो । गिरफ्तारीपछि उनलाई तमिलनाडुस्थित भेलोर जेलमा राखियो भने त्यहाँ उनलाई यातना पनि दिइएको थियो ।

निकै तथ्य अझै छुपाएका छन् प्रणवले

मानिँदै छ कि प्रणवकै दबाबका कारण पछि मनमोहन सिंहले उक्त मामलामा जयललितालाई पत्र लेखेर चिन्ता जनाएका थिए, तर त्यतिबेलाकी सुप्रिम लिडर सोनिया गान्धी सो मामलामा मुख नखोली चुपचाप बसिन् । आफ्नो पुस्तकमा प्रणवले यो सन्दर्भलाई हल्का उठाएर विषयान्तर गरेका छन् । तथापि, यत्तिकैले पनि यतिबेला नयाँ बहस भने जन्माएको छ । एक न एक दिन वास्तविकताको खुलासा हुने नै छ कि हिन्दूहरूको सबैभन्दा ठूला धर्मगुरुलाई गिरफ्तार गरेर उनलाई अपमानित गर्ने षड्यन्त्रको पछिल्तिर खास दोषी को थियो । यथार्थमा भन्नुपर्दा चाहिँ सोनिया गान्धीको एक मात्र एजेण्डा भारतमा इसाई धर्मलाई फैलाउनु रहँदै आएको छ ।

सोनियाकै दिमागको उपज थियो ‘हिन्दू–आतङ्कवाद’ शब्द

हिन्दूको गतिविधिका निम्ति कहिल्यै ‘आतङ्कवाद’ शब्द प्रयोग गरिएको थिएन । मालेगाउँ र सम्झौता ट्रेन–विस्फोट घटनापछि कङ्ग्रेस सरकारले अत्यन्त गहिरो षड्यन्त्रअन्तर्गत हिन्दू सङ्गठनहरूलाई उक्त विस्फोट काण्डमा मुछ्दै यस्तो धारणा लाद्ने प्रयास गऱ्यो कि देशमा ‘हिन्दू आतङ्कवाद’को खतरा मडारिन थालेको छ । जब कि परिस्थिति त्यसरी व्याख्या गर्नुपर्ने प्रकारको कुनै कोणबाट पनि थिएन । उक्त प्रकरणमा जे–जति निर्दोष हिन्दू कार्यकर्ताहरूलाई गिरफ्तार गरी वर्षौं जेलमा सडाइयो, उनीहरू सबै वर्षौंपछि निर्दोष साबित भई रिहा हुँदै छन् । मुम्बई हमलापछि तात्कालिक काङ्ग्रेस महासचिव दिग्विजय सिंहले सो घटनामा हिन्दू सङ्गठनहरूको हात रहेको दाबी गरेका थिए । यसको पछिल्तिर पनि सोनिया गान्धी र अहमद पटेलको हात रहेको मानिँदै छ । दिग्विजयको उक्त वयानबाजीलाई पाकिस्तानले निकै प्रयोग गऱ्यो र अहिलेसम्म पनि पाकिस्तान दिग्विजय सिंहको हवाला दिँदै उक्त हमलाको पछिल्तिर आरएसएसको हात रहेको बताउने गर्दछ । तर, त्यस्तो मनगढन्ते वयानबाजी गर्ने दिग्विजयमाथि काङ्ग्रेसले कहिल्यै कुनै कारबाही गरेन, न त सो अभिव्यक्तिको खण्डन नै गऱ्यो ।

यसैगरी यूपीए सरकारको समयमा मालेगाउँ ब्लास्ट मामलामा उत्तरप्रदेशका हालका मुख्यमन्त्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयम्सेवक सङ्घका प्रमुख मोहन भागवतलाई फसाउने षड्यन्त्र रचिएको थियो । यो खुलासा उक्त मामलामा नौ वर्षपछि जेलबााट रिहा भएका सुधाकर चतुर्वेदीले हालै गरेका हुन् । काङ्ग्रेस नेता पी. चिदम्बरम्, दिग्विजय सिंह र शरद पवार मिलेर उक्त षड्यन्त्र रचेका चतुर्वेदीको दाबी छ । यसमा पनि सोनियाकै हात रहेको विश्लेषण गरिन थालिएको छ ।

