हुण्डी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ

हुण्डी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ


हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ ।

विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोबारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने बताइएको छ ।

rss