महिला बास्केटको उपाधि समृद्धिलाई

महिला बास्केटको उपाधि समृद्धिलाई


समृद्धि गोरिल्लाजले तेस्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै नयाँ च्याम्पियन बनेको हो । पहिलो संस्करणको उपाधि प्राइमले जितेको थियो । समृद्धिका लागि मुना महर्जनले १६ अंक योगदान गरेकि थिइन् ।

फाइनलसहित समृद्धि र साइपालको प्रतियोगितामा तेस्रो भेट हो । अघिल्ला दुवै भेटमा साइपालले समृद्धिलाई पराजित गरको थियो । साइपालले समृद्धिलाई राउन्ड रोविन लिगमा ४३–३६ तथा क्वालिफायरमा ५४–३२ ले हराएको थियो ।

समृद्धिकी मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । समृतिकै प्रेडिना महर्जन ‘डेरिङ सिक्स म्यान’ बनिन् भने काठमाडौं नर्थ पोल बास्केटबल क्लबकी अस्मिता केसीले ‘मोस्ट इम्प्प्रुभल प्लेयर’को उपाधि जितिन् । चण्डोलस्थित आयोजकमध्येको एक बीएमकेको कोर्टमा आठ दिनसम्म चलेको प्रतियोगितामा ५ टिम सहभागी थिए ।