हालै खुलासा भएअनुसार १८ फेब्रुअरी २००७ मा सम्झौता एक्सप्रेसमा भएको विस्फोट प्रकरणमा पनि पाकिस्तानी मुसलमानलाई जोगाएर हिन्दूलाई फसाइएको थियो । उक्त विस्फोटको बहानामा ‘हिन्दूआतङ्कवाद’ शब्द जोडतोडले प्रचारमा ल्याइएको थियो । उक्त घटनामा पाकिस्तानी आतङ्कवादी पक्राउ परेको थियो, उसले आफ्नो अपराध स्वीकार पनि गरेको थियो । तर, चौध दिन हिरासतमा राखेर चुपचाप उसलाई रिहा गरियो । उल्टै यसमा स्वामी असीमानन्दलाई फसाइयो । उक्त प्रकरणमा पाकिस्तानी आतङ्कवादीलाई कसको आदेशमा छोडिएको थियो ? यो प्रश्न अहिले पनि उत्तिकै सामयिक ठानिन्छ । जब कि त्यस तहको अपराधीलाई उच्च राजनीतिक स्तरको पहलबिना उन्मुक्ति मिल्न सक्ने अवस्थै थिएन ।

इसाई धर्म प्रसारमा सोनियाको प्रत्यक्ष संलग्नता

भारतमा हिन्दू आवादी घटिरहेको छ, किनकि हिन्दू समुदायले कहिल्यै धर्म परिवर्तन गराउने अभियानमा आफूलाई संलग्न गराएन । जब कि, भारतमा धर्मान्तरको एक ठूलो नेटवर्क नै चलिरहेको छ, र त्यसमा सोनिया गान्धीको ठूलो सहयोग रहेको दाबी गरिन्छ । अरुणाचल प्रदेशमा त उनको ‘इन्ट्रेस्ट’ खुलस्त नै देखिएको छ । बितेको दश वर्षमा इसाई मिसनरीमार्फत उनले त्यहाँका आदिवासीलाई धर्म परिवर्तन गराएको आरोप लागेको छ । अरुणाचल प्रदेशमा सन् १९५१ मा एकजना पनि इसाई थिएनन्, तर २००१ मा त्यहाँ इसाई आवादी १८ प्रतिशत पुग्यो । २०११ को जनगणनाको परिणामअनुसार यतिबेला त्यहाँ इसाई उपस्थिति ३० प्रतिशतभन्दा ज्यादा देखिएको छ । अरुणाचलमा धर्मान्तरणको सिलसिला १९८४ मा राजीव गान्धी प्रधानमन्त्री बनेपछि नै शुरु भएको थियो । राजीव सरकारले सोनियाकै विशेष जोडमा अरुणाचलमा इसाई मिसनरीहरूलाई आफ्नो सेन्टर खोल्न स्वीकृति दिएको थियो ।

विकिलिक्सकोे खुलासा

१७ डिसेम्बर २०१० मा विकिलिक्सले राहुल गान्धीले २० जुलाई २००९ मा भारतका लागि अमेरिकी राजदूत टिमोथी रोमरसँग गरेको एक वार्तालापको विवरण एक्सपोज गरिदिएको थियो । अमेरिकी राजदूतसँग राहुलले भनेका थिए– ‘भारतविरोधी मुस्लिम आतङ्कवादी र वामपन्थी आतङ्कवादीभन्दा भारतको निम्ति हिन्दूहरू बढ्ता खतरा हुन् ।’ यसबाट भारतका एक अर्ब हिन्दू नागरिकप्रति गान्धी परिवार तथा कङ्ग्रेस पार्टीको दृष्टिकोण के रहेछ भन्ने प्रस्ट हुन्छ । भारतीय कङ्ग्रेस हमेसा हिन्दूधर्म तथा परम्पराको उपहास गर्न उद्यत् रहँदै आएको अनेक दृष्टान्त भेटिन्छन् । धर्मपरिवर्तनको मामलामा कङ्ग्रेस हरदम गैरहिन्दूको पक्षमा उभिने गरेको र कुनै व्यक्ति हिन्दू बन्यो भनेचाहिँ खोजीनिती गरेर त्यसलाई गलत भन्न बेर नलगाउने गरेको भारतीय विश्लेषकहरूको लेखनी पाइन्छ ।

(भारतीय मिडियाको सहयोगमा)