धर्म परिवर्तनको विरुद्धमा राप्रपाको घरदैलो

धर्म परिवर्तनको विरुद्धमा राप्रपाको घरदैलो


जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको भन्दै त्यसविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो कार्यक्रम गर्ने भएको छ । पार्टीको एजेण्डा सम्पूर्ण नेपालीको घरमा पुऱ्याउने उद्देश्यले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने सो पार्टीले जनाएको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको राप्रपा अध्यक्ष कमल थापाको भनाई छ । धर्मनिरपेक्षको फोहरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दू राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकाले आफ्नो पार्टीले हिन्दूराष्ट्रलाई मुख्य एजेण्डा बनाएको उनले बताए ।