माओवादीको डफ्फा -श्रीविक्रम भण्डारी

माओवादीको डफ्फा -श्रीविक्रम भण्डारी


खेलकुदको घाँटी फेरि रेटिने
एकीकृत माओवादी पार्टीले युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बनाएपछि विभिन्न अड्कल र अनुमान समाप्त भएका छन् । खेलकुदले कस्तो सदस्यसचिव पायो त्यसको बारेमा चर्चा सुरु हुनु अगावै माओवादीकै भ्रातृ सङ्गठन नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले पार्टीको यो निर्णयको विरोध गरेको छ । महासङ्घले आफूहरूलाई थाहै नदिई पार्टीले लामालाई नियुक्ति गरेकोमा आपत्ति प्रकट गरेको छ । महासङ्घले पार्टीलाई चुनौती दिँदै समयमै उचित कदम नउठाए आन्दोलनमा उत्रिने धम्कीसमेत दिएको छ । अध्यक्ष जयन्त चन्दले महासङ्घलाई पाखा लगाएर पार्टीले खेलकुदमा के गर्न लागेको हो त्यो गम्भीर विषय बनेको स्पष्ट पारेका छन् । अध्यक्ष चन्दले पार्टीको यो निर्णयले महासङ्घको भविष्यमा प्रश्नचिह्नसमेत लागेको स्मरण गराउँदै यो समग्र खेलकुदका लागि दुर्भाग्य भएको खुलासा गरेका छन् ।
पूर्वकराते प्रशिक्षक युवराज लामा राखेपको सदस्यसचिवमा नियुक्ति भएपछि अहिले खेलकुदमा नौलो रक्तसञ्चार भएको छ । र पनि, लामाका चुनौतीहरूमा भने कुनै कमी आएको छैन । खेलकुदका समस्याहरू ज्युँका त्युँ रूपमा रहेका छन् । वास्तविक रूपमा भन्नुपर्दा उनको जिम्मेवारीको बोझ अझ बढेको छ । पहिलोे लथालिङ्ग र भताभुङ्ग रूपमा रहेको खेलकुद सम्हाल्ने र दोस्रो खेलकुदलाई विवादमुक्त गराउने । के लामा यसमा सफल होलान् त्यो प्रतीक्षाको विषय बनेको छ । लामाले राखेप प्रवेशका क्रममा आफ्नो खेलकुदमा आउनुको उद्देश्य प्रस्ट रूपमा राखे पनि यो त्यति सजिलोचाहिँ पक्कै छैन । त्यसका लागि उनले खेलाडी र प्रशिक्षकभन्दा पनि राजनीतिक दलका कार्यकर्तालाई रिझाउन सक्नुपर्नेछ । उनीहरूसँगको असमझदारी लामाका लागि रोडा बन्ने कुरामा दुईमत छैन । नेपाली खेलकुद गुटबन्दीको पराकाष्ठाबाट गुज्रिरहेकोले लामाले उठाउनेे हरेक कदममा विरोध नहोला भन्न सकिँदैन । अझ आफ्नै खेलकुद महासङ्घले लामाको नियुक्तिको विरोध गरिरहेको अवस्थामा खेलकुद उनका लागि फलामको चिउरा सावित नहोला भन्न सकिँदैन ।
लामाले आफू खेलकुदमा अँध्यारोमा झटारो हान्न नभई लामो समयको गृहकार्यपछि आएको बताएका छन् । खेलकुदका हरेक क्रियाकलापबाट आफू जानकार भएको र खेलकुदमा के गर्नुपर्छ भन्नेबारेमा आफू दिग्भ्रमित नभएको स्पष्ट पारेका छन् । खेलकुदका सबै राम्रा नराम्रा पक्षका बारेमा आफूलाई जानकारी भएको र त्यसको समाधानको उपाय पनि आफूसँग भएको खुलासा गरेका छन् । झ्वाट्ट सुन्दा लामाका यी कुरा सुगारटाइजजस्तो भन्दा अलि फरक भए पनि महत्त्वाकाङ्क्षी भने अवश्य छन् । उनले जुन सोच बनाएर खेलकुदमा प्रवेश गरेका छन् त्यो आफैंमा उत्कृष्ट भए पनि जबसम्म व्यवहारमा खरो उत्रिन सक्तैनन् तबसम्म पत्याउन सकिँदैन । यर्सथमा कि अहिलेसम्म खेलकुदमा सोचेअनुरूपका कुनै पनि कार्य सफल भएका छैनन् । सबै कागतमै सीमित भएर रहेका छन् । विगतको खेलकुदको इतिहासलाई कोट्याउँदा पनि यथार्थलाई कदापि लुकाउन सकिँदैन । तर्सथ लामाको सोच र आगमन पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भयो भने कुनै आर्श्चर्य मान्नुपर्ने छैन ।
