मिसेज तथा मिस हेरिटेज इन्टरनेसनलमा विसुराल र श्रेष्ठले सहभागिता जनाउने

मिसेज तथा मिस हेरिटेज इन्टरनेसनलमा विसुराल र श्रेष्ठले सहभागिता जनाउने


आगामी फेब्रुअरीमा सिंगापुरमा आयोजना हुने मिसेज तथा मिस हेरिटेज इन्टरनेसनलमा नेपालका दुर्गा विसुराल र अदिती श्रेष्ठले सहभागिता जनाउने भएका छन् ।

उनीहरू त्यसका लागि पुस २७ गते ग्रिन आर्टस् मिडिया प्रालिद्वारा लाजिम्पाटस्थित शंकर होटेलमा आयोजित कार्यक्रमबाट छनोट भएका हुन् ।

४० देशका प्रतियोगी सहभागी हुने उक्त कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित सामाखुसीनिवासी मिसेज विसुराल सोसियोलोजीमा मास्टर्स हुनुको साथै विभिन्न व्यवसायमा आबद्ध रहनेकी छिन् । उनी एक समाजसेवीका रूपमा पनि परिचित छिन् । यसैगरी मिस हेरिटेज इन्टरनेसनलमा सहभागिता जनाउने श्रेष्ठ सामाजिक कार्य विषयमा नेस्फिल्ड कलेजकी स्नातक दोस्रो वर्षकी दिद्यार्थी हुन् ।

प्रतियोगिताको उद्देश्य युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा रहेका विश्वका विभिन्न मुलुकमा रहेका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्नु रहेको छ । यसको सञ्चालन ई प्लानेटद्वारा सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज इन्टरनेसनलले गर्नेछ ।

सन् २०१५ र २०१६ मा भएका मिसेज हेरिटेजको उपाधि नेपालका क्रमशः रजनी थापा र मञ्जु बञ्जरा ढकालले जितेका थिए ।