मिनाले सु थप्दा अर्कै खुलासा -राजन घिमिरे

मिनाले सु थप्दा अर्कै खुलासा -राजन घिमिरे


‘चलचित्र दुलहीमा दुलही बन्दा कस्तो लाग्यो -‘ भनेर सञ्चारकर्मीको प्रश्न आउँदा यसै चलचित्रकी नायिका सुमिना घिमिरेले भनेकी थिइन् ‘डर लाग्यो ।’
उनको यो छोटो जवाफले त्यतिबेला खासै अर्थ राखेन । तर, यसको अर्थ निकै गहिरो भएको कारण अहिले आएर खुलेको छ । लामो समयदेखि आफूलाई अविवाहित कलाकारको रूपमा चिनाउँदै आएकी सुमिना अन्ततः विवाहित कलाकार भएको रहस्य खुलेपछि सिनेकर्मीहरू मात्र होइनन् उनलाई आफ्नो मनमा राखेर तारिफ गर्ने दर्शकहरूमाथि पनि सुमिनाले झुटो बोलेको कुरा प्रस्ट भएपछि सबै तीनछक परेका छन् । उनीहरूको तर्क छ, ‘विवाह गरेको भन्दा उनलाई के फरक पर्दथ्यो र ! के विवाहितचाहिँ नायिका भएकै छैनन् र । रेखा, करिश्मा अनि मेलिनाले आफूलाई त कहिले पनि ढाँटेनन् । विवाहपछि नै यिनीहरू चम्किए । किन सुमिनाले सबैलाई भ्रममा राखिन् -‘
आफूलाई अविवाहितको रूपमा चिनाउँदै सबैसँग नजिक भएको भ्रमको खेती गर्दा बढी सिनेमा पाउने लोभ र लालचकै कारण सुमिनाले यसो गरेको कुरा सिनेकर्मीहरू बताउन थालेका छन् । तर, पर्दामा आदर्शका कुरा गर्ने सुमिनाको बन्दै गरेको आफ्नो फिल्मी क्यारियर यसै कारणले गर्दा भत्किने दाबी उनीहरूको छ । सुमिनाको वैवाहिक जीवनका उतारचढावका बारेमा घटना र विचारलाई केही तथ्य प्रतप्त भएका छन् ।
वास्तवमा सुमिनाको नाम पहिले मीना थियो । सिनेमाको हिरोइन बन्ने भूतले छोएपछि उनी मीनाबाट भइन् सुमिना । सर्ुर्खेतकी सुमिनाले तीन वर्ष पहिले कोहलपुरका नीराजन मल्लसँग प्रेमविवाह गरेकी थिइन् । विवाहपछि नीराजन धन कमाउन खाडी मुलुक गए भने मीनाचाहिँ सुमिना हुँदै काठमाडौं छिरिन् । यो कुरा नीराजन मल्लको ‘फेस बुक’ हेरियो भने त्यसमा नीराजन र सुमिनाबीचको विवाहका तस्बिरहरूबाट छर्लङ्ग हुन्छ । खाडी मुलुकबाट फर्किएपछि नीराजनले कोहलपुरमा शानदार घर बनाएपछि काठमाडौंमा रहेकी मीना उर्फसुमिनालाई बोलाए तर सुमिना जान मानिनन् । पारिवारिक कारण कोहलपुर गएपछि नयाँ घरमा भित्रिएको र नीराजनसँग श्रीमान्-श्रीमतीको हैसियतमा मन्दिरमा गएर पूजाआजा गरेका तस्बिरहरू फेसबुकमा छ्यापछ्याप्ती रहेका छन् ।
हाल प्रदर्शन भइरहेको चलचित्र दुलहीको सुटिङ सुरु हुनुभन्दा एक हप्ताअगाडि मात्र सुमिना आफ्नो श्रीमान्को घर कोहलपुर पुगेकी थिइन् र त्यसैबेला खिचिएका तस्बिरहरू हुन् ती । सुमिना आफ्नो श्रीमती भएको प्रमाणित गर्न पनि नीराजनले ती तस्बिरहरू आफ्नो फेसबुकमा राखेको कुरा स्पष्ट भएको छ । कुनै समय नाम नहुँदा नीराजनलाई सर्वस्व ठान्ने सुमिना यतिबेला सिनेमाको रंगिन दुनियाँमा भिजिसकेपछि आफू अविवाहित भएको गलत सन्देश बाँड्दै हिँड्न थालेकी छिन् । उनी किन यसो गर्दै छिन् ? जवाफ अनुत्तरित नै छ ।
सुमिना र नीराजनबीचको वैवाहिक सम्बन्धका तस्बिरहरू सार्वजनिक भएपछि अहिले सुमिना भने उहाँ मेरो मामा हो भन्दै स्पष्टीकरण दिन थालेकी छिन् । किन उनी छाती फुलाएर आफ्नो श्रीमान् भन्न सक्दिनन् ? के विवाहित भन्दैमा नायिकाको क्रेज घट्ने हो र ? कि विवाहित नायिकाले काम नै पाउँदैनन् । कला, क्षमता र दक्षता विवाहित र अविवाहितमा दाँजिने कुरा हो र ? यो प्रश्न हामीले सुमिनालाई बारम्बार सोध्यौँ तर उनी नाजवाफ भइन् । विवाह गरेमा होइन ढाँट्ने र झुटो बोल्ने अनि विवाहजस्तो पवित्र बन्धनको गलत व्याख्या गर्नेको चाहिँ क्रेज घट्छ । यो कुरा मीना उर्फसुमिनालाई चेतना भया ।

