पारा ह्विलचेयर क्रिकेटमा जावलाखेल च्याम्पियन

पारा ह्विलचेयर क्रिकेटमा जावलाखेल च्याम्पियन


जावलाखेल पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा क्रिकेटको ह्विलचेयरतर्फ पहिलो भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा जावलाखेलले बीआईएलाई २२ रनले पराजित गऱ्यो ।

जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट ब्याट्सम्यान चुनिए । बीआईएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा ह्विलचेयर क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ नीलो टिमले रातो टिमलाई ५३ रनले हराउँदै पहिलो भयो ।

नीलोका छविलाल धोबी ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट बलर ठहरिए । विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ह्विलचेयर क्रिकेट संघ नेपालले सदस्यसचिव विष्ट र अन्नपूर्ण पोस्टका फोटो पत्रकार विकास कार्कीलाई सम्मान गरेको थियो ।