इन्टरनेसनल बक्सिङमा नङ्जा र ललिताको सनसनी

इन्टरनेसनल बक्सिङमा नङ्जा र ललिताको सनसनी


नेपालका नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाइनल भिड्न्त पक्का गरेका छन् । ४८ केजी तौलमाको सेमिफाइनलमा बुढामगरले भारतकी दीपिकालाई अंकको आधारमा ४–१ ले हराइन् । महर्जनले भुटानकी तान्जिङ लामोलाई अंककै आधारमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरिन् । महिला ५१ केजीमा नेपालकी माला राई, ५४ केजीमा नेपालकै निसा तामाङ र ६० केजीमा नेपालकै संगीता सुनारले फाइनल यात्रा तय गरेका छन् ।

बोसीगाउँमा भएको प्रतियोगिताको पुरुष स्पर्धामा नेपालले वर्चश्व जमायो । ४९ केजीमा नेपालका तेजबहादुर देउवा र प्रदीप महर्जन फाइनलमा पुगे । ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाइनल भिडन्त पक्का गरे । ५६ केजीमा नेपालका विमल रोका र पुरन राई फाइनल प्रवेश गरे । ६० केजीमा नेपालका एकबहादुर घले र भुटानका निमा दोर्जी फाइनल पुगे । त्यस्तै ६४ केजीमा नेपालका भूपेन्द्र थापामगर र भुटानका दोर्जी वाङ्जेली उपाधिनजिक पुगेका छन् । ६९ केजीमा नेपालका विकास लामा र विष्णुप्रसाद घले र ७५ केजीमा नेपालका दीपक श्रेष्ठ र भारतका रवि सुनारले फाइनल भिडन्त पक्का गरे ।

प्रतियोगिताको गृहमन्त्री रामबहादुर थापाले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई खेल सामग्री हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगिताका स्वर्ण विजेताले १५ हजार, रजत विजेताले १० हजार तथा कांस्य विजेताले जनही ५ हजार नगद प्राप्त गर्नेछन् ।