अहिले खेलकुदमा थुप्रै पानी बगिसकेको छ । अहिलेको खेलकुद भनेको २१औँ शताब्दीको हो, जुन लामाको कल्पनाबाहिरको हुनसक्छ । त्यसबेलाको अनुशासन अहिले खेलकुदमा छैन भन्दा अतिशयोक्ति नहोला । जहाँ अनुशासन हुँदैन त्यहाँ कस्तो बेथिति हुन्छ, त्यो लामाले राम्रोसँग बुझेको हुनुपर्छ । कुनै दिन खेलकुदको सौर्न्दर्यको रूपमा रहेको अनुशासन अहिले खेलाडीदेखि पदाधिकारीले पोलेर खाइसकेका छन् । यस्तो अवस्थामा खेलकुदलाई कदापि सहज रूपमा लिन सकिँदैन । अझ कुनै राष्ट्रिय खेलकुद नीति नभएको ठाउँमा आफ्नो विचार लाद्नुको पछाडि अर्को अर्थ पनि लाग्न सक्छ । र्
वर्तमान अवस्थामा नेपाली खेलकुदको विकासको कुरा गर्दा नाक खुम्च्याउने अवस्था छ । खेलकुदको विकासको नाममा राष्ट्रिय खेलकुद परिषद्मा १ सय तीन खेलका सङ्घहरू दर्ता भए पनि नेपाली खेलकुद अझ अघोगतितर्फ लागेको छ । प्रत्यक्ष र परोक्ष रूपमा नेपाली खेलकुदसँग कुनै सम्बन्ध नराख्ने खेलका सङ्घहरूको उदयले नेपाली खेलकुदको साखलाई धुमिल्याउने कार्य गरिरहेका छन् । जुन नेपाली खेलकुदका लागि दुर्भाग्य बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूको अदूरदर्शिता र राजनीतिक हस्तक्षेपले गर्दा राखेप नाम मात्रको खेल संस्थाको रूपमा परिणत भएको छ । खेलाडी र पदाधिकारीहरू राजनीतिक प्रभावमा रङ्गीनु साँच्चिकै विडम्बना भएको छ । तर्सथ अहिले खेलकुदको विकासभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने अभीष्टका कारणले खेलकुदको विकासले फड्को मार्न नसकेको प्रस्ट भइसकेको छ । अझ खेलकुदलाई मागिखाने भाँडो बनाउने जमात हाबी हुनु खेलकुदका लागि अर्को दुर्भाग्य भएको छ ।
नेपालमा खेलकुदको विकास नहुनुमा सरकार प्रमुख रूपमा दोषी देखिएको छ । सरकारले खेलकुदको प्रभावकारिता बुझ्न नसक्नु र गैरजिम्मेवारी रूपमा प्रस्तुत हुनुले खेलकुदको विकासमा तगारो लागेको छ । खेलकुदविज्ञको कार्य राजनीतिक कार्यकर्ताको हातमा सुम्पेर खेलकुदमाथि खेलवाड गरिरहेको छ । टाउकोमा दल्नुपर्ने औषधि जबर्जस्ती नाइटोमा दल्न लगाएर खेलकुदको प्रतिष्ठामाथि प्रश्नचिह्न खडा गरिदिएको छ । अर्को रूपमा भन्नुपर्दा खेलकुदको ‘खे’सम्म बुझेको राजनीतिक कार्यकर्तालाई खेलकुदको र्सर्वेसर्वा बनाएर खेलकुदलाई घरको न घाटको बनाउनमा कुनै कसर छाडेको छैन । अहिले यो कुरालाई सरकारले पुनः दोहोर्‍याएर खेलकुदको आबरुमाथि नराम्रोसँग खेलेको छ । अझ खेलकुदलाई जहिले पनि सौताको व्यवहार गर्दै आएको राज्यले मुलुकमा गणतन्त्र आइसक्दासमेत आफ्नो सोच र रवैयामा कुनै परिवर्तन गरेको छैन । सीमित अर्थात् कर्मचारीलाई तलब खुवाउने मात्र वारि्षक बजेट दिएर खेलकुदप्रति गैरजिम्मेवारी रूपमा प्रस्तुत हुँदै आएको कसैबाट छिपेको छैन ।
खेलकुदको विकासमा राजनीतिक निर्देशनको आवश्यकता चाहिने भए पनि हस्तक्षेप गर्न कदापि मिल्दैन । तर, पञ्चायतकालदेखि गणतन्त्रकालसम्म खेलकुदमा एउटै व्यवस्था लाद्नु विडम्बनाको विषय बनेको छ । मुलुकमा प्रजातन्त्रको उदयसँगै आफ्नो काँचुली फेरिने विश्वास गरेको खेलकुदमा त्यसपछि भएका राजनीतिक हस्तक्षेपका शृङ्खलाले खेलकुदलाई कोमामा पुर्‍याइदिएको छ । अहिले खेलकुद उकुसमुकुसको वातावरणमा छटपटाइरहेको छ । लथालिङ्ग र भताभुङ्गको अवस्थामा गुज्रिरहेको छ । राहत र उद्दारका लागि छटपटाइरहेको छ । र पनि, सरकारले कर्केनजरले हेर्ने कोसिससमेत गरेको छैन । खेलकुदलाई बेवारिस रूपमा त्यसै छोडिएको छ । झलनाथको सरकारले कुर्सी बचाउन पुनः खेलकुदको घाँटी रेटेको छ । अहिले खेलकुदको ज्यान युवराज लामाको हातमा रहेकोले उनले कस्तो एक्सन कट गरेर खेलकुदलाई बचाउँछन् त्यो हेर्न लायक भएको छ ।

