नुवाकोट र धादिङमा ४७ हल गोरु जुधाइने

नुवाकोट र धादिङमा ४७ हल गोरु जुधाइने


यस बर्षको माघे संक्रान्तिका दिन नुवाकोट र धादिङमा मात्रै ४७ हल गोरु जुधाइने भएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नुवकोटको तारुकामा २३, बेत्रावतीमा ८, घले गाउँमा १६ र धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउनका लागि दर्ता भएको जानकारी गराइएको हो ।

यसअघि नुवाकोटको बेत्रावती र तारुकामा मात्रै गोरु जुधाइन्थ्यो । गोरु जुधाइसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको समाजले जनाएको छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । प्रतिस्पर्धी गोरुको बीमा गरिएको र विजेता–उपविजेताले लाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।