हिरोइनको हल्ला चलेपछि घोक्रेठ्याक
म्युजिक भिडियो, फेसन शो र टेलिविज्ञापनको मोडलिङ तीनै विधामा सक्रिय विनिता बरालको एउटा ठूलो सपना भने पूरा हुन पाएन । तीनै क्षेत्रमा नाम अनि दाम कमाए तापनि यी क्षेत्रमा लाग्ने प्रतयहरूको अर्को एउटा सपना अनि उद्देश्य हुन्छ, सिनेमाको हिरोइन बन्ने ।
यो सपना पूरा हुन लागेकै समयमा विनिता एउटा नयाँ सिनेमाबाट आउट भएकी छिन् । सम्झौता भए तापनि कथाको मर्म मर्ने गरी विनितालाई त्यो सिनेमामा राख्न नसकिने जानकारी निर्मात्री कृषा चौलागाईंले दिएपछि विनिता आउट भएकी हुन् । के म त्रि्रो साथी बन्न सक्छु भन्ने सिनेमाको यतिबेला छायाङ्कन भइरहेको छ भने विनिताको स्थानमा अहिले पहिलेकी बाल कलाकार दीप्ति गिरीले नायिकाको रूपमा काम गरिरहेकी छिन् । पूरा हुन लागेको आफ्नो सपना तुहिएपछि विक्षिप्त हुन पुगेकी विनिताले यो चलचित्रका निर्माता अनि निर्देशकलाई मुद्दा हाल्ने तयारी पनि गरिन् । कसैको उक्साइमा यो निर्णय गर्न पुगेकी विनिता अन्ततः यो मामिलामा पनि कमजोर देखापरिन् । के म त्रि्रो साथी बन्न सक्छु चलचित्रको सुटिङ नै रोकिदिन्छु । मुद्दा हालिदिन्छु भनेर केही समय त उनले ‘उद्दण्डता’ नै मच्चाएकी थिइन् तर उनको यो धम्कीले चलचित्र युनिट एक इन्च पनि नसरेपछि विनिता ‘मच्चिन् मच्चिन् थच्चिन्’ को अवस्थामा पुगिन् । उनले मुद्दा हाल्दा चलचित्रका निर्माताले त्यो फिल्म नबनेर अर्कै फिल्म बन्ने भयो भन्ने बलियो तर्क पेस गर्ने स्थिति देखेपछि आफ्नो मुद्दाको खासै प्रभाव नपर्ने अनि लफडामा परिने देखेपछि पछाडि हटेकी विनिताको यतिबेला सिनेमा बजारमा राम्रो कुरा गरिँदैन । पहिलोपटक अवसर पाउँदा लफडामा पार्न खोज्ने उनको क्रियाकलापका कारण उनी अन्य चलचित्रका निर्माताहरूबाट पनि ओझेलमा परेकी छिन् ।
नेपाली सिनेमा क्षेत्र सहमतिमा अगाडि बढेको छ । यस्तो अवस्थामा सहमतिअनुसार नै आफू अगाडि बढ्ने जानकारी विनितालाई गराइएको कुरा निर्मात्री कृषाले बताइन् । ‘उनलाई हामीले अर्को फिल्ममा पनि लिने सोच बनाएका थियौँ, तर सुरुमा नै लफडा गर्न लागेपछि त्यो सोच हटाएका छौँ,’ उनले बताइन् । विनिताजस्ती लफडावालीमा परेर पचास लाखको ‘रिस्क’ आफूहरूले नलिएको कुरा कृषाले बताइन् । ‘यस्तो व्यवहारले त उनको सपना पूरा हुन सक्दैन,’ कृषाको तर्क छ ।
यता विनिताको गुनासो पनि बेग्लै छ । ‘मेरो बेइज्जत भयो । सिनेमाकी हिरोइन बन्दै छु भनेर हल्ला पनि भयो । त्यसैअनुरूप आफूलाई तयारी राख्न विभिन्न प्रशिक्षणहरू पनि लिएँ तर परिणाम शून्य भयो,’ उनको चित्त दुखाइ छ । यसरी सिनेमाको हिरोइन बन्न नपाउँदै तनाव र लफडामा परेकी विनिता अनि यसअघि तीन चलचित्र बनाइसकेकी निर्मात्री कृषाबीचको यस्तो असमझदारीले केही समय नेपाली सिनेमा बजारमा रामै्र चर्चा पायो । त्यसैले त फिल्म लाइनलाई भन्ने गरिएको होला- नाम होस्, बद््नाम होस् तर गुमनाम नहोस् ।