न्यु बुद्धप्रकाश च्याम्पियन
प्रथम डब्लूएमएमसी राष्ट्रिय अन्तरविद्यालय उसु प्रतियोगितामा न्यु बुद्ध प्रकाश स्कुल आइतबार च्याम्पियन बनेको छ । बुद्ध प्रकाशले १७ स्वर्ण जित्यो । मजदुर सहिद स्मृति क्लबको आयोजना तथा विद्यालय उसु कमिटीको सहआयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसाथ जलजला शिशु सदन स्कुल दोस्रो भयो । ७ स्वर्ण जितेको प्रनिधि स्कुलले तेस्रो स्थानमा चित्त बुझायो । राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको थाउलुतर्फ छात्रमा बुद्ध प्रकाशका रिन्जी शर्ेपा तथा छात्रामा जलजलाकी करुणा महर्जन उत्कृष्ट खेलाडी चुनिए । सान्सौतर्फ छात्रमा श्रमज्योतिका इन्दु शर्मा तथा छात्रामा महादेवकी सुजाता सुब्बा उत्कृष्ट खेलाडी ठहरिए । उत्कृष्ट चारैले एक-एक हजार नगद पुरस्कार प्रतप्त गरे । विजेतालाई राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभएको थियो । चारदिने प्रतियोगितामा ४५० खेलाडीले कुल ५१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

इलाइटलाई मेगा फुटबल उपाधि
रूपन्देहीको बुटवल इलाइट स्कुलले प्याब्सन प्रेसिडेन्ट मेगा कप छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको उपाधि भिडन्तमा इलाइटले सुनसरीको जेम इंग्लिस बोरि्डङ स्कुलमाथि १-० को सङ्घर्षपूर्ण जित हात पार्‍यो । विमल र्घर्तीमगरले खेलको ७औँ मिनेट गरेको गोल नै इलाइटलाई उपाधि चुम्न पर्याप्त रह्यो । उनले फि्रकिक अवसरलाई सदुपयोग गरेका थिए । फाइनलको ‘म्यान अफ द म्याच’ इलाइटका रञ्जन थापा बने ।
विजेता इलाइटले ५० हजार नगद हात पार्‍यो भने जेमले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो । प्याब्सनद्वारा आयोजित तथा मेगा बैंक नेपाल लिमिटेड मुख्य प्रतयोजक रहेको प्रतियोगितामा इलाइटका विमल र्घर्तीमगर उत्कृष्ट खेलाडी चुनिए । ललितपुरको धापासीस्थित जेम्सका अतुल गौतम र फेङ ली गुरुङ सर्वाधिक गोलकर्ताको सूचीमा
अग्रस्थानमा रहे । दुवैले प्रतियोगिता अवधिभर समान ८-८ गोल गरेका थिए । विजेतालाई शिक्षामन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गंगालाल तुलाधर, आयोजक अध्यक्ष राजेश खड्का, महासचिव विजय सम्बाङ्फेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । समापनका अवसरमा प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्था तथा महानुभावहरूलाई मायाको चिनोका साथै प्रशंसापत्र प्रदान गरिएको थियो । प्रतियोगिताको यो पहिलो संस्करण हो ।

पौडीमा श्रेयाको सनसनी
हालै सम्पन्न भएको १६औँ राष्ट्रिय खुला तथा उमेर समूह पौडी प्रतियोगितामा श्रेया धितालले सनसनीपूर्ण प्रदर्शन गरेकी छिन् । श्रेया यो प्रतियोगितामा दस स्वर्ण पदक जित्न सफल भएकी थिइन् । दुई दिनसम्म सञ्चालन भएको उक्त पौडी प्रतियोगितामा श्रेयाले पहिलो दिन ६ स्वर्ण पदक जितेकी थिइन् । दोस्रो दिन पनि उत्कृष्ट प्रदर्शन जारी राख्दै उनी थप चार स्वर्ण पदक जितेर प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भएकी थिइन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि प्रसन्न मुद्रामा देखिएकी श्रेयाले आफूले यो उपलब्धि हासिल गर्न निकै मिहिनेत गरेको बताइन् । त्यस्तै यो प्रतियोगितामा करिश्मा कार्की, विविधा रिमाल, अनमोल गान्धी, शिरिष गुरुङ, प्रसिद्धजंग शाही र पुष्पराज शाही पनि स्वर्ण पदक जित्न सफल भएका थिए ।