प्रतिनिधिसभाद्वारा तीन विधेयक पारित

प्रतिनिधिसभाद्वारा तीन विधेयक पारित


प्रतिनिधिसभाको आइतबार बसेको बैठकले तीन विधेयकलाई बहुमतले पारित गरेको छ ।

बैठकले पारित गरेका विधेयकमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फस्र्योट विधेयक, २०७५ रहेका छन् ।

बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ र अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फस्र्योट विधेयक २०७५ विधेयक प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा मन्त्री बस्तेतले संकटपूर्ण वनस्पति र वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताए । विधेयकमाथि सांसदहरू प्रेम सुवाल, मोहन बानियाँ, छक्कबहादुर लामा र सञ्जय गौतमले भाग लिएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले निवृत्तिभरण कोषलाई व्यवस्थित बनाउन निवृत्तिभरण कोष विधेयक ०७५ आएको जानकारी दिए । सो विधेयकमाथिको छलफलमा प्रेम सुवालले भाग लिएका थिए ।

यसैगरी आजको बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति ग¥यो । । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि छलफलमा सांसदहरू कृष्ण पोखरेल, प्रेम सुवाल र देवप्रसाद गुरुङले भाग लिएका थिए ।