कङ्गोमा प्रतिद्वन्दी दलद्वारा पुनः मतगणनाका लागि अदालत जाने

कङ्गोमा प्रतिद्वन्दी दलद्वारा पुनः मतगणनाका लागि अदालत जाने


कङ्गोमा हालै भएको राष्ट्रपतीय निर्वाचनमा दोस्रो भएको पार्टीले पुनः मतगणना गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराउने भएको छ ।

निर्वाचनमा आफ्नो पार्टीले ६१ प्रतिशत मत पाएको भएपनि मतगणनामा धाँधली भएको भन्दै दोस्रो ठूलो पार्टीले संवैधानिक अदालतमा मुद्दा दिन लागेको हो । ‘पुनः मतगणनाको माग गर्दै हामी शनिबार संवैधानिक अदालतमा जान लागेका छौ,’ पार्टीका नेता मार्टिन फायुलुले आफ्ना समर्थकहरूको ¥यालीमा शुक्रबार भने ।

गत बिहिबार घोषणा गरिएको निर्वाचन परिणाममा फेलिक्स टीसिसेकेडीले ३८.५७ प्रतिशत मत ल्याएर विजयी भएको र फयुलुले ३४.८प्रतिशत मत ल्याएर दोस्रो भएको घोषणा गरिएको थियो ।

वर्तमान राष्ट्रपति जोसेफ काबिलाको समर्थनमा उम्मेदबार बन्नु भएका इम्मानुयल रमजानी शडारीले भने २३.८ प्रतिशत मत ल्याएर तेस्रो भएका थिए । घोषित निर्वाचनले धेरैलाई चकित बनाएको समाचारमा जनाइएको छ । निर्वाचन अघि धेरैले फायुलुले नै निर्वाचन जित्ने दावी गरेका थिए ।