जग्गामा मन्दी आएपछि बन्ने भो सिनेमा
निकै लामो समय भयो शिव श्रेष्ठले चलचित्र बनाउने चर्चा चलेको । जसलाई जहाँ भेटे पनि ‘म अब चलचित्र बनाउँदै छु नि’ भनेर लामो समयदेखि गफ दिँदै आएका एक्सन किङ नायक शिव श्रेष्ठले अब गफ नदिईकन चलचित्र बनाउने पक्का गरेका छन् । गत हप्ता एउटा चलचित्रको शुभसाइत समारोहमा उनले सञ्चारकर्मीहरू माझ मुखै खोले, ‘अब ढाँट्दिनँ । गीत पनि रेकर्ड सुरु भएको छ । अब मलाई तपाईंहरूको साथ चाहिन्छ ।’
एक्कासि शिव श्रेष्ठले सञ्चारकर्मीहरूमाझ यसो भनेपछि सबै तीनछक परे । ‘अहिले आएरचाहिँ शिव श्रेष्ठलाई कसरी फुर्सद भएछ चलचित्र बनाउन’ गाइँगुइँ चल्न थाल्यो । त्यही गाइँगुइँबीचबाट एउटा वास्तविकता पनि देखियो कि जग्गा व्यापारमा लागेर रामै्र धन आर्जन गरेका शिवको यो व्यापारमा यतिबेला मन्दी आएको छ । अरूले सिनेमा खेल्न नबोलाउने अनि जग्गा किनबेचमा पनि मन्दी आउने । अब फुर्सदमा के गर्ने त ? शिवले यो समयको सदुपयोग गर्ने रामै्र जुक्ति निकालेका रहेछन् ।
उनले कलाकर्मीहरूको माया लागेर वा नेपाली सिनेमालाई राम्रो सिनेमा दिऊँ भनेर नभई बरालिएर हिँड्नुभन्दा सिनेमा बनाएर आफूलाई व्यस्त बनाउन पो सिनेमा बनाउन लागेको रहेछन् भन्ने कुरा छर्लङ्ग भएको छ यतिबेला । त्यसो त सिनेमा बनाउनका लागि शिव श्रेष्ठले लगानी पनि गर्नुपर्दैन । उनले म सिनेमा बनाउँदै छु भनेर उद्घोष गरे मात्र पनि हल सञ्चालक र चलचित्र वितरकहरू शिवको चलचित्रमाथि लगानी गर्न आतुर छन् । जसरी जग्गा किन्दा वा बेच्नुपर्दा पहिले नै कमिशन फिक्स हुन्छ, त्यसरी नै चलचित्र बन्नुभन्दा पहिले नै शिवले फाइदा कमाउने निश्चित भएपछि शिवका लागि जग्गा र फिल्म उस्तै हो भन्नेहरू पनि धेरै छन् ।

निर्झरद्वारा तीन स्रष्ठा सम्मानित
वरिष्ठ समालोचक एवम् आख्यानकार कृष्ण गौतम ‘निर्झर दिलचेत कर्ीर्तिगौरव’ सम्मानबाट सम्मानित हुनुभएको छ । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानद्वारा आयोजित सम्मान समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले उक्त सम्मान प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा कवि मञ्जुललाई ‘निर्झर दिलचित काव्य सम्मान’ र कथाकार एवम् पत्रकार बबिता बस्नेतलाई ‘निर्झर दिलचेत जागरण सम्मान’बाट सम्मानित गरिएको थियो । साहित्यकार नगेन्द्रराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा साहित्यकार कृष्णप्रसाद पराजुली र गीता कार्कीले सम्मानितहरूका बारेमा बोल्नुभएको थियो ।
साहित्य सेवाको माध्यमबाट समाजमा प्रेम, सद्भाव र सहअस्तित्वमा जगाउने उद्देश्यले २०५७ सालमा स्थापित निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले उदाहरणीय काम गर्दै आएकोमा प्रमुख अतिथि कुलपति बैरागी काइँलाले खुसी व्यक्त गर्नुभयो ।
समारोहमा सम्मानित व्यक्तित्वहरू, विशेष अतिथिद्वय डा. जयराज आचार्य, डा. तुलसीप्रसाद भट्टराई, प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदास, बाबुरामसिंह थापा, यादव भट्टराई, सीता तिमिल्सिना, राजेशकुमार थापाले समारोह, सम्मान र सम्मानित व्यक्तिहरूको बारेमा प्रकाश पार्नुभएको थियो । नेराप्रप्रको सभाकक्षमा भएको उक्त समारोहमा हेम वाइवाको गीत गायनले रौनकता थपेको थियो ।