यमनमा ड्रोन आक्रमणमा ६ सैनिकको मृत्यु

यमनमा ड्रोन आक्रमणमा ६ सैनिकको मृत्यु


यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरूले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परी सरकारसमर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ ।

संयुक्त राष्ट्र संघको उपस्थितिमा स्विडेनमा गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारबीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रूपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ ।

अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएको छ । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो ।

यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरूसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।