माघेसंक्रान्ति नुहाउने क्रममा एक युवा बेपत्ता

माघेसंक्रान्ति नुहाउने क्रममा एक युवा बेपत्ता


माघेसंक्रान्तिमा त्रिशूली र कालीगण्डकीको संगम देवघाट वेणीमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९ः३० बजे नदीमा नुहाउन गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

तनहुँतर्फबाट पौडी खेल्दै नवलपुरतर्फको भागमा पुगेका गुरुङ फर्कने क्रममा नदीको छालमा परेर बेपत्ता भएको अर्यालले बताए । उनी कान्तिपुर पब्लिकेसनको भरतपुर कार्यालयमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । बेपत्ताको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन केन्द्र कुरिनटार चितवनबाट खटिएको टोलीले खोजी गरिरहेको